निर्णय नं. ७१३० - उत्प्रेषण, परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१३० - उत्प्रेषण, परमादेश । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०९/०२ ४४११ निर्णय नं. ७१३० ने.का.प.२०५९ अङ्क ९/१० विशेष इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्बत् २०५८ सालको रिट नं. .. ७४ आदेश मितिः २०५९।९।२।३ बिषय :– उत्प्रेषण, परमादेश । निवेदकः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ४ वस्ने केदार विष्ट विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत § विनियमले गरेको कुनै व्यवस्था ऐन र नियमसंग असंगत भयो भन्ने निवेदन जिकिर रहेको समेत देखिंदैन । शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क ले निगमलाई विनियम वनाउने सक्ने अधिकार प्रदान गरेको देखिन आएवाट ऐनले निगमलाई विनियम वनाउन सक्ने अधिकार प्रदान गरेको छैन भन्ने निवेदन जिकिर तथा निवेदक तर्फका कानून व्यवसायीको वहस जिकिरसंग सहमत हुन नसकिने । § निगमको कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ११ को प्रतिवन्धात्मक वाक्यांशले गरेको व्यवस्थालाई निगममा कार्यरत अन्य सेवाका कर्मचारीहरुको उमेरका सम्बन्धमा सोही विनियमावलीको विनियम ६३ ले गरेको व्यवस्थासंग असमान भै वाझियो भन्न नमिल्ने । § समान वर्गका बीचमा असमान व्यवस्था भए गरिएको अवस्थामा मात्र असमान हुने हो, विभिन्न वर्गको लागि समानता कायम गरिने भनेको होइन । विनियमावलीले निवेदक विमान परिचारक जस्तो एउटै वर्गका कर्मचारीहरु वीच उमेरका सम्बन्धमा विभेद गरेको समेत पाइदैन । तसर्थ निवेदक जस्ता विमान परिचारकको उमेरका सम्बन्धमा विनियम ११ मा भएको व्यवस्था निवेदन माग वमोजिम संविधानसंग वाझिएको भन्न नमिल्ने । § निवेदक रिना वज्राचार्य विरुद्ध शाही नेपाल वायुसेवा निगम समेत भएको उत्प्रेषण समेतको मुद्दामा यस अदालतवाट विमान परिचारक र विमान परिचारिकाको उमेरका सम्बन्धमा गरिएको व्याख्याको सन्दर्भ हेर्दा उक्त रिट निवेदनमा समान वर्गका वीच अर्थात विमान परिचारक र विमान परिचारिका वीचको निगममा सेवा गर्न पाउने उमेरमा विभेद भयो अर्थात एउटै वर्गका कर्मचारीहरु वीचको निगममा सेवा गर्न पाउने उमेरमा नियमावलीले विभेद गर्यो भन्ने रहेको हुंदा सो मुद्दामा गरिएको व्याख्या यस रिट निवेदनको बिषयमा प्रासंगिक नदेखिएकोले आकर्षित नहुने । (प्र.नं. ८ देखि १०) निवेदक तर्फबाटःविव्दान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विव्दान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक, विव्दान अधिवक्ताव्दय श्री पूर्णमान शाक्य र श्री सहयोगी पोखरेल अवलम्वित नजिरः आदेश प्र.न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :– २. म निवेदक शाही नेपाल वायुसेवा निगममा सन् १९६९ अगष्ट १२ को पत्रबाट छ महिनाको परीक्षणकालमा रहने गरी जुनीयर एकाउन्ट असिस्टेण्टको पदबाट सेवा प्रवेश गरी १९७० मार्च १६ को पत्रवाट स्थायी भएको हुं । म निवेदक कार्यरत रहंदाकै अवस्थामा निगमका कर्मचारीहरुको सेवा शर्त नियमहरु, २०३१ लाई २०५८।५।१८ गते देखि खारेज गरी विनियमावली २०५८ सोही मिति देखी लागू गरियो । उक्त विनियमावलीको विनियम ११ अनुसार विमान परिचारिका तथा परिचारकको उमेर ५० वर्ष पूरा भएपछि उडान कार्य गराउन नसकिने र अन्य सेवामा परिवर्तन गरी कार्य गराउन सकिने भन्ने व्यवस्था भएको तर तपाईको सेवा अन्य सेवामा आवश्यक नभएको भनि २०५८।१०।१२ देखि