निर्णय नं. ७३४१ - लागू औषध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३४१ - लागू औषध । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/०३ ६८२२ निर्णय नं. ७३४१ ने.का.प.२०६१ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५८ सालको फौ.पू.ईं.नं. ८,९,१० फैसला मितिः २०६१।३।३।५ मुद्दा :– लागू औषध । पुनरावेदक प्रतिवादीः भारत विहार राज्य नरकटियागंज घर भै हाल केन्द्रिय कारागार शाखा काठमाडौंमा थुनामा रहेको सुवोध कुमार उर्फ पप्पु विरुद्ध प्रत्यर्थी वादीः प्र.ना.उ.डेग वहादुर जि.सि.समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ दर्वेसा गा.वि.स. वडानं. ९ घर भई हाल केन्द्रिय कारागार शाखा त्रिपुरेश्वर, काठमाडौमा थुनामा रहेको वर्ष ३१ को रमेश कडरिया विरुद्ध प्रत्यर्थी वादीः प्र.ना.उ. डेग वहादुर जि.सि.समेतको प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः भारत, विहार जमुई रेलवामा जन्म भै जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १ मा स्थायी वसोवास गर्दै आई हाल केन्द्रिय कारागार शाखा, त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेको वर्ष ४७ को वैजनाथ गुप्ता विरुद्ध प्रत्यर्थी वादीः प्र.ना.उ. डेग वहादुर जि.सि. समेतको प्रतिवेदनले श्री ५ को सरकार § लागू औषध (नियन्त्रण) ऐन विशेष प्रकृतिको ऐन भएको र विशेष प्रकृतिको ऐनले गरेको व्यवस्था सोही अनुरुप कार्यान्वयन भएको हुनुपर्छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्यवस्थाले सो ऐनको दफा ४ ले निषेधित गरिएका कार्य गरेको भन्ने देखिन आएमा निषेधित कार्य गरेको आरोपित व्यक्तिले वरामद भएको लागू औषध वा पदार्थ यो यति कारणले ऐन सम्मत तरिकाले राखेको भन्ने कुराको पुष्टि गर्ने कार्य वा प्रमाणको दायित्व त्यसरी निषेधित वस्तु राख्ने व्यक्तिमा नै रहने § अनुसन्धान तहकिकातवाट कसैको शरीर, कोठा वा साथवाट वरामद भएको पदार्थ निषेधित तवरवाट खरिद विक्री ओसारपसार आदि गरेको वा सो गर्न भनी संचय गरेको देखिन आएमा केवल अदालतको वयानमा सजायको भागी हुन नपरोस् भनी स्वइच्छाले वरामदी लागू औषध आफ्नो होइन कहाँवाट आयो भन्ने जस्ता कथन राखी आरोपित कसूरमा इन्कारी हुँदैंमा संकलित सवुद प्रमाण र घटनाको कडीवाट पुष्टी भइरहेको विषय वस्तुलाई अन्यथा भनी अनुमान गर्न नमिल्ने । § अनुसन्धानका क्रममा भएका बयान, बरामदी मुचुल्काका मानिस र प्रतिवेदकहरुको यी प्रतिवादीहरुको रोहवरमा सो लागू औषध वरामद गरिएको हो भन्ने बकपत्र, बरामद भएको घरको घरधनी समेतको कागज समेतका प्रमाणबाट आरोपित सबै प्रतिवादीहरु बरामद भएको लागु औैषध विदेश भारतबाट खरिद गरी लिई आई नेपालमा बिक्री वितरण गर्ने प्रयोजनका लागि संचय ओसारपसार समेतको कार्य गर्नमा समान रुपले लागेको भन्ने कुरा पुष्टि भइरहेको देखिने । § पुनरावेदक प्रतिवादीहरु सुवोध कुमार उर्फ पप्पु रमेश कडरिया र वैजनाथ गुप्ता समेतका प्रतिवादीहरुले बरामद भएको लागू औषध, लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ)(च) मा वर्णित कार्य गरेको शिद्ध हुन आएकोले सो अभियोगमा दावी बमोजिम सोही ऐनको दफा १४(१) (छ) (३) बमोजिम जनही १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ४६ र ४७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ताहरु श्री भीमवहादुर ढकाल, श्री शेष महम्मद अव्वास,