निर्णय नं. ७१४२ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१४२ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०१/११ ३०१७ निर्णय नं. ७१४२ ने.का.प.२०५९ अङ्क ९/१० संयक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत २०५६ सालको रि.नं. ३२९२ आदेश मितिः २०५९।१।११।४ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा वडा नं ३४ सिनामंगल कालीमाटी डोल स्थित नेकोन हेम्लेटमा प्रधान कार्यालय रहेको कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित नेकोन एअर लि.को तर्फवाट ऐ कम्पनीका अधिकार प्राप्त संचालक अपरेटर वर्ष ५५ को दिपकराज कोइराला विरुद्ध विपक्षीः श्री ५ को सरकार अर्थ मन्त्रालय समेत § श्री ५ को सरकारले आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ४२ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी शाही नेपाल वायु सेवा निगमका पाइलटहरुले पाउने लस अफ लाइसेन्स विमा र उडान भत्ता वापत पाउने रकममा आर्थिक वर्ष २०३९।०४० देखि पूर्णरुपमा आयकर नलाग्ने गरी छुट दिइएको भनी उल्लेख भएको देखिन्छ । यसरी उक्त सूचनामा शाही नेपाल वायुसेवा निगमका पाइलटहरुले पाउने उडान भत्ता वापतको रकममा कर नलाग्ने भन्ने देखिन्छ । उक्त सूचनाका आधारमा शाही नेपाल वायुसेवा निगम वाहेकको नेकोन एयरमा कार्यरत पाइलटहरुले पनि उडान भत्ता वापतको रकममा कर छुट पाउनु पर्छ भन्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री भरतराज उप्रेती विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री केदारप्रसाद पौडेल अवलम्वित नजिरः आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र निर्णय यसप्रकार छ :– २. नेकोन एयर लिमिटेड निजी वायुसेवा संचालन गर्न स्थापित सेवामुलक उद्योग हो । यस ले २०४९ । ५।५ मा उद्योग विभागवाट कारोवार शुरु गर्न दिइएको इजाजत पत्र अनुसार ०४९।५।९ वाट देशका विभिन्न भागमा उडान सेवा सुरु गरेको हो । निवेदक कम्पनीले आफ्नो कारोवार शुरु गरेको मितिले ५ वर्ष सम्म आएकर छुट पाउने हुंदा कर कार्यालय ववरमहलले निवेदक कम्पनीलाई आ.व. २०५०।०५१ देखि आ.व..२०५३।५४ सम्मको आयव्यय विवरण पेश गरे पश्चात आयकर छुट गरेको अवधि भित्र परेको उल्लेख गरी आयकर दाखिला गर्न नपर्ने भन्ने व्यहोराको प्रमाणित पत्र २०५६।२।७ गते निवेदक कम्पनीलाई पठाएको थियो । पाइलटहरुले उडान भत्ता वापत प्राप्त गरेको रकममा आयकर ऐन २०३१ को दफा ४२(३) को अधिकार प्रयोग गरी श्री ५ को सरकार अर्थ मन्त्रालयले राजपत्रमा मिति २०३९।०४० देखि पाइलटहरुले पाउने उडान भत्ता वापतको रकममा पूर्णरुपमा आयकर छुट हुने गरेको थियो । त्यसै सूचनाका आधारमा नेकोन एयर लि.का पाइलटहरुले पाउने उडान भत्ता वापतको रकममा आयकर कटाइएको थिएन । यसै वीचमा विपक्षी क्षेत्र नं २ कर कार्यालय ववरमहलले ०५६।३।१७ मा पत्र पठाई पाइलटले उडान भत्ताको रुपमा नेकोन एयर लि. वाट प्राप्त गरेको रकममा पनि आयकर लाग्ने भन्ने उल्लेख गरिएको रहेछ । यस सम्वन्धमा कर कार्यालयमा वुझ्दा उक्त निर्णय शाही नेपाल वायु सेवा नियमका पाइलटहकरुको उडान भत्ताको रकममा मात्र कर छुट हुने गरिएको हो उक्त निर्णयको सुविधा नेकोन एअरको पाइलटहरुको हकमा लागु हुने होइन भन्ने जानकारी दिइयो । २ नं क्षेत्र कर कार्यालयले कर विभाग लाजिम्पाटको ०५६।३।१० को पत्रलाई मुख्य आधार मानी नेकोन एयरका पाइलटहरुको उडान भत्तामा पनि कर लाग्ने भनी हामीलाई पत्र पठाएको रहेछ । २ नं क्षेत्र कर कार्यालयले निवेदक कम्पनी