निर्णय नं. ७३५० - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५० - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/२९ ३७०९ निर्णय नं.७३५० ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५७ को रिट नं.४२७५ आदेश मितिः २०६१।३।२९।३ विषय : उत्प्रेषण समेत । निवेदकः श्री ५ को सरकार अर्थ मन्त्रालयमा टाइपिष्ट खरिदार पदमा कार्यरत पन्तेभाई महर्जन बिरुद्ध विपक्षीः श्री ५ को सरकार अर्थ मन्त्रालय काठमाडौं समेत § टाइपिष्ट पदमा कार्यरत कर्मचारीको कामको प्रकृति र प्रशासनतर्फ कार्यरत कर्मचारीको कामको प्रकृति भिन्न हुने भै टाइपिष्ट पदमा कार्यरत कर्मचारीलाई प्रशासनतर्फ बढुवाको लागि प्रशासकीय तालिम लिएको हुनुपर्ने पूर्व शर्त राखिनु स्वभाविक हुने । § सेवाकालीन तालिमको मात्र निजामती कर्मचारीले बढुवामा अंक पाउने हुन्छ । निजामती सेवा नियमावली, २०५० को नियम ८८ ले अंगिकार गरेको टाइपिष्ट वर्गीकरण योजना तथा उक्त नियमकै कार्यान्वयनको रुपमा आएको सामान्य प्रशासन मन्त्रालयको मिति २०५२।११।१५ को परिपत्रले नै प्रशासकीय तालिमलाई बढुवाको उम्मेदवारको लागि पूर्व शर्त अर्थात् आवश्यक योग्यताको रुपमा राखिसकेपछि त्यही तालिमलाई सेवाकालीन तालिमको रुपमा मानी निजामती सेवा ऐन, २०४९ को दफा २४(घ) (५) अनुसार अंक पाउने भन्न मिल्ने देखिन नआउने । § बढुवाको लागि उम्मेदवार हुन आवश्यक आधारभूत योग्यताको रुपमा रहेको प्रशासकीय सहायक तालिमलाई छुट्टै तालिम वापत पनि निजामती सेवा ऐन, २०४९ को दफा २४(घ)(५) अनुसारको अंक प्रदान गर्न मिल्ने नदेखिंदा टाइपिष्ट पदमा कार्यरत निवेदकलाई त्यस्तो अंक नदिएको विपक्षी बढुवा समितिको निर्णय र सो लाई सदर गरेको अर्थ मन्त्रालयका सचिवको मिति २०५७।२।४ को निर्णय समेतमा कुनै कानूनी त्रुटी नदेखिने । (प्र.नं. १४ र १५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. विपक्षी बढुवा समितिले सूचना नं.१/०५६/०५७ अर्थ मन्त्रालय अन्तर्गत रिक्त नायव सुव्वा प्रशासन सेवा राजश्व समुहको–१६ पद फायल बढुवाद्वारा पूर्ति गर्न विज्ञापन प्रकाशन भएकोमा म निवेदक पनि सम्भाव्य उम्मेदवार भएकोले बढुवाको फाराम भरेकोमा सो सूचना अनुसार १६ जनाको बढुवा सिफारिशमा म निवेदकको नाम समावेश नहुँदा चित्त नबुझी अर्थ मन्त्रालयका सचिव समक्ष बढुवा सिफारिश बदर गरी निवेदकलाई बढुवा गरी पाउन दिएको उजुरीमा टाइपिष्टलाई कार्य क्षमताको मूल्याङ्कनद्वारा अन्य सेवा समूहमा बढुवा गर्दा शैक्षिक योग्यता र तालिम वापतको अंक छुट्टाछुट्टै दिन नमिल्ने भन्ने व्यवस्था भएअनुसार उक्त तालिम वापतको अंक गणना नगरिदिएकोले तपाईले लिएको जिकिर पुग्न सक्ने नदेखिएको व्यहोराको २०५७।२।४ मा सचिवज्यूबाट निर्णय भएको जानकारी गराइन्छ । उपरोक्त अनुसार तपाईले लिएको जिकिर नपुगेको हुँदा नि.से.ऐन, २०४९ को दफा २४ च(४) बमोजिम २ अंक कट्टा गरिएको भन्ने व्यहोराको निर्णय भएको भन्ने पत्र बुझाइयो । ३. म निवेदकले टाइपिष्ट खरिदार भएको बखत २०४६।१।६ देखि २०४६।२।५ सम्म प्रशासन सहायक तालिम लिएकोमा सो तालिम वापत नि.से.ऐन, २०४९ को दफा २(क)(५) ले सेवाकालीन तालिम वापत प्रथम श्रेणी भए २ अंक पाउनेमा सो जोड्दा