निर्णय नं. ७१३१ - उत्प्रेषण मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३१ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०३/२७ २४५४ निर्णय नं. ७१३१ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५८ सालको रि.पु.इ.नं..४८ आदेश मितिः २०५९।३।२७।५ विषयः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स. वडा नं. ९ वस्ने दुर्गा खतिवडा विरुद्ध विपक्षीः नेपाल वैंक लिमिटेड, प्रधान कार्यालय, काठमाडौं समेत § कुनै कानूनको व्याख्या गर्दा फरक फरक र प्रतिकूल किसिमको व्याख्या हुन गएको स्थितिमा वा कुनै मुद्दामा निर्णय गर्दा अपनाएको सिद्धान्तहरु एकअर्काको प्रतिकूल अथवा असंगतिमा रहेको स्थितिमा रुलिङ वाझिएको भन्न पर्ने देखिन आउंदा यस अदालतले अपनाई आएको समन्यायिक अनुचित विलम्वको सिद्धान्तको आधारमा रिट खारेज गर्ने गरेको पृथकपृथक निर्णय भएकै कारणले रुलिङ बाझिएको भन्न नमिल्ने । § प्रस्तुत रिट निवेदनमा अनुचित विलम्वको कारणले रिट खारेज भएको निर्णयमा निर्णयाधार भन्दा वेग्लै वुंदा (Obiter) को रुपमा लेखिएको कुराहरुवाट रुलिङ वाझिएको मान्न नमिल्ने हुँदा संयुक्त इजलासवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम पूर्ण इजलासमा पठाउने हदसम्म मिलेको नदेखिने । (प्र.नं.७) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासको आदेश भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :– २. सुर्यकुमार खतिवडाको चार छोरा मध्ये कान्छा छोरा दामोदर खतिवडाको श्रीमती म निवेदिका हुँ र हामिवाट छोराहरु अच्युत खतिवडा र रवि खतिवडाको जन्म भएको छ । हाम्रो पुर्ख्यौली घर (धितो राखेको घर) वाट २०४६ साल तिर पति हामीहरु छाडी खानेवस्ने ठेगान समेत नगरी विचल्लीमा पारी अन्यत्र गै वसोवास गर्दै आउनु भएको र म निवेदिका र छोराहरु भै आ–आफ्नो सीप वृत्ति साधना गरी आएको नारायणबहादुर वानियाले रिझाए वापत काठमाडौं जिल्ला चप्पली भद्रकाली गा.वि.स. वडा नं. ९(ग) को कि.नं. ८१० को क्षे.फ. ०–२–० जग्गा र निवेदिकालाई मिति २०४६।५।२२ मा हालै देखिको वकसपत्र गरी दिएको र सो जग्गामा पक्की घर समेत वनाई वसोवास गरी आएको छु । मिति २०५५।६।१४ गते पतिको मृत्यु भयो । उक्त जग्गा प्राप्त गरे देखि नै मालपोत तिर्दै आएकोमा २०५६।८।१ मा मालपोत कार्यालय, चावहिलमा मालपोत तिर्ने क्रममा वुझ्दा उक्त मेरो जग्गा मिति २०५४।४।७ को नेपाल वैंक लिमिटेडको त्रिशुली शाखाको पत्रद्वारा दामोदर सेलर मिलके प्रो. श्री दामोदर खतिवडाले २०४०।८।४ मा र २०४१।३।१८ मा गरी रु.१,००,०००। लिएको कर्जा चुक्ता तथा छोराहरुका नाउमा रहेको जग्गाहरु रोक्का जनाउनु भन्ने व्यहोराको पत्रका आधारमा उक्त मालपोत कार्यालयले रोक्का राखेको रहेछ । बिपक्षी नेपाल वैंक लिमिटेडको त्रिशुली शाखाले मेरो पतिलाई कर्जा दिदां के को आधारमा कर्जा दियो म निवेदकलाई थाहा छैन । मैले कुनै मंजुरी दिएको पनि छैन । दामोदर होटल मिल संचालन गरेको पनि थाहा छैन । ऋण दिंदा नै कुनै अचल सम्पत्ति धितो राख्नु पर्ने हो । धितो विना कर्जा प्रवाह गर्न मिल्दैन । कर्जा चुक्ता नभए धितोको अचल सम्पत्ति लिलाम विक्री