निर्णय नं. ७३४३ - परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३४३ - परमादेश । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/१५ २८१३ निर्णय नं. ७३४३ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत संवत् २०५७ सालको रिट नं. .... ३६१२ आदेश मितिः २०६१।३।१५।३ मुद्दा :– परमादेश । निवेदकः सिन्धुली जिल्ला हतपते गा.वि.स.वडा नं. ६ बस्ने वर्ष ३५ को रामरुप कुमर दनुवार विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय सिन्धुली समेत § एउटै कानूनी व्यवस्था अनुसार काम कारवाही गर्दा जति पटक वा जुन समयमा भए गरेको भएतापनि समान किसिमबाट गर्नुपर्ने हुन आउँछ । अन्यथा त्यस्तो काम कारवाहीलाई कानून अनूकूलको मान्न मिल्ने नदेखिने । § २०५६ सालको कुतवाली वापतको धरौट सोही सालको फागुन मसान्तमा लिएको र कुतवाली धरौट राख्न फागुन मसान्तसम्म म्याद रहेकोमा ०५७ सालको कुतवाली धरौट राखी पाउँ भनी सोही सालको फागुण १८ मा जांदा म्याद नाघेको भन्ने भूमिसुधार कार्यालयको लिखित जवाफ कानून अनुकूलको देखिन नआउने । § पुनरावेदन अदालत जनकपुरको फैसलाले मोही निस्काशन भइसकेको भन्ने विपक्षी जग्गाधनी तारादेवीको लिखित जवाफ सम्बन्धमा पनि यिनै पक्ष विपक्ष भै चलेको यस अदालतमा विचाराधीन मोही निस्काशन मुद्दाबाट निरोपण हुने नै हुँदा सो मुद्दा विचाराधीन रहेको अवस्थामा मोहीले ल्याएको कुतवाली वापतको रकम धरौट राख्न अस्वीकार गर्न नमिल्ने हुँदा निवेदकले म्याद भित्र ल्याएको कुतवाली वापतको रकम बुझिलिनु भनी विपक्षी कार्यालयको नाउँमा परमादेश जारी हुने । (प्र.नं. १८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला अवलम्वित नजिरः आदेश न्या.वद्रीकुमार वस्नेतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको रिट निवेदन समेतको व्यहोरा यसप्रकार छ :– २. सिन्धुली जिल्ला साविक कुर्धौली गा.वि.स.वडा नं. ७ग कि.नं. ८ को ज.वि १–४–० १÷२ जग्गाको जग्गाधनी विपक्षी तारादेवी भण्डारी र झ्याउली बनुवा कुमर तथा म निवेदक दर्तावाल मोही भै उक्त जग्गाको सालसालको कुत बाली जग्गाधनीलाई बुझाउँदै आएकोमा निजले म समेत उपर भनी भूमीसुधार कार्यालय सिन्धुलीमा दायर गरेको मोही निश्काशन मुद्दामा पुनरावेदन परी हाल यसै अदालतमा विचाराधीन रहेको छ । म निवेदक समेतको पुनरावेदन पत्र यसै अदालतमा विचाराधीन रहेको अवस्थामा विपक्षी जग्गाधनी तारादेवी भण्डारीलाई २०५७ सालको उक्त जग्गाको कुतवाली बुझाउन जांदा बुझी नलिनु भएकोले विपक्षी गा.वि.स.को कार्यालयमा बुझाउन गएको सो कार्यालयले समेत कुतवाली बुझिलिन इन्कार गरेकोले भूमिसुधार कार्यालय सिन्धुलीमा लिखित निवेदन सहित कुतवाली बुझी लिन अनुरोध गर्दा समेत निवेदन नै दर्ता नगरी इन्कार गरेकोले कानून बमोजिम कुतवाली बुझिलिने उत्तरदायित्व भएको विपक्षीहरुबाट २०५७ सालको उल्लेखित जग्गाको कुतवाली बुझी नलिएबाट म निवेदकको नेपाल अधिराज्यको संविधान २०४७ को धारा १७(१) समेत द्वारा प्रत्याभूत हकाधिकारमा आघात परेको र उक्त जग्गाको कुतवाली नलिएबाट म निवेदकको सो जग्गाको मोहीहकबाट वञ्चित हुनुपर्ने भएकाले विपक्षी भू.सु.का. सिन्धुली, हतपते गा.वि.स. सिन्धुली समेतका नाउँमा निवेदकले बुझाउन ल्याएको कुतवाली बुझ्नु भनी परमादेशको आदेश जारी गरी पाउँ भन्ने व्यहोराको निवेदन । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले