निर्णय नं. ७१४१ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१४१ - उत्प्रेषण । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०४/१७ ३१०० निर्णय नं.७१४१ ने.का.प.२०५९ अङ्क ९/१० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री रामनगीना सिंह संवत् २०५६ सालको रिट नं. ३९८२ आदेश मितिः २०५९।४।१७।६ विषयः उत्प्रेषण । निवदेकः जि. उदयपुर त्रियुगा न.पा.वडा नं. ८ वस्ने भरतराज वस्नेत समेत विरुद्ध विपक्षीः फोहरमैला प्रवन्ध तथा श्रोत परिचालन केन्द्र टेकु, काठमाडौं समेत § विपक्षी संचालक समितिको २०५५।३।२२ को निर्णयद्वारा उप प्रबन्धक गोपालराज विष्ट समेतका कर्मचारीहरुलाई स्वेच्छिक अवकाश पछि सुविधा दिने बिषयमा विनियमको स्पष्ट व्यवस्था अन्तर्गत सुविधा प्रदान गरेको देखिन नआएको र सो विनियमले स्पष्ट व्यवस्था नगरी रहेको कुरामा स्वेच्छिक अवकाश पाइसकेको यी रिट निवेदकहरुले सो अनुसारको सुविधा पाउनु पर्दछ भन्ने माग दावी गरेकोमा रिट क्षेत्रवाट त्यस्तो हक प्रचलन हुन सक्ने स्थिति नदेखिने । § फरक फरक प्रकृतिको सेवामा रही काम गरिसकेका व्यक्तिलाई बेग्लाबेग्लै किसिमले वर्गीकरण गर्न नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले बन्देज नलगाएको भै समान प्रकृतिका सेवामा रही काम गरी सकेका व्यक्तिलाई बेग्लाबेग्लै किसिमले वर्गीकरण गरी भेदभाव गर्न सम्म नमिल्ने देखिंदा पृथक पृथक प्रकृतिको सेवामा रही कामकाज गरेका कर्मचारीहरुलाई संचालक समितिले फरक फरक निर्णय गर्ने गरेको कार्यलाई भेदभावयुक्त भनि मान्न नमिल्ने । (प्र.नं ७) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री दिपेन्द्रबहादुर ओली विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), (२) तथा धारा १७(१) द्वारा प्रदत्त हकमा आघात पुगेको भनि धारा ८८(२) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. हामी निवेदकहरुले स्वेच्छिक अवकाश लिएपछि हामीलाई विदा, औषधोपचार, उपदान तथा अनुदान आदि हामिले स्थायी नियुक्ति पाएको मितिवाट मात्र गणना गरियो । तर हामी सरहनै स्वेच्छिक अवकाश लिने उप प्रबन्धक गोपाल राज विष्ट तथा सहायक प्रवन्धक सुरेश लाल श्रेष्ठ समेत ७ जनालाई शुरुमा अस्थायी, माथिल्लो पदमा करार अस्थायी एवं स्थायी नियुक्ति पाएको देखिएकोले अविच्छिन्न रहेको भनी सवै सेवा अवधि गणना गरी सुविधा प्रदान गर्ने गरी निर्णय भएको हुँदा र हामी निवेदकहरुले करार र दैनिक पारिश्रमिकमा काम गरेको अवधिको समेत सुविधा पाउं भनि विपक्षी समक्ष निवेदन दिएकोमा त्यस्तो अवधिलाई नोकरीमा गणना गर्न नमिल्ने भनि निर्णय गरियो । फोहोरमैला (प्रवन्ध तथा श्रोत परिचालन) कर्मचारी सेवा शर्त विनियमावली, २०४७ को विनियम २(ज) अनुसार कर्मचारी भन्नाले केन्द्रको दरवन्दीमा स्थायी, अस्थायी, म्यादी, करार, ज्यालादारी नियुक्ति पाएको व्यक्तिलाई सम्झनु पर्दछ भन्ने व्यवस्था रहेको पाइन्छ । विनियमावली ८.११ मा नोकरी अवधिको गणना गर्दा निजले केन्द्रमा गरि आएको अटुट सेवा अवधि गणना गर्ने व्यवस्था भएकोले विपक्षीहरुलाई समितिको ०५५।३।२२ को ७७ औं वैठकले पुरै अवधि गणना गर्ने निर्णय भएपछि हामि वीचमा करार सेवा प्रवेश गरेको नभै शुरुमै करारवाट सेवामा प्रवेश गरी स्थायी नियुक्ति पाएको भनि करार सेवा अवधिलाई नोकरीमा गणना गर्ने भनि भन्न मिल्दैन । विपक्षीको ७७ औं वैठकको निर्णय वदर नगरेसम्म हामीलाई पुरै सेवा अवधिको सुविधा नदिने निर्णय गर्न मिल्दैन । तसर्थः विपक्षीको ०५५।१२।१२ क