निर्णय नं. ७१४४ - विष प्रयोग गरी गोरु मारेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१४४ - विष प्रयोग गरी गोरु मारेको । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०८/२७ ३४१३ निर्णय नं.७१४४ ने.का.प.२०५९ अङ्क ९/१० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५५ सालको फौ.पु.नं. ...१९९० फैसला मितिः २०५९।८।२७।६ मुद्दाः विष प्रयोग गरी गोरु मारेको । पुनरावेदक वादीः नरवहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः जि. मोरङ्ग पथरी गा.वि.स.वार्ड नं. ३ वस्ने प्रेमवहादुर कार्की § जाहेरवाला नरवहादुरले मृतक गोरुलाई प्रतिवादीले विष खुवाएको भनि प्रष्ट किटान गरी भन्न नसकेको, प्रतिवादी प्रेमवहादुर कार्कीले आरोपित कसूरका सम्बन्धमा अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कार रही वयान गरेको, मृतक गोरुको पोष्टमार्टम हुन नसकेको, राष्ट्रिय विधि विज्ञान प्रयोगशालावाट परीक्षण गरी विष खाएर गोरुको मृत्यु भएको भन्ने पुष्टि हुन नसकेको, प्रतिवादीले गोरुलाई विष खान दिएको देखेको भनिएकी चश्मदित लक्ष्मी मायाले प्रतिवादीले विष खुवाएको भनि किटानसाथ लेखाइ दिन नसकेको, विष खाइ गोरु मरेको भन्ने राय व्यक्त गर्ने व्यक्ति विशेषज्ञ नभै पशु सेवा केन्द्रको ना.प्रा.स. (रा.प.अनं द्वि.प्रा.) कर्मचारी सम्म भएको र वादी पक्षवाट अन्य कुनै सवुद प्रमाण गुजार्न नसकिरहेको स्थितिमा केवल ना.प्रा.स.ले विषको कारण दुवै गोरु मरेका हुन् भनि उल्लेख गरेको शव परीक्षण रिपोर्टलाई आधार मात्र लिई प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गर्न फौज्दारी न्यायका मान्य सिद्धान्त अनुरुप नमिल्ने भै शंकाको सुविधा अभियुक्तले पाउने । (प्र.नं. १६) पुनरावेदक वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री वल्लभ वस्नेत र श्री कृष्ण थापा अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र एवं फैसला यसप्रकार छ । २. २०५३।५।१५ गते साँझ ६ वजे चिन्ता बस्न चन्द्रवहादुर मगरको घरमा गएको र श्रीमती चिन्ता हेर्न गएको छोरी लक्ष्मी घरमा बसेको, ०५३।५।१६ गते ३ वजे प्रेमवहादुर कार्की मेरो घर अगाडि आई बेसारको पात चुडी मेरो हलगोरु वाधेको थलामा गै सो पात गोरुलाई खान दिई खेतैखेत आफ्नो घर तर्फ गएको छोरी लक्ष्मी मायाले देखेकी रहिछन सो पछि गोरु कराउन र छटपटाउन थालेपछि छोरीले हो हल्ला गर्दा छिमेकी गोरुको थालमा जांदा विषालु पदार्थको गन्ध आएको, गोरुहरु र्‍याल फिज काड्दा काड्दै समाजको सामुन्नेमा लडी मरेको हुँदा उज्यालो भई हेर्दा थलामा विषालु पदार्थ पाउडर जस्तो छरिएको वेसारको पात केहि चपाएको अवस्थामा गोरुले छादेको देखिएको, प्रेमवहादुरले के कहांवाट के कुन विषालु वस्तु सेवन गराई बिगो रु.१०,०००। दशजार पर्ने गोरु २ मारी चौपायाको १ नं. प्रतिकूल कसूर गरेकोले पक्राउ गरी ऐ.को ११ नं. वमोजिम सजाय गरी पाउं भन्ने नरवहादुर विश्वकर्माको जाहेरी । ३. गोरुको नाक, मुखवाट र्‍याल, मलद्वारवाट रगत निस्केको जिव्रा काटेको, पेट फुलेको, लडिरहेको, डुडको पश्चिमतर्फ सेतो पदार्थ छिटिएको वेसारजस्तो घांसको पात दुवै गोरुले छांदेको, र्‍याल सहितको बेसारको जस्तो पात रहेको, गोठमा विषालु गन्ध चलेको भन्ने ०५३।५।१६ को घटनास्थल प्रकृति तथा मृतक गोरुको प्रकृति मुचुल्का । ४. २०५३।५।१५ गते घटना भएको रातमा मेरै घरमा छु । जाहेरवाला र मेरो ४०० फिट फरकम