निर्णय नं. ७३४६ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३४६ - कर्तव्य ज्यान । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/१२/०६ २८८५ निर्णय नं.७३४६ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५९ सालको फौ.पु.नं. ३०७१ फैसला मितिः२०६०।१२।६।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि.झापा गौरादह गा.वि.स.वा.नं. २ घर भै हाल कारागारशाखा मोरङ्गमा थुनामा रहेका खड्ग वहादुर दर्जी विरुद्ध प्रत्यर्थी वादीः पदम वहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार § आफ्नै श्रीमतीलाई खुकुरी जस्तो जोखिमपूर्ण हतियारले प्रहार गरे पश्चात प्रतिवादी स्वयंले निजलाई उपचार गर्ने वा वचाउने उद्देश्यले कुनै उपाय अवलम्वन गर्ने प्रयास गरेको अवस्था पनि मिसिलवाट देखिन नआई आफु फरार रही पछि पक्राउ परेको स्थितिमा ज्यान सम्वन्धीको १३(१) नं. बमोजिमको कसूर कायम गरी सोही नम्वर बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरेको शुरु र पुनरावेदन अदालत समेतको फैसला अन्यथा देखिन नआउँने । § ज्यानै मार्नुपर्नेसम्मको रिसइवि भै पूर्व योजना र तयारी गरेको अवस्था समेत नदेखिनुका साथै प्रतिवादी र मृतक दुवैले मदिरा सेवन गरेको अवस्था दुईजना वीच बादविवाद भएको स्थितिमा खुकुरी प्रहार गरेको परिस्थिति समेतलाई मध्यनजर गर्दा अ.वं. १८८ नं. बमोजिम पुनरावेदन अदालतले १० वर्ष कैद हुने भनि व्यक्त गरेको राय भन्दा अझ कम सजायँ हुनुपर्छ भनी प्रतिवादीले लिएको जिकिर र विद्वान कानून व्यवसायीको वहस जिकिर समेतसंग सहमत हुन नसकिने । (प्र.नं. १९) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति २०५९।१।१६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :– २. मिति २०५८।४।२८ गते राती मेरो दाजु खडग वहादुर दर्जीले आफ्नै श्रीमती काली दर्जीलाई खुकुरीले गर्दनमा प्रहार गरी घाईते बनाएकोले घाइते काली दर्जीको उपचार हुंदाहुंदै मृत्यु भएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पदमवहादुर दर्जीको जाहेरी । ३. रुद्रघाँटी सम्म उपचारको क्रममा टाँका लगाएको टाउकोमा टाँका लगाएको घाटीमा ४ वटा टाका लगाई सिलाई गरेको अवस्थामा रहेको भन्ने समेत व्यहोराको मृतक काली दर्जीको लाश प्रकृति विवरण । ४. डाँगीहाट १ स्थित पूर्वमा केराको वोट पश्चिम खेतवारी उत्तर दक्षिण बाटो यती ४ किल्ला भित्रको पर्ने वाटोमा काली दर्जी भन्ने फुलमाया दर्जीलाई काटेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । ५. मोरङ्ग डाँगीहाट १ स्थित पूर्वमा बाटो पश्चिममा धानखेत उत्तरमा सानो दह दक्षिण सिसौको बोट यती ४ किल्ला भित्र खेतमा हिड्दा खुट्टा गाडीने हिलो सो खेतमा काली भन्ने फुलमाया दर्जीलाई प्रतिवादी खडग वहादुर दर्जीले खुकुरीले काटी घाईते वनाएको फुलमायालाई काट्न प्रयोग गरेको खुकुरी वरामद भएको भन्ने समेत व्यहोराको खुकुरी वरामदी मुचुल्का । ६. श्रीमती काली भन्ने फुलमाया दर्जीलाई खुकुरीले काटी मारी फरार रहेको हो । मदिरा जाँड खाएको श्रीमतीसंग विवाद हुंदा खुकुरीले काटी मारेको र भागेको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष खड्ग वहादुर दर्जीको वयान । ७. प्रतिवादी खड्ग वहादुर दर्जीले आप्mनो श्रीमतीलाई खुकुरीले काटी लडाई मरणासन्न अवस्