निर्णय नं. ७१४३ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१४३ - उत्प्रेषण समेत । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०५/११ २९९० निर्णय नं.७१४३ ने.का.प.२०५९ अङ्क ९/१० संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री रामनगीना सिंह संवत् २०५८ सालको रिट नं. .. २९२३ आदेश मितिः २०५९।५।१८।३ विषयः उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २ टेकु काठमाडौं केन्द्रीय कार्यालय रहेको नेपाल कवाडी संघको तर्फबाट अख्तियार प्राप्त ऐ. का अध्यक्ष तथा आफ्नो हकमा समेत ऐ.ऐ. वस्ने पन्च तामाङ लामा विरुद्ध विपक्षीः जिल्ला विकास समिति काठमाडौं मुकाम ऐ.को कार्यालय ववरमहल समेत § श्री ५ को सरकार स्थानीय विकास मन्त्रालयले नेपाल राजपत्रमा मिति २०५२।११।२८ मा सूचना जारी गरेको देखिन्छ । उक्त सूचना अनुसार तीनवटै जिल्ला विकास समितिहरुले आपसमा मिली आफूले उठाउन पाउने कर असूल उपर गर्ने कुरामा संयुक्त समिति गठन गरी कर संकलन गर्ने Managerial सम्म मिलाई कर संकलन गरेको देखियो । त्यसरी संयुक्त समिति गठन गरी कर संकलन गर्ने क्रियालाई कानूनले निषेध गरेको अवस्था नदेखिने । § कुनै प्रतिकूल कुरा स्पष्टरुपले उल्लेख नभएसम्म खारेज भएका ऐन वमोजिम भएका सूचना पछि वनेको ऐनका कुरासंग नवाझेसम्म जारी नै रहने नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा २४ ले व्यवस्था समेत गरेबाट निवेदन व्यहोरा एवं निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरुको वहस जिकिरसंग सहमत हुन नसकिने । § कानून वमोजिम प्राप्त अधिकार अन्तर्गतका सामानहरुमा कर लिने विपक्षी जिल्ला विकास समितिहरु समेतको संयुक्त समिति व्यवस्था गरी कर लिने उठाउने गरेको कार्य कानून विपरीत भै निवेदकलाई आघात पुग्न गएको भन्न मिल्ने अवस्था नहुंदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ११ र १२) निवेदक तर्फबाटःविद्वान अधिवक्ताव्दय श्री वोर्णबहादुर कार्की र श्री इन्दीरा कार्की विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना, विद्वान अधिवक्ताव्दय श्री उत्तमप्रसाद श्रेष्ठ र श्री ज्योती वांनीया अवलम्वित नजिरः आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) का आधारमा यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः २. निवेदक संघ काम नलाग्ने फ्याकिएका फलामका टुक्राहरु, पत्रु, टिना, किट पाइप, चप्पल, लावरका जुत्ता, गुडिया फुटेका सिसाहरु खियाले खाएका काम नलाग्ने धातुहरु प्रयोग गरी फ्याकिएका पोलिथिनका झोलाहरु तथा दुधका पोलिथिन पाकेटहरु, प्लाष्टिकको विभिन्न किसिमका कचौडाहरु, प्लाष्टिकका डल्लाहरु आदि समेतको संकलन गरी विक्री व्यवसाय गर्ने अति निम्नस्तरका व्यवसायीहरुको दर्तावाला संगठन हो भने म पंच तामाङ लामा पनि सोही संघको अध्यक्ष हुनुका साथै व्यक्तिगत रुपमा पनि उपरोक्त व्यवसाय गर्दै आएको व्यक्ति हुं । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५ अनुसार स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २०७ को अनुसूची २३ मा तोकिएका सामानहरु तोकिएको दरमा मात्र विपक्षी जिल्ला विकास समितिहरुले कर उठाउन पाउने र कर उठाउन ठेक्कामा लिन पाउने व्यवस्थाका विपरीत कर उठाउन नपाउने कवाडी सामानहरु कांचको फुटेको टुक्राहरु, प्लाष्टिकका डल्लाहरु, दुध पनिरका पाकेटहरु फ्याकिएका पोलिथिनका झोलाहरु, प्लाष्टिकका कचेटाहरु समेतका विपक्षीहरुले गैरकानूनी रुपमा कर असुल गरेका कारण निवेदकहरुको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२, १७