निर्णय नं. ४३४९ - करार वमोजिम गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३४९ - करार वमोजिम गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/०३ ३००८ निर्णय नं.४३४९ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत सम्वत २०५६ सालको दे.पु.नं. ५३८६ फैसला मितिः २०६१।३।३।३ मुद्दा :– करार वमोजिम गरी पाउँ । पुनरावेदक वादीः का.जि.का.म.पा.वडा नं. ९ वस्ने सरस्वतीदेवी अर्याल विरुद्ध विपक्षी वादी : का.जि.का.म.पा. वडा नं. ४ वस्ने चन्दाकुमारी श्रेष्ठ § एकाको नाउँको जग्गा अर्को व्यक्तिको नाममा नामसारी दर्ता गरी दिनको लागि कानून वमोजिमको लिखत गरी हक छाडी नदिएसम्म सो कार्यान्वयन हुनसक्ने अर्थात कानूनले तोकेको प्रक्रिया पूरा गरेको हक हस्तान्तरणको लिखत बेगर यस्तो व्यहोराको शर्तनामाको कागजको आधारमा मात्र अचल सम्पत्ति दर्ता नामसारी गर्न नमिल्ने । § प्रचलित कानूनले अन्यत्र सम्पत्ति हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने कार्य विपक्षीले पालना नगरी केवल शर्तनामाको आधारमा मात्र एकाको नामको जग्गा अर्को व्यक्तिको नाममा कि.का. गरी नामसारी गरी दिने भन्ने शर्त कार्यान्वयन हुन सक्ने अवस्था देखिएन । करारको लिखतमा रजिष्ट्रेशन पारित गरि दिनेछु भन्ने शर्त पनि नभएको समेत बाट जग्गा तर्फको शर्त पूरा गर्नुपर्ने आवश्यकता देखिएन । तसर्थ, वादीले दावी गरेको प्रतिवादीको नाउँको जग्गा मध्येबाट कि.का. गरी ०–१–० जग्गा वादीको नाउँमा दर्ता नामसारी गरी गराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिन नआउने । § रुपैंया लिनुदिनु गर्ने र रुपैंया लिने दिने सम्वन्धमा कबुलियत शर्त गर्ने कार्य घरसारमा समेत हुन सक्ने र त्यसको लागि कानूनले कुनै बाधाविरोध नगरेको अवस्थामा सो सम्वन्धमा प्रतिवादीले राखेको शर्त वा कबुलियतबाट निजले निभाउनु पर्ने दायित्व निभाउन नपर्ने भन्न नमिल्ने । § विवादित शर्तनामा कागज सद्दे साँचो ठहरिएको अवस्थामा रुपैंया फिर्ता गर्ने सम्वन्धमा प्रतिवादीले गरेको कबुल निजले पालना गर्नुपर्ने दायित्व निवेदकको हुने कुरामा विवाद नहुँदा वादीले दावी गरेको मध्ये रु.१,५०,०००/– प्रतिवादीबाट वादीले भरी पाउदैन भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. १७ र १८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री महेश कुमार नेपाल विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डे अवलम्वित नजिरः फैसला न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मेरो का.म.न.पा. वडा नं. २३(ख) कि.नं. १ को क्षे.फ. ०–९–१ जग्गाको मोही गोपालप्रसाद ढकाल भएको जग्गा मध्ये उत्तरतर्फबाट क्षे.फ. ०–६–० जग्गामा फिरादीबाट ०५०/८/२४ मा र.नं. ४०८६ बाट हा.व. पारित गरी दिएको थिएँ । सोही दिन फिरादीकै घर वैठकमा बसी सर्तनामा भएकोमा दुवै लिने दिनेका पति किनारामा साक्षी वस्नु भएको थियो । मोही गोपालप्रसादको नाति विनोदप्रसाद ढकालले र इन्दीरा ढकालले मोही नामसारी गरी पाउँ भनी मुद्दा दायर गरेको अवस्थामा मैले हा.व. गरी दिंदा कि.का. भै साविक कि.नं. १ बाट चन्द्रकुमारीको नाममा कि.नं. ९२९ र मेरा नाउँमा कि.नं. ९३० को ०–३–० कायम भएको थियो । विपक्षीलाई दिएको कित्ताको मोही लगत कट्टा गराउने निजबाट र मेरो बाँकी कित्ताको मबाट भू.सु.का.मा कारवाही चली ०५१/११/८ मा छोरीलाई र नातिलाई मोही कायम गर्न नमिल्ने भनी निर्णय