निर्णय नं. ७३४७ - करकाप लुटपिट ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३४७ - करकाप लुटपिट । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०२/०८ २६५५ निर्णय न.७३४७ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत् २०५६ सालको फौ.पु.नं. २२२१ फैसला मितिः २०६१।२।८।६ मुद्दाः– करकाप लुटपिट । पुनरावेदक वादीः धनुषा जिल्ला सवैला गा.वि.स. वडा नं. ७ वस्ने वौएलाल नायक विरुद्ध विपक्षी प्रतिवादीः उदयपुर जिल्ला देउरी गा.वि.स. वडा नं. २ जलजले वस्ने वहुरी चौधरी समेत § वादीले प्रत्यक्षदर्शी भनी दिएको साक्षी वेचन महतो र जिवच्छा शाहा पनि वारदात भयो भनेको ठाउँमा नभै अन्यत्र ठाउँका देखिने र निजहरु वारदातको दिन प्रतिवादी सुदामाको घरमा रातको समयमा आई वस्नुपर्ने उपयुक्त कारण समेत नदेखिंदा निजहरुको वकपत्रको प्रमाणिक मूल्य त्यति भरपर्दो र विश्वसनीय मान्न मिल्ने देखिएन । यस्तो साक्षी वकपत्रको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई करकापसँग कागज गराएको भनि प्रतिवादीहरुलाई कसूरदार ठहर गर्न नमिल्ने । § सहज र स्वभाविक तवरवाट खडा भएको कागजलाई करकापसँग गराएको भन्न नमिल्ने हुँदा करकाप ठहराएको शुरु उदयपुर जिल्ला अदालतको फैसला उल्टी गरि वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफ मनासिव देखिंदा सदर हुने । (प्र.नं. १९) पुनरावेदक वादी तर्फवाटः विपक्षी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) वमोजिम पुनरावेदन अदालत राजविराजको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. विपक्षी सुदामा मेरो पुरानो चिनजानको मानिस भएकोले निजकोमा आउने जाने गर्दा अरु विपक्षीहरुलाई पनि चिनेको थिए मेरो निर्माण कार्य जलजलेमा चलिरहेको र एउटा ट्याक्टरको जरुरत भएकोले सो कुरा सुदामालाई भनेपछि सुदामाले इण्डियन ट्याक्टर छ १ लाख १० हजारमा दिन्छ भनेपछि सवै विपक्षीहरुलाई भेला गरी इण्डियन प्लेट नं. ११७१ इन्जीन २, MCTO ट्याक्टर देखाएर म किन्न मंजुर भएको दिन पनि मंजुर भएकाले बैना वापत रु. ३२,५००।– मिति २०४९।९।२४ मा दिएर वांकी रु. ७७,५००।– मिति २०४९।१०।९ मा चुक्ता गरि पास गर्ने शर्त भएपछि म वांकी रुपैया खोज्न गई खोजी रुपैया लिई मिति ०४९।१०।२ गते विपक्षीहरु भए ठाउँमा आई विपक्षी सुदामा लाई दिएर भन्सार तिर्न भनि झापा लगे, काम नमिलेकाले म र सुदामा फर्की आर्यौ अन्य विपक्षीहरु ट्याक्टरको भन्सार मिलाउन वसे यस्तैमा मिति ०४९ साल माघ ९ गते किन ट्याक्टर आएन आज पास गर्ने दिन मेरो रुपैया पनि चुक्ता भै सक्यो भनि सुदामा सँग कुरा गरी वसेको थिए निजले पखपख भनि रोकी रहेको थिए सोही दीनको सांझ ६।३० वजेका समयमा सवै विपक्षीहरु भेला भै सुदामाको घरमा जानको लागि अं. ७ वजेका समयमा भेला भई एकान्तमा वसे त्यसपछि सवै ठिक भै हाल्छनी भनि सुदामाको घरमा गएपछि सुदामाले यसलाई कागजमा सहिगराऔ भनेपछि लेखेको कागज निकाली मलाई पढ्न पनि नदिई मेरो साथमा रहेको वैनाको कागज खोसी छातीमा वन्दुक तेर्साएर वोलिस भने तेरो ज्यान जान्छ भनि, लेखेको कागज निकाली वहुरीले कलम दिएर जवरवजस्ती साथ के कुन व्यहोरा लेखिएको कागजमा सहिछाप गराएकोले साह्रै अन्यायमा परि यो फिराद गर्न आएको छु । मेरो इच्छा विरुद्ध गराएको कागज अ.वं. २४ नं. अनुसार वदर गरी दण्ड सजायका १२ नं. वमोजिम सजाय गरी वैनाको कागज लुटपिट गरेको तर्फ सो विगो ठगि मुद्दावाट असुल उपर हुनेनै हुँदा सजाय तर्फ मा