निर्णय नं. ७३४५ - निर्णय दर्ता वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३४५ - निर्णय दर्ता वदर । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/२१ ४०१५ निर्णय नं. ७३४५ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायधीश श्री वद्री कुमार वस्नेत सम्वत २०५६ सालको दे.पु.नं. ५७१८ फैसला मितिः २०६१।३।२१।२ मुद्दाः निर्णय दर्ता वदर । पुनरावेदक वादीः का.जि.का.न.पा वडा नं. १५ वस्ने छली लमिनी विरुद्ध विपक्षीः प्रतिवादी ऐ.ऐ.वस्ने अष्टवहादुर तामाङ्ग समेत § निर्णयको नक्कल सारी पाउँ भनि यी वादी छली लमिनीले मिति २०४६।९।१३मा सो गुठी कार्यालयमा निवेदन दिए तापनि सो मितिमा नक्कल लिएको देखिदैन । वादीले दिएको उक्त निवेदनमा सो कार्यालयवाट नियमानुसार गर्ने भनि तोकादेश सम्म भएको देखिन्छ । अड्डा अदालतमा रहेको कुनैपनि कागज प्रमाणको सरोकारवाला पक्षले निवेदन दिदैमा सोही मितिमा निजले विधिवतरुपमा सो निर्णयको जानकारी भए पाएको मान्न नमिल्ने । § जवसम्म सम्वन्धित पक्षले नक्कल पाउँ भनि दिएको निवेदन मुताविक कार्यालयले कानूनको रीत पुर्याई सम्वन्धित पक्षलाई नक्कल दिदैन तव सम्म विधिवतरुपले सो विषयमा जानकारी पाएको भन्न नमिल्ने । § कार्यालयले कुन मितिमा नक्कल उपलव्ध गराएको हो सो खुलाई भन्न नसकेको अवस्थामा पक्षले प्राप्त गरेको नक्कल कागजातमा अंकित मितिलाई नै नक्कल प्राप्त गरी जानकारी पाएको मिति मान्नु पर्ने । § वादीले आफूले मिति २०४७।९।१९ मा नक्कल सारी निर्णयको व्यहोरा थाहा पाएको भनि सो निर्णय उपर जग्गा पजनीको १७ नं. को ६ महिनाको म्याद भित्रै मिति २०४७।११।२७ मा फिराद गरेको देखिन्छ । यस स्थितिमा वादीको फिराद हदम्यादविहीन भनि शुरु र पुनरावेदन अदालतले वादी दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहराएको निर्णय मिलेको नदेखिने । § वादीले नक्कल लिएको मितिलाई हदम्याद शुरु भएको आधार मानी दर्ता गरेको प्रस्तुत निर्णय दर्ता वदर मुद्दाको फिरादपत्र जग्गा पजनीको १७ नं. को हदम्याद भित्रको देखिंदा हदम्यादविहीन फिराद भनि खारेज गर्ने गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।२।१० को फैसला मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. २० र २१) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनको मिति २०५४।२।१० को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र(ख) को आधारमा दोहोर्याई पाउँ भनि परेको वादी पक्षको निवेदनमा यस अदालतको मिति २०५६।७।१० को मुद्दा दोहोर्याउने निस्सा भएको आदेशानुसार पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ:– २. मैले वद्रीलाल मानन्धरसँग २०२४।९।२० मा रु ८९७। मा कान्छा तामाङ्गसँग स्वयम्भु ध्याङ्ग गुठीमा दर्ता भएको शेर्मा रु ।१९ पैसा लागेको ।।.।५ (मकै) विजन जाने पश्चिम सिद्धिमान तामाङ्गको घर समेतका ४ किल्ला भित्रको जग्गा खरिद गरी लिई २०२४।२।१ मा तालुकदार खर्पाग्याम्वो भन्ने शोभ वहादुरवाट चलन पूर्जी समेत गरी लिएको जग्गा २०२४।१२।१३ मा मलाई राजिनामा पास गरी दिएको र मोहीयानी कसैको नलाग्ने र जग्गा धनी गुठी नै कायम हुने हुँदा ज.ध.प्र.पुर्जा प्राप्त हुन सकेको थिएन । मैले कसैलाई हक छाडी दिएको थिइन । उक्त जग्गा नापीमा कृष्ण वहादुरले माहीमा लेखाई नापी गराएको रहेछ । उक्त जग्गा नापीमा स्वयम्भु गा.प.वडा नं ६ कि.नं ३२ को क्षेत