निर्णय नं. ७१४७ - जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१४७ - जालसाजी । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/११/०६ २६०६ निर्णय नं. ७१४७ ने.का.प.२०५९ अङ्क ९/१० संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्बत २०५६ सालको फौ.पु.नं. .. २३३८ फैसला मितिः २०५८।११।६।२ मुद्दाः जालसाजी । पुनरावेदक वादीः जिल्ला धनुषा झोझी कटैया गा.वि.स. वार्ड नं. ८ वस्ने वुधन यादव विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला धनुषा झोझी कटैया गा.वि.स. वार्ड न. ८ वस्ने सोभित मण्डल समेत § कुनै पनि मुद्दामा घरव्दार पत्ता लगाई मानिस चिनी म्याद तामेल गर्ने दायित्व र जिम्मेवारी तामेलदारको हुन्छ । अन्य व्यक्तिहरु भनेका रोहवरमा वस्ने मानिससम्म हुन । म्याद तामेलीमा मुख्य भूमिका हुने तामेलदार माथि मुद्दा दायर नभई रोहवरमा वस्ने अन्य व्यक्ति माथि मात्र मुद्दा दायर गरेको देखियो । मुख्य कारणीलाई नै प्रतिवादी नवनाई दायर भएको प्रस्तुत मुद्दा दर्ता नै गर्नु नपर्नेमा दर्ता गरी निर्णय निरोपण गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको ठहर सम्म पुनरावेदन अदालतको मिति २०५६।१।२२।४ को फैसला मनासिव देखिने । (प्र.नं. १०) पुनरावेदक वादी तर्फबाटः विद्धान अधिवक्ता श्री जानकीप्रसाद गिरी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत जकपुरको फैसला उपर पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी मध्येका महन्जी यादवले म उपर दायर गरेको दे.नं. २९६८ को लेनदेन मुद्दामा मेरो नाममा गएको ३० दिने इतलायनामा एकाघरको कुनैपनि मानिस फेला नपरेकोले मेरो घर दैलोमा टांसी तामेल गरेको व्यहोरा जनाई प्र.मध्येका पुरन थापा, रामप्रसाद थापा र भदै मण्डल साक्षी वसी मलाई कुनै जानकारी नदिई सो मुद्दालाई एकतर्फी पारी जालसाजीपूर्ण तरिकाले फैसला गराउन सफल भै सो फैसला वमोजिम विगो दिलाई भराई पाउं भनी विगो नं. ८०२ को दर्खास्त दिई मेरो रु.२ लाख पर्ने ०६११ जग्गा रोक्का राखी फैसला कार्यान्वयन सम्वन्धी कारवाही गर्दा अदालतबाट मेरो नाममा जारी भएको ३५ दिने म्याद र त्यसपछि विभिन्न मितिमा मेरो नाममा जारी भएको लिलामी सूचनाहरु प्रतिवादीहरु आपसमा मिलेमतो गरी जालसाजी तवरबाट तामेल गराई मलाई कुनै जानकारी नदिई मेरो सम्पत्तिमा हानीनोक्सानी पुर्याई आफूलाई लाभ हुने किसिमले प्रतिवादीहरुले किर्ते कागजको ३ नं. वमोजिम कसूर गरेका हुंदा २०५१ सालको दे.नं. २९६८ को लेनदेन मुद्दाको मिति २०५१।६।१५ मा तामेल भएको म्याद र विगो मुद्दाको मिति २०५२।३।२४ र २०५३।३।३० तथा मिति २०५३।५।६ लगायतका र सो पछि जारी भै घरदैलामा टांस भएको व्यहोराको सम्पूर्ण तामेली म्यादलाई जालसाजी घोषित गरी वदर गरी प्रतिवादीहरुलाई ऐ. को १० नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको फिरादपत्र । ३. हामीले कुनै जालजासी क्रिया गरेका छैनौ त्यसमा पनि विभिन्न मितिमा भएका तामेली भनिएका हुंदा छुट्टा छुट्टै अपराधलाई एउटै फिरादबाट इन्साफ गर्न नमिल्ने अ.वं. ७२ नं. को कानूनी व्यवस्था हुंदा प्रस्तुत फिराद खारेजभागी छ साथै म्याद तामेल गराउने प्रमुख भूमिका तामेलदारको हुने हुंदा तामेलदार शिवनारायणलाई प्रतिवादी नवनाई हामीलाई मात्र प्रतिवादी वनाएबाट नै अनावश्यक हैरानी गर्ने र आर्थिक भारमा पारी दुःख दिने मनसायले विपक्षी वादीले झुठ्ठा फिराद गरेको हुंदा खारेज गरी हामीलाई उन्म