निर्णय नं. ७१३५ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३५ - उत्प्रेषण । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/१०/०९ २७१७ निर्णय नं. ७१३५ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्ययाधीश श्री सुशीला सिंह सिलु सम्बत् २०५८ सालको रि.पू.इ.नं. ....३० आदेश मितिः २०५९।१०।९।५ बिषय :– उत्प्रेषण । निवेदकः जि.ललितपुर चापागाउँ गा.वि.स. वडा नं. ६ स्थित पूर्ण रोडा ढुंगा उद्योग प्रा.लि.र पूर्ण निर्माण कम्पनी प्रा.लि.का अख्तियार प्राप्त पूर्णलाल महर्जन समेत विरुद्ध विपक्षीः जिल्ला विकास समिति, जि.वि.स. कार्यालय, ललितपुर समेत § स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५ को उपदफा (२) को व्यवस्थाबाट जिल्ला विकास समितिले तोकिएको दररेटमा नबढ्ने गरी जिल्ला परिषद्बाट पारित गराएर मात्र विभिन्न वस्तुहरुमा कर लगाउन पाउने देखिन्छ । जिल्ला विकास समिति ललितपुरले ढुंगा गिटी झिके बापत ठेकेदारले प्रति क्यु.फिट रु.१।५० का दरले कर असूल गर्न पाउने गरी निर्णय गरेको र करको सो दर जिल्ला परिषद्बाट पारित भएको नपाइदा जिल्ला विकास समितिले कुनै पनि सेवा वा वस्तुमा करको दररेट निर्धारण गर्दा जिल्ला परिषद्बाट पारित गराउनु पर्ने भन्ने हदसम्म माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय मनासिव देखिने । § विपक्षी जिल्ला विकास समिति ललितपुरले विपक्षी ठेकेदार श्याम प्रधानलाई आर्थिक वर्ष २०५७।०५८ का लागि मात्र सो कर उठाउने ठेक्का दिएको भन्ने निवेदन लेखबाट देखिँदा हाल सो ठेक्काको अवधि समाप्त भइसकेको स्थिति हुँदा क्रियाशिल नरहेको ठेक्काको सम्बन्धमा निवेदन माग बमोजिमको आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिदा रिट निवेदन खारेज हुने ठहर्याएको हदसम्म माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने। (प्र.नं. १४) दिवेदक तर्फबाटः विद्धान अधिवक्ताव्दय श्री वोर्णबहादुर कार्की र श्री रेवन्तबहादुर कुवंर विपक्षी तर्फबाटः विद्धान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइराला अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलास समक्ष पेश भएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :– २. खानी ऐन र नियम अनुसार श्री ५ को सरकार खानी तथा भुगर्भ विभागवाट खानी खोल्ने इजाजत प्राप्त गरेको ऐन वमोजिम उद्योग दर्ता गरी स्थापना भएका क्रसर मेसीनद्वारा विभिन्न साइजका गिटी तथा क्रसरका धुलो समेत उत्पादन गरी विक्रि वितरण गर्ने व्यवसाय हामी निवेदकहरुले लामो समय देखि गर्दै आएका छौं । बिपक्षी जि.वि.स. ललितपुरले कहिले गैरकानूनी कर लगाउने कहिले प्रमाणपत्र नविकरण गरी नदिने गरी हाम्रो व्यवसायमा पटकपटक अवरोध खडा गर्दै आएकोमा सम्मानित सर्वोच्च अदालत र पु.वे.अ. पाटन समेतमा हामीहरुले दिएको रिट निवेदनहरुवाट न्याय पाई हालसम्म व्यवसाय संचालन गर्दै आएका छौं । हामी निवेदकहरुले इजाजत प्राप्त खानीवाट उत्पादित ढुंगा ग्राभेलको प्रति ट्रक रु.६०।– विक्रि कर बिपक्षी जि.वि.स.का ठेकेदारलाई वुझाई आएका छौं । मिति २०५७।४।१२ गते हामी निवेदकहरुले ढुंगा ग्राभेल समेत लिई आउँदा प्रति क्यू. फिट १।५० अर्थात प्रति ट्रक रु. ३००।– कर वुझाएर मात्र निकासी गर्न पाइने भनि बिपक्षी ठेकेदार श्याम प्रधानले भनी सो कर समेत असुल गर्नु भयो । उक्त कर असुल गर्दा बिपक्षी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहयोग लिएको कुरा निज ठेकेदारले गरेका थिए । कसरी