निर्णय नं. ७१३३ - मोही नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३३ - मोही नामसारी । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०९/११ २७१८ निर्णय नं. ७१३३ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्बत् २०५९ सालको दे.पु.इ.नं. ... ३७ फैसला मितिः २०५९।९।११।५ मुद्दा :– मोही नामसारी । पुनरावेदक वादीः लक्ष्मण ठाकुरको छोरा जि.बारा अमृतगञ्ज गा.वि.स. वडा नं. ८ वस्ने रामजीवन शर्मा विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने शान्ति देवी कल्वार्नी § विवादित जग्गाको मोही हो होइन भन्ने प्रश्नमा वाली बुझाएको भरपाई समेतको भूमिका रहने हुँदा वादीले मुद्दामा पेश गरेको वाली बुझाएको भरपाई अ.वं. ७८ नं.वमोजिम प्रतिवादीलाई देखाई निजले सो सम्बन्धमा व्यक्त गरेको कुरा समेतलाई मूल्याङ्कन गरी सवुद प्रमाणको विवेचना गरी निर्णयमा पुग्नु पर्ने । § पुनरावेदन अदालतले निर्णय गर्दा वादीले प्रतिवादीलाई वाली बुझाएको भनी प्रमाणको रुपमा पेश गरेको भरपाई अ.वं. ७८ नं. वमोजिम प्रतिवादीलाई देखाई सुनाई निर्णय गर्नुपर्नेमा सो प्रमाणको मूल्याङ्कन नै नगरी मोहियानी हक सर्न नसक्ने भनी निर्णय गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको नदेखिने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह प्रत्यर्थी प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री महादेव यादव अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत हेटौंडाबाट २०५४।४।१५ मा भएको फैसला उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएकोमा संयुक्त इजलाशका माननीय न्यायाधीश बीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र ठहर यसप्रकार छ – २. बिपक्षीका स्व.पति खरकप्रसाद कलवारको नाम दर्ताको जि.बारा गा.वि.स. श्रीनगर वरैया वा.नं. २ कि.नं. १८५ को ज.वि. ०–७–११ र ऐ.गा.वि.स.अमृतगंज वा नं. २ कि.नं. ११८ को ज.बि. ०–९–० समेत जग्गामा मेरो पिता तथा बिपक्षीका पति समेतका बीच भु.सु.वि.अ.मा मोही कायम सम्बन्धी विवाद उत्पन्न भै मेरो पिताका नाउंमा मोही कायम हुने गरी भु.सु.वि.अ.वाट ०२३।९।२८ को मिलापत्र भएबाट मोही हकको उक्त जग्गा पिताले आफ्नो जीवनकालमा जोती कमाई आउनु भएकोमा पिता लक्ष्मण ठाकुर आफ्ना कालगतीबाट मिति ०४८ सालमा स्वर्गवास हुनु भएको र मेरो आमा समेत प्यारालाइसिस रोगबाट पीडित हुँदा बिपक्षी जग्गाधनीले मलाई नै मोही पत्याएवाट जग्गा मैले नै दसकर्म गरी वाली लगाई जग्गाधनीलाई कुतवाली बुझाई साल सालै रीतपूर्वकको भपाई लिंदै आएकोमा पिताको मोही हकको उपरोक्त जग्गाहरुमा पिताका नामबाट आफ्नो नाममा मोही नामसारी गराई लिन परेबाट मिति ०२३।९।२८ को मिलापत्र वमोजिम र स्व.पिताको मृत्यु पश्चात मोही हक मेरो नाउंमा हुनुपर्ने भएको हुंदा मोही नामसारी गरी मोही प्रमाणपत्र समेत पाउँ भन्ने वादीको निवेदन जिकिर । ३. बिपक्षीले दावी गरेको जग्गा मेरो स्व.पतिका नाउंमा नापनक्सा भै किसानको महलमा समेत गरी पतिको नाम उल्लेख भै किसानको व्यहोरा तथा कैफियत व्यहोरा समेतमा मेरो पतिको नाम उल्लेख भई फिल्डवुक तैयार भएकोमा २०२४ सालमा ज.ध.दर्ता प्रमाणपूर्जा समेत तैयार हुँदा मोही महलमा मेरो पतिको नाम उल्लेख भएको र मोहीको १ नं. लगत भर्दा समेत मेरो पतिले आफ्नो जग्गा भनी उल्लेख भएको हुँदा बिपक्षीको पिता मोही नभएको, बिपक्ष