निर्णय नं. ७३४० - लेनदेन, किर्ते जालसाजी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३४० - लेनदेन, किर्ते जालसाजी । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०१/१० ३०३९ निर्णय नं.७३४० ने.का.प.२०६१ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री बलराम के.सी. २०५७ सालको दे.पू.ई.नं. ...८६ फैसला मितिः २०६१।१।१०।५ मुद्दा :– लेनदेन, किर्ते जालसाजी । पुनरावेदक प्रतिवादीः कपिलवस्तु जिल्ला उदयपुर गा.वि.स.वडा नं. ५ बस्ने तारा कुर्मीनी विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. बस्ने मुन्नालाल कुर्मी § कारणीको हस्ता सही सद्दे हो भन्ने तथ्य स्वीकार गरेको अवस्थामा लिखतका अन्य कुरा झुठृा हो भन्ने पक्षले सो कुरा प्रष्ट रुपमा प्रमाणित नगरे सम्म सो लिखतको कुरालाई अरु आधारले खण्डित गर्न वा कमजोर पार्न नसक्ने । § आफ्नो हकहितमा असर पर्ने कुनै कार्य कसैले गरेको रहेछ भने सो रोक्न वा बदर गराउनको लागि कानूनले निर्दिष्ट गरेको बाटो अपनाई आउनु पर्ने हुन्छ । सो तर्फ प्रतिवादी लागेको भन्ने देखिन आउँदैन । मुद्दाको तह तह निर्णय हुँदै गएको र त्यस तर्फ समयमै सजग नभई लिखतको आंशिक तथ्य स्वयं प्रतिवादीले स्वीकार गरिरहेको अवस्थामा अव आएर सो लिखत झुक्याई गरेको भनि लिएको जिकिर तर्कयुक्त र कानूनसम्मत समेत नभएबाट सो को विवेचना गर्नुपर्ने अवस्था र आधार रहेको नदेखिने । § विवादको मिति २०४१।३।१५ को लिखत यी प्रत्यर्थी वादी र मृतक लल्लु कुर्मीका वीच भएको सद्दे सांचो व्यहोराको भएबाट सो अनुरुपको दायित्व यी पुनरावेदक प्रतिवादीले व्यहोर्नु पर्ने नै देखिन आउँदा शुरु फैसला उल्टी गरी दावी लिखत जालसाजी ठहराई वादी दावी पुग्न नसक्ने ठहराएको तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी गरी दावी पुग्ने ठहर गरेको शुरु सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसलामा कुनै परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने । (प्र.नं. २० देखि २२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास अवलम्वित नजिरः फैसला प्र.न्या.गोविन्दवहादुर श्रेष्ठः यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसला उपर परी यस अदालतमा सरी आएको विन्तिपत्रमा छानबिन भई न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) (ख) अन्तर्गत पुनरावलोकनको निस्सा भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. विपक्षीको सासु र लोग्ने अघिनै स्वर्गे भै सकेको र विपक्षी तर्फ १ छोरी मात्र जायजन्म भई निजको पनि विवाह भैसकेबाट विपक्षीको एकाघर सगोलमा निज तथा निजका ससुरा लल्लु मात्र भएको, निज लल्लु र विपक्षीको अपुताली खाने नाती छोरा समेत कुनै सन्तान नहुँदा विपक्षीको ससुरा लल्लुले धर्मकर्म समेत गर्ने इच्छाले केही खेत बिक्री गर्न चाहेको भन्ने मलाई जानकारी भै निजसँग सम्पर्क गर्दा संलग्न राजिनामा अनुसारको कित्ता ७ को ज.वि. ४–१२–१६ जग्गा रु.६५,०००।– मा बिक्री गर्ने मोलतोल भै विपक्षीको ससुरा र म तौलिहवा आई ०४१।३।१५।५ मा लेखन्दास राम सिं कहारको घरमा बसी राजीनामा लेखाई सहीछाप गरी गनि गनाउ गरेको र पारित गर्न जांदा धेरै भिड भै अड्डाको समय समाप्त भै पारित हुन नसकेको र उक्त मितिदेखि उक्त राजिनामामा उल्लेख भएको जग्गा जोतकमोद गरी आएकोमा वर्षाको समय हुँदा आवत जावत मा असुविधा हुन गई पारित हुन पाएन । वर्षापछि पारित गर्न खोज्दा विपक्षीको ससुरा विरामी भई ०४१ साल मंसिरमा स्वर्गे भएकाले नि