निर्णय नं. ७१३९ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०९/३० २७६८ निर्णय नं. ७१३९ ने.का.प.२०५९ अ,क ९/१० संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुशिला सिंह शिलु सम्बत् २०५७ सालको रिट नं. ...३५६३ आदेश मितिः २०५९।९।३०।३ बिषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः पर्सा जिल्ला अमारपटृी गा.वि.स.वार्ड नं. ६ वस्ने जादोलाल साह कानु समेत विरुद्ध विपक्षीः पर्सा जिल्ला अमारपटृी गा.वि.स.वार्ड नं. ६ वस्ने मोहरमिया कनुइन समेत § कुनै पनि अंशियारले अंश छुट्याई पाउन मुद्दा दायर गरेको स्थितिमा सो मुद्दाको कारणवाट स्वाभाविक रुपले विवादमा संलग्न सम्पत्तिहरुको हक हस्तान्तरण रोक्का हुने कुरा हुन्छ । फैसला कार्यान्वयनको लागि त्यस किसिमले भएका आदेश र निर्णयहरुको स्थिति दण्ड सजायको ४६ नं. को व्यवस्था वमोजिम नै हुने हुंदा कानूनको म्याद भुक्तान भैसकेपछि त्यस्ता आदेश र निर्णयहरु कार्यान्वयन हुन नसक्ने । § अंश मुद्दाको फैसलावाट फैसला कार्यान्वयन गराई पाउने हक सम्मलाई दण्ड सजायको ४६ नं. ले प्रभावित गर्ने भएकोमा अंशियार भएको व्यक्तिको सगोलको अंशियारको हक समाप्त भै अंशियारै नहुने स्थितिमा फैसला कार्यान्वयन नगराएको कारणवाट पुग्न जाने भन्ने देखिन आउंदैन । दुवै थर अंशियारहरुको सम्पूर्ण हकलाई दण्ड सजायको ४६ नं. को म्याद भुक्तान भएको कारणवाट कार्यान्वयन गराउन रोक्का राखिरहनुपर्ने स्थिति नभएकोमा समेत जिल्ला अदालत र पुनरावेदन अदालतले रोक्का राख्ने गरेको क्रमशः मिति २०५७।५।८ र मिति २०५७।८।९ को आदेशहरु कानून वमोजिमको नदेखिने । § सगोलको अंशियारको नातावाट निवेदक समेतले कानून वमोजिम जे जति हक हस्तान्तरण गर्न पाउने हुन् सो कुरालाई उपरोक्त अंश मुद्दाको आदेशले दण्ड सजायको ४६ नं. को म्याद भुक्तान भैसकेको स्थितिले गर्दा बन्देज लगाएको मान्न नसकिने । (प्र.नं. ९) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश प्र.न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. स्व.ससुरा चरितर साह र सासु रजमतिया कनुइनका दुई छोरामध्ये जेठा जादोलाल साह र कान्छा मेरो पति महन्थ साह कानु हुन् । हामी सम्पूर्ण परिवार सगोलमा वसी आएका छौं । मेरो पतिको मृत्यु पश्चात् हामी साथ सगोलमा वसि आउँदा मेरो पतिको नाम दर्ताको जग्गा तिम्रो नाममा नामसारी हुन्छ भनी मेरो नाममा नामसारी गराई दिएपछि सगोलवाट नै सो जग्गा विक्री गरेको र सो जग्गा विक्री गरेपछि मलाई हेला गरेकाले माइती घर गै बसेको छु । पछि मैले मलाई खान लाउन दिनुस कि त अंश दिनुस भन्दा इन्कार गरेकोले मानो छुटिृएको दिन फिराद परेको अघिल्लो दिनलाई मानो चल अचल सम्पत्तिको फांटवारी लिई ३ भागको १ भाग अंश छुट्याई मेरो नाममा दर्ता समेत गरिपाउँ भनी बिपक्षी मोहरमिया कनुइनले हामी उपर मुद्दा दायर गरेपछि वादी दावी झुठृा हो । वादीले आफ्नो नामको जग्गा जालसाजीपूर्ण तरीकाले विक्री गरेकोमा लिखत वदर जालसाजी मुद्दा दिएका छौं । वादी अशिक्षित भएको कारणले हिनामिना हुने डरले अंश नदिएको हो भनी प्रतिवाद गरिआएका थियौं । बिपक्षी मोहरमियांसंगको उक्त अंश दर्ता मुद्दामा पर्सा जिल्ला अदालतवाट मिति २०५३।१।१३ मा तायदाती फांटवारीमा उल्लेखित सम्पत्तिमध्ये ३ खण्डको १ खण्ड वादीले प्रतिवादीवाट प