निर्णय नं. ७१४० - जग्गा खिचोला हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१४० - जग्गा खिचोला हक कायम । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०९/११ २८२७ निर्णय नं.७१४० ने.का.प.२०५९ अङ्क ९/१० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५७ सालको दे.पु.नं. ६३३२, ७०८६ फैसला मितिः २०५८।९।११।४ मुद्दाः जग्गा खिचोला हक कायम । पुनरावेदक वादीः जि.चितवन भ.न.पा. वडा नं. ११ वस्ने वुद्धिराम कुमालको मु.स. गर्ने शान्तिमाया कुमाल समेत विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने रमादेवी कुमाल समेत पुनरावेदक प्रतिवादीः जि.चितवत भ.न.पा. वडा नं. ११ वस्ने रमादेवी कुमाल समेत विरुद्ध विपक्षी वादीः ऐ. ऐ. वस्ने शान्तिमाया कुमाल समेत § मिति २०४३।११।२७ मा अंश छुट्याई लिन पाउने फैसला भै अन्तिम रुपमा रहेकोमा सो फैसला वमोजिम आआफ्नो भाग मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद २ वर्ष भित्र छुट्याई लिनेतर्फ कार्यवाही नचलाएकोमा वादीहरु स्वयं सावित रहेकाले फैसला वमोजिम छुट्याई लिने कार्यवाही नचलाएपछि विवादको जग्गामा प्रतिवादीहरुको हक कायम भैरहेको मान्नुपर्ने । § कानूनको म्याद भित्र फैसला वमोजिम भाग छुट्याई नलिई चुप लागी वस्ने वादीहरुले अन्तिम फैसला भएको मितिले करिव ७ वर्ष पछि आएर २०५०।१२।९ मा खिचोलामा नालिस दिएको प्रस्तुत मुद्दाको फिराद मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद नाघी दायर भएको प्रष्ट देखिने । (प्र.नं. १४) पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ता श्री शालिकराम पाण्डे पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री श्यामजी प्रधान अवलम्वित नजिरः ने.का.प.२०४६, अंक १, पृष्ठ ९३, ने.का.प.२०४८, अंक १०, पृष्ठ ६०० फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत हेटौंडाको मित २०५३।६।८।३ को फैसला उपर दोहोराई हेर्ने निस्सा प्राप्त भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षीहरुको वावु तथा लोग्ने गंगाराम कुमाल हाम्रो परिवारमा जन्मेका जेठा छोरा हुन र निजले नै घरको मुख्य भै कारोवार गर्ने छोरा हुन । सो गर्दा अरु अंशियार समेतको हकहितको विपरीत जग्गा जमिन वेचविखन गर्न थालेकाले अंश मुद्दा गर्न वाधय भयौं र अंश मुद्दा चल्दा चल्दैका अवस्थामा निज गंगारामले आफ्नो श्रीमती विपक्षी मध्ये रमादेवी कुमाल र विष्णुदेवी कुमाललाई गंगारामका नाउंको चि.भ.गा.पं. वडा नं. ४ को कि.न.६४६ को ज.वि. ०-३-१७ जग्गा वकस गरी हक हस्तान्तरण गरेकाले सो वदर गरी पाउन निजहरुका विरुद्ध लिखित दर्ता मुद्दा दायर भै उक्त वसकपत्र लिखत वदर हुने ठहरी अन्तिम फैसला भयो । सो कि.नं. ६४६ को ज.वि. ०-३-१७ मध्ये ०-१-० नानीमाया के.सी.लाई हक हस्तान्तरण गरेछन सो वमोजिम कि.का. भै कि.न. ६९५ नानीमैया के.सी.को र ६९६ विपक्षी रमादेवी र विष्णुदेवी कुमालका नाउंमा रहेको थाहा हुन आयो । नानीमायालाई दिएको लिखत वदर गरी पाउं भन्ने मुद्दा र भाग छट्याई पाउं भन्ने मुद्दा दायर भएपछि नानीमायाको लिखत वदर हुने ठहरी र भाग छुट्याई पाउने ठहरी फैसला भएको छ । गंगारामको कालगतिले मृत्यु भएको हुनाले साविक कि.नं. ६४६ को ज.वि. ०-३-१७ को ११ भाग मधये एकभाग गंगारामको स्वास्नी छोराको वाहेक गरी वांकी १० भाग मध्ये १ भागमा हक पुग्ने दुर्गाबहादुरको हकमा वांकी राख्दा ९ भाग मध्ये लक्ष्मी देवीको एक भाग र वुद्धिराम कुमालको एकभाग समेत २ भाग वुद्धिराम कुमालको हकमा वांकी ७ भाग हामी फिरादी मध्ये वुद्धिराम वाहेक ७ अंशियारको हकमा कायम गरी दर्ता