निर्णय नं. ८७७० - भ्रष्टाचार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७७० - भ्रष्टाचार । भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०२/०९ ९०६० ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री कमलनारायण दास फौ. पु.नं. २०६३–CR–०००८, ००७६, ०१६१, ०१७३ फैसला मितिः २०६९।२।९।३ मुद्दा :— भ्रष्टाचार । पुनरावदक प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. १० बानेश्वर बस्ने लीलाराज गौतम समेत विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत दिनेशहरि अधिकारीको प्रतिवेदनले नेपाल सरकार पुनरावदेक वादीः नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. १० बस्ने वैदेशिक हुलाक कार्यालयका ना.सु. केशवराज गौतम पुनरावदेक प्रतिवादीः रामेछाप जिल्ला, बेताली गा.वि.स., वडा नं. ३ घर भै हाल का.म.न.पा.वडा नं. ७ चावहिल बस्ने कल्याणबहादुर बस्नेत समेत विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. १० बानेश्वर बस्ने केशवराज गौतम समेत विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्ने :– अध्यक्ष, मा.न्या. श्री भूपध्वज अधिकारी सदस्य, मा.न्या. श्री कोमलनाथ शर्मा सदस्य, मा.न्या.श्री चोलेन्द्र शम्सेर ज.व.रा. § व्यक्तिगत रुपमा लेखिएका र परीक्षण गर्न नसकिने निजी डायरीलाई कानूनबमोजिमको अकाट्य प्रमाणको रुपमा ग्रहण गर्दै जाने हो भने त्यसले गलत संस्कार र कृत्रिम प्रमाणको सिर्जनालाई बढावा दिने हुँदा अदालतले त्यस्ता कृत्रिम र बनावटी प्रमाणको सिर्जना हुने प्रक्रियालाई अपनाउन र प्रोत्साहन गर्न नहुने । (प्रकरण नं.२७) § जाँच अवधिमा आफूले आर्जन गरेको सम्पत्ति छोरा र श्रीमतीलाई वण्डा लगाइदिएकै कारणले त्यसको स्रोत पुष्टि गर्नुपर्दैन भन्ने तर्कलाई स्वीकार्ने हो भने सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले जुनसुकै व्यहोराले आर्जन गरेको सम्पत्ति त्यसरी नै हक हस्तान्तरण गरेर स्रोत पुष्टि गर्नुपर्ने दायित्वबाट उन्मुक्ति पाउने अवस्था रहने । (प्रकरण नं.३०) § पति पत्नी र छोरा छोरीहरूबीच अंशवण्डाको लिखत पारीत गरी छुट्टि भिन्न भएको देखिएपनि भ्रष्टाचार मुद्दाको प्रयोजनको लागि त्यस्तो वण्डापत्रमा लेखिएका सम्पत्तिहरूको स्रोत पुष्टि गर्ने दायित्वबाट उन्मुक्ति नहुने । (प्रकरण नं.३२) § सम्पत्तिको स्रोतलाई कानूनी आवरणले ढाकी हालैको बकसपत्र भन्ने शब्द लिखतमा उल्लेख गरेकै आधारमा त्यस्तो सम्पत्तिलाई भ्रष्टाचार मुद्दाको प्रयोजनको लागि बकसपत्रबाट आएको मानी त्यसको स्रोत खोज्नु नपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३४) § आयोगले अभियोग दावी गर्ने हकलाई विशेषाधिकार मानी मन लागे छूट दिने र मन नलागे दावी गर्ने मनोमानी र स्वेच्छाचारिता देखाउन सक्तैन । कानून, न्याय र विवेकको अधीनमा नरही अभियोगपत्र दायर गर्ने हो भने न्यायले स्वच्छता गुमाउँदछ । यसलाई गम्भीर जिम्मेवारी सम्झेर आयोगले अनुसन्धान एवम् अभियोजन गर्न सक्नु पर्दछ । अन्यथा अरुमाथि अख्तियारको दुरुपयोगको दावी गर्ने आयोगका पदाधिकारी वा कर्मचारीहरू स्वयम् पनि त्यस्तो दोषको भागीदार हुनसक्ने अवस्था नआओस् भनी सतर्क रहनु पर्ने । (प्रकरण नं.३५) § बकस दिनुपर्ने कुनै कारण नै नभई मूल्य लिएर लिखतमा हालैदेखिको बकसपत्र भनी उल्लेख गरी झूठो व्यवहार देखाउने दाताले पनि सम्पत्तिको स्रोत लुकाउन मद्दत गरेको देखिन्छ । तर वादीले त्