निर्णय नं. ७३४८ - डांका ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३४८ - डांका । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/१८ २८२७ निर्णय नं.७३४८ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री हरिजंग सिजापति सम्वत् २०५९ सालको फौ पु.नं.. २८५१,२९४३,३०७६,३०७७ सम्वत. २०६० सालको फौ.पु.नं. ३४१७ फैसला मितिः २०६१।३।१८।६ मुद्दाः– डांका । पुनरावेदक प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको समिन अन्सारी मिया समेत बिरुद्ध प्रत्यर्थी वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ वस्ने दिपक चुडाल समेत पुनरावेदक प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको दिपक चुडाल बिरुद्ध प्रत्यर्थी वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको राजेन्द्र चुडाल बिरुद्ध प्रत्यर्थी वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं.९ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको गणेश वली बिरुद्ध प्रत्यर्थी वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार § मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था देखिन आउने । § वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कुन ठाउँमा राखेका छन भन्ने कुरा खुल्न आएको पाइदैन । अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ। वरामद भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु कसैलाई दिएको भन्ने कुरा पनि पुष्टि हुने कुनै आधार प्रमाण भएको देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न नमिल्ने । § जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी त्यसको आधारमा प्रत्येकलाई छुट्टाछुट्टै जरिवाना हुने नभई जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना गर्नुपर्ने हुन्छ । त्यसकारण आफुवाट वरामद भएको भनिएको विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं. ४१ देखि ४३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र श्री कृष्ण सापकोटा पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत इलामको मिति २०५९।२।२१ को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म जाहेरवाला चन्द्र शिव राइस एण्ड आयल मि