निर्णय नं. ७१२९ - हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१२९ - हक कायम । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/१०/०९ ३३२० निर्णय नं.७१२९ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामनगीना सिंह माननीय न्यायाधीश श्री सुशिलासिंह शिलु सम्बत् २०५७ सालको दे.पु.ई.नं.८७, ८८ फैसला मितिः २०५९।१०।९।५ मुद्दा :– हक कायम । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वार्ड नं. १ कमलपोखरी वस्ने दिव्य शम्शेर थापाको मु.स.गर्ने वरुण शम्शेर थापा समेत विरुद्ध विपक्षी प्रतिवादीः अछाम जिल्ला काफ्लेखेत वस्ने देवसरा उपाध्याय समेत पुनरावेदक प्रतिवादीः अछाम जिल्ल काफ्लेखेत वस्ने देवसरा उपाध्याय समेत विरुद्ध विपक्षी वादीः काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वार्ड नं. १ कमलपोखरी वस्ने दिव्य शम्शेर थापाको मु.स.गर्ने वरुण शम्शेर थापा समेत § निवेदनमा तथा निस्सा प्रदान गर्ने आदेशमा समेत इन्साफमा तात्विक असर पर्ने प्रमाण रहेको तथ्य मुद्दा किनारा भैसकेपछि थाहा भएको भन्ने सम्बन्धमा कुनै उल्लेख नै नभएकोले प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को खण्ड (क)को अवस्था विद्यमान रहे भएको नदेखिने । § प्रस्तुत मुद्दामा यस अदालतबाट प्रतिपादित सिध्दान्त बिपरीत निर्णय भएको भनी पुनरावलोकनको निस्सा प्रदान भएको सम्बन्धमा विचार गर्दा विवादित जग्गा अवण्डा रहेको भन्ने दावी समेत भएको देखिन नआउनुका साथै लेनदेन व्यवहारको १० नं. अन्तर्गत नालिस गर्नुपर्ने वा कीर्ते कागजको ३ नं. अन्तर्गत नालिस गर्नुपर्ने भन्ने विवाद पनि रहेको देखिंदैन । यसवाट निस्सा प्रदान गर्दा आधार लिइएको मुद्दा र प्रस्तुत मुद्दाको तथ्य फरक फरक रहेको देखिएकोले जालसाजी मुद्दामा प्रतिपादित सिध्दान्त प्रस्तुत मुद्दामा सान्दर्भिक नदेखिने । § न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा जुन आधारमा पुनरावलोकन गर्ने आदेश गरेको हो सोही आधार र सम्बध्द बिषयमा मात्र सिमित रही मुद्दा किनारा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको र प्रस्तुत मुद्दामा सोही ऐनको दफा ११को खण्ड (क) र (ख) को आधारमा पुनरावलोकनको निस्सा प्रदान भएकोमा खण्ड (क) को अवस्था नै नभएको र निस्सा आदेशमा उल्लेखित सिध्दान्त प्रस्तुत मुद्दामा सान्दर्भिक नै नदेखिएको अवस्थामा सोही ऐनको दफा ११(१)(ख) बमोजिम निस्सा प्रदान गरेको मिलेको नदेखिने । § निस्सा दिएको आधार नै मिलेको नदेखिएकोले उक्त ऐनको दफा १३ बमोजिम मुद्दाको औचित्य तथा बिषयवस्तुमा प्रवेश गरी यस अदालतवाट मिति २०४६।११।३० मा भएको फैसला पुनरावलोकन गरी हेर्नुपर्ने अवस्था नै नरहने । (प्र.नं.२७ र २८) पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ता श्री अनुपराज शर्मा र श्री सुन्दरलाल चौधरी विपक्षी प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री हरिकृष्ण कार्की अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः यस अदालत पूर्ण इजलासको मिति २०४६।११।३० को फैसला उपर श्री ५ महाराजाधिराज सरकारका हजुरमा मुद्दा दोहोर्याई पाउन निवेदन परी नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १३० को उपधारा (८) अनुसार यस अदालतमा सरि आई यस अदालत पूर्ण इजलासवाट न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को खण्ड (क) (ख) समेतको आधारमा पुनरावलोकनको निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. हाम्रो अंश हक भोगको जग्गा प्रतिव