निर्णय नं. ७१३४ - वकसपत्र वदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१३४ - वकसपत्र वदर । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/१०/०९ ४५९८ निर्णय नं. ७१३४ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु संवत् २०५८ सालको दे.पु.ई.नं. ––––५७ फैसला मितिः २०५९।१०।९।५ मुद्दा :– वकसपत्र वदर । पुनरावेदक वादीः जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ बस्ने सुमित्रा देवी समेत विरुद्ध विपक्षी प्रतिवादीः ऐ. वडा नं. ४ बस्ने इन्द्रकला देवी § कुनै मुद्दामा राखेको वारेस भन्नु नै सो मुद्दाका लागि स्वयं पक्ष सरह नै हो । मुद्दाको पुर्पक्षको क्रममा वारेसले गरेको काम वारेस राख्ने मुद्दाको पक्षले नै गरे सरह हुन्छ र वारेसले मुद्दा हारे जितेमा पक्षको त्यसमा मन्जुरी नै भएको मानिने । § वारेसनामाको शर्त बमोजिम तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसबाट उत्पन्न हुने परिणाम वारेसनामा दिई पठाउने पक्षले नै व्यहोर्नु पर्ने हुन्छ । तसर्थ ‘म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति’ मा केवल मुद्दाका पक्ष मात्र नभई पक्षले कानून बमोजिम मुकरर गरेको वारेस समेत पर्ने । § अ.बं.६२ नं.को देहाय १ ले प्रदान गरेको सुविधा केवल मुद्दाको पक्षले मात्र उपभोग गर्न पाउने हो र निजले मुकरर गरेको वारेसले सो सुविधा उपभोग गर्न पाउँदैन भनी अर्थ गर्नु कानूनसंगत नहुने । § कुनै मुद्दाको म्याद तारेखमा हाजिर हुने व्यक्ति सो मुद्दाको पक्ष नभई वारेस नै भएमा पनि निजले समेत उल्लेखित ६२ नं.को देहाय १ को सुविधा उपभोग गर्न सक्ने । § अ.बं.१७९ नं.ले अ.बं.५९ र ६२ नं. बमोजिम गुज्रेको तारीख थमाई पाउने म्याद पछि मात्र मुद्दा डिसमिस हुन सक्ने प्रष्ट कानूनी व्यवस्था गरिरहेको अवस्थामा वादीको वारेसले मिति २०५१।२।१५ गतेको तारेख लिई सो तारेखमा अड्डामा हाजिर नभई तारेख गुजारेको कारणबाट कानून बमोजिम निजको तारेख थाम्न पाउने अवधि बाँकी छंदाछदै मिति २०५१।२।२० गते नै शुरु जिल्ला अदालतले मुद्दा डिसमिस गर्ने गरेको र सो शुरु फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला समेत अ.बं. १७९ नं. र अ.बं.६२ को देहाय १ समेतको त्रुटी गरी बेरीतसँग भएको देखिँदा उल्लेखित दुवै फैसलाहरु वदर हुने । (प्र.नं. १६ र १७) पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ता श्री कमलनारायण दास विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४८ को नियम ३(१)(क) बमोजिम संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य नभई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. जिल्ला सर्लाही गोडैता वडा नं. ४ अन्तर्गतको गाउँ व्लक भित्रको सर्वे नभएको जयमंगल र लखन से दक्षिण विपक्ष इन्द्रकला तथा ललिता से उत्तर सडक से पूर्व मुल सडक से पश्चिम यति चार किल्ला भित्रको ०–०–१२ जग्गा मध्ये पूर्व तर्फबाट ०–०–५ जग्गामा घर बनाई र बाँकी जग्गा भोगी आएकोमा कुनै वाधा थिएन । ०५०।३।१२ गतेका दिन ललिताकुमारीले यो जग्गा इन्द्रकलाले मलाई वकसपत्र गरि दिएकोले खाली गरिदिनु भन्दा आश्चर्यमा परी नक्कल लिई हेर्दा र.नं.४८९७ मिति ०४८।१०।२९ मा इन्द्रकलाले ललिताकुमारीलाई पास गरिदिएकोमा सो जग्गा २००५ सालको वण्डापत्र अनुसार हाम्रो लोग्ने स्व.अजवलालको भोगको जग्गा भएकोले उक्त वकसपत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी