निर्णय नं. ७१३६ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३६ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाऊँ । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०९/११ २८७५ निर्णय नं. ७१३६ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५५ सालको रि.पू.ई.नं. ....८८ आदेश मितिः २०५९।९।११।५ बिषयः– उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाऊँ । निवेदकः जिल्ला दाङ धनौरी गाउँ विकास समिति वडा नं. ६ रजघटुवा वस्ने वर्ष ४० को यादवकुमार डाँगी विरुद्ध विपक्षीः कृषि सामग्री संस्थान केन्द्रिय कार्यालय, टेकु कुलेश्वर समेत § भ्रष्टाचार मुद्दामा दावी लिएको विगो भन्दा फरक विगोको दावी लिई रकम असुल उपर मुद्दा दायर भएको तथा हिनामिना गरेको भनिएको नगदी जिन्सी समेत फरक देखिन आएको स्थितिमा निवेदक उपर चलाएको भ्रष्टाचार मुद्दा र रकम असूल उपर मुद्दा एउटै हो भन्ने निवेदकको जिकिर मनासिब नदेखिने । § भ्रष्टाचार तर्फको दावी रु. १,३२,०६३।६५ र नगदी एवं जिन्सी हिनामिना तर्फको दावी रु. ३,२८,४०१।४१ भई विभागीय सजाय गर्दा लिइएको आधार तथा कारण एवं विगो समेत फरक देखिएवाट समेत भ्रष्टाचार र विभागीय सजायको आधार कारण एवं बिषयवस्तु एउटै हो भन्ने समेत नदेखिने । § निवेदकले संस्थानको नगदी जिन्सी हिनामिना गरेको सम्बन्धमा संस्थानले आन्तरिक रुपमै छानवीन गरी छानवीनको आधारमा त्यसरी हिनामिना गरेको देखिन आएमा प्रचलित नियम विनियममा व्यवस्था भए वमोजिम विभागीय कारवाही एवं सजाय गर्न नसक्ने अवस्था नदेखिने। § आन्तरिक छानवीन अनुसन्धानवाट ठहर भएको विगो असूल उपर गरी पाउन संस्थानले प्रचलित कानूनको अधिनमा रही सम्बन्धित अदालतमा मुद्दा दायर गर्न वा आवश्यक अन्य कारवाही गर्न नपाउने भन्ने स्थिति समेत नदेखिने । § हिनामिना गरेको कसूरमा विनियममा व्यवस्था भए वमोजिम कर्मचारीलाई विभागीय कारवाही गरी नोकरीवाट वर्खास्त गरिएको र हिनामिना भएको बिगो असूलीको लागि अदालतमा मुद्दा चलाएको देखिन आएकोले त्यसरी विभागीय कारवाही गर्न र हिनामिना भएको रकम असूलीको लागि कुनै कारवाही गर्न संस्थानलाई अधिकार नभएको अवस्था नदेखिने । § निवेदकलाई रकम असूली सम्बन्धमा अदालतमा चलाएको मुद्दामा भएको ठहरको आधारमा विभागीय सजाय गरेको नभई विभागीय सजाय पहिले गरी सो कर्मचारीवाट भएको हानी नोक्सानी असूल गर्नका लागि मुद्दा चलाएको देखिएवाट समेत रकम असूल मुद्दामा भएको खारेजी निर्णयले विभागीय सजायमा कुनै असर नपार्ने । § कुनै कर्मचारीलाई कर्तव्यको पालन एवं आचरण तथा अनुशासन सम्बन्धी बिषयमा विभागीय कारवाही एवं सजाय गरिसकेपछि त्यस्तो कर्मचारीको काम कारवाहीको परिणामबाट सृजित हानीनोक्सानी एवं हिनामिनाको क्षतिपूर्तिको लागि संस्थानले निज उपर प्रचलित कानून वमोजिम रकम असुल उपर आदि मुद्दा गर्न सक्तैन भन्न नमिल्ने । § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २१ क. ले दफा २४ वमोजिम चलाएको भ्रष्टाचार मुद्दामा लागेको अभियोगवाट सफाइ पाएमा निज आफ्नो सेवामा पुनः स्थापित हुनेछ भन्ने व्यवस्था गरेकोलाई निज उपर चलेको त्यस्तो मुद्दा अ.वं. १८० नं. वमोजिम खारेज भएको अवस्था मात्र नभै रकम हिनामिना गरेको अभियोगमा विभागीय कारवाही भै नोकरीवाट हटाएको स्थिति देखिंदा त्यस्तो विभागीय कारवाही कानून बिपरीत नदेखिएमा निज उपर चलेको मुद्दा अ.वं. १८० नं. वमोजिम खारेज भएकै कारणवाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २