निर्णय नं. ७३४४ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३४४ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/१५ २७०६ निर्णय नं. ७३४४ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्बत २०५६ सालको रिट नम्बर ४०४४ आदेश मितिः २०६१।३।१५।३ बिषयः– उत्प्रेषणयुक्त परमादेश । निबेदकः जिल्ला रौतहट बैरिया गाउँ बिकास समिति वडा नम्बर ९ घर भै हाल जनकपुर भन्सार कार्यालय जनकपुरधामको खरिदार पदमा कार्यरत राजेन्द्र दत्त बिरुद्ध विपक्षीः बढुवा समिति, जिल्ला प्रशासन कार्यालय, धनुषा समेत § राजश्व समूहको बिज्ञापित पदमा संस्कृत उत्तरमध्यमाको शैक्षिक योग्यताको सम्बन्धमा रिक्त पदको खुल्ला प्रतियोगितामा नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी बिभाजन र नियुक्ति) नियमहरु, २०५० को नियम ७ बमोजिम खुला प्रतियोगिताको लागि सो नियमावलीको अनुसूची ४ बमोजिमको शैक्षिक योग्यता आवश्यक हुन्छ । तर प्रस्तुत बिज्ञापित पद खुला प्रतियोगिता नभै कार्य क्षमताको आधारमा बढुवा गरिने पद हुँदा यसमा बिज्ञापित पद भन्दा तल्लो पदमा रहेका सबै कर्मचारीहरुले भाग लिन पाउने नै देखिएको हुँदा निवेदकको माग बमोजिम राजश्व सम्बन्धी शैक्षिक योग्यता नभएको भन्न र मान्न मिल्ने अवस्था देखिन नआउने । § प्रत्यर्थी मध्येका प्रल्हादप्रसाद उपाध्याय रिजाल निजामती कितावखानाको ०५८।८।५ को पत्रबाट ०५८।९।२७ देखि अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा अवकाश पाइसकेको ब्यक्तिको हकमा निवेदकले उठाएको बिषय बस्तुको औचित्यमा प्रवेश गर्नु पर्ने अवस्था बिद्यमान नरहने । § कर कार्यालय, जनकपुरको ०५२।८।६ र ०५६।५।१३ को पत्रबाट आ.ब. ०५२।५३ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५३।४।७ मा, आ.ब.०५३।५४ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५४।४।१ मा र आ.ब.०५४।५५ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५५।४।६ मा पेश भएको कुरा दर्ता कितावबाट र प्रमाणित भएको भन्ने उल्लेख भै आएबाट प्रमाण ऐन, २०३१ को दफा ६ बमोजिम सरकारी अड्डामा रहेको श्रेस्तालाई मान्यता दिनुनै पर्ने हुँदा अगाडि मिति राखी पछि कार्यसम्पादन मूल्याङ्कन फाराम पेश भएको भन्ने निवेदन लेखलाई प्रमाणद्वारा पुष्टि गर्न नसकेको स्थितिमा निवेदन कथन लेखकै आधारमा मात्र रिट जारी गर्नु मनासिब नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापा, विद्वान अधिवक्ताद्वय श्री उपेन्द्रकेशरी न्यौपाने र श्री उष्णमोहन कोइराला अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निबेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- २. मिति २०५५।४।१ को सूचना अनुसार जनकपुर स्थित मूल्य अभिबृद्धि कर कार्यालयको राजपत्र अनंकित प्रथम श्रेणीको नायब सुब्वा पद २ का लागि बढुवाद्वारा पदपूर्ति गर्न २०५५ साल आषाढ मसान्त सम्मको सेवा अवधि गणनाको आधारमा योग्यता पुगेको एक तह मुनिको उम्मेदवारहरुबाट बढुवा फाराम भर्नका निमित्त सूचना प्रकाशित गरिएको थियो । २०५५।८।७ को निर्णयले प्रत्यर्थी नम्बर ४ ले ९६.६६६ अङ्क प्राप्त गरेको देखाई प्रत्यर्थी नम्बर ३ र ४ लाई सिफारिश गरेको भनी ०५५।८।८ का दिन सूचना प्रकाशित गरेकोमा सिफारिश उपर चित्त नबुझी ०५५।९।१ मा प्रत्यर्थी २ समक्ष उजुरी चढाएकोमा प्रत्यर्थी नम्बर २ ले मिति २०५५।१०।११ का दिन उक्त बढुवा सिफा