निर्णय नं. ७३५१ - हक निखनाई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५१ - हक निखनाई पाउँ । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/१७ २६६२ निर्णय नं.७३५१ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत सम्बत् २०५६ सालको दे.पु.नं.५२३५ फैसला मितिः २०६१।३।१७।५ मुद्दा : हक निखनाई पाउँ । पुनरावेदक वादीः कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.१५ बस्ने धर्मराज भण्डारी बिरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.घर भै हाल अर्मला गा.वि.स.वडा नं.६ बस्ने चन्द्र कुमारी भण्डारी समेत § अदालतबाट मिति २०५१।९।२ मा भै आएको नक्सा हेर्दा न.नं.२८ को मुल कुलोबाट न.नं.३७ को कुलोको पानी पहिले वादीको न.नं.३० को जग्गामा लाग्ने त्यसपछि मात्र निखनाई पाउँ भनी दावी लिएको न.नं.३५ को कि.नं.१७५८ को जग्गामा लाग्ने देखिंदा वादीको न.नं.३० को जग्गामा सिचाई गर्न दावीको कि.नं.१७५८ को जग्गाले कुनै असर पर्न सक्ने स्थिति देखिंदैन साथै न.नं.३५ को दावीको जग्गा र न.नं.३० को वादीको जग्गाको छुट्टाछुट्टै अस्तित्व रहेभएको देखिनुको साथै मुल कुलो न.नं.२८ को छेउ भै वादीको न.नं.३० को जग्गा भै सो देखि पूर्व विवादित कि.नं.१७५८ न.नं.३५ को जग्गा रहेभएको कुरा नक्साबाट देखिन आएको अबस्थामा दावीको न.नं.३५ को जग्गा भएर वादीको न.नं.३० को जग्गामा जानुपर्ने रहेछ भन्न मिल्ने अबस्था नदेखिने । § दावीको न.नं.४३ को कि.नं.१७६२ को जग्गा भन्दा उत्तरतर्फ वादीको न.नं.४४ को कि.नं.१७६३ को जग्गा देखिई सो को पूर्वतर्फ न.नं.४६ को कुलो देखिई सो कुलो वादीको न.नं.४४ को जग्गा हुँदै दावीको न.नं.४३ को जग्गासम्म गएको देखिंदा वादीलाई आफ्नो खेतमा सिचाई गर्न दावीको न.नं.४३ को जग्गासँग कुनै सरोकार नै राख्नुपर्ने अबस्था नदेखिंदा वादीको पुनरावेदन जिकिरसँग सहमत हुनुपर्ने अबस्था नेदेखिने । § वादीले आफ्नो जग्गामा सिचाई गर्दा दावीको कि.नं.१७५८ र १७६२ को जग्गाको सहयोग लिनुपर्ने र सन्धीसर्पन समेत परेको अबस्था नदेखिंदा उल्लेखित दुई कित्ता जग्गा वादीलाई लेनदेन व्यवहारको ११ नं.बमोजिम सन्धीसर्पन परेको भन्न नमिल्ने हुँदा हक निखनाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १४ र १५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौला प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत पोखराको मिति २०५५।८।२३ को फैसला उपर वादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- २. विपक्षी चन्द्र कुमारीले म सँग अंश पाउने ठहरी वण्डा छुट्टयाइएका कास्की जिल्ला साविक छिनेडाँडा गा.पं.वडा नं.४ मा पर्ने कि.नं.१७५८ को क्षेत्रफल १–०–२–२ को कित्ता १ ऐ.को कि.नं.१७६२ को क्षेत्रफल १–०–१–२ को कित्ता ऐ.वडा नं.९ मा पर्ने कि.नं.१५२७ को क्षेत्रफल १–७–०–० को कित्ता १ ऐ.ऐ.मा पर्ने कि.नं.१५०७ क्षेत्रफल ०–१२–०–० र सो मा पर्ने आधि घर समेतको मिति २०५०।७।२५ मा दिने चन्द्र कुमारी भण्डारी लिने भक्तवहादुर थापा भै राजिनामा लिनुदिनु गरेको जग्गा मलाई सन्धीसर्पन पर्ने भएको हुँदा निखनाई पाउँ भन्ने सम्बन्धमा मालपोत कार्यालय कास्कीमा थैली धरौटी राखी निवेदन गरेकोमा सन्धीसर्पन पर्दैन भनी थैली बुझि लिन इन्कार गरेकाले प्रमाण बुझी इन्साफ दिनुपर्ने देखिन आएकोले ३५ दिन भित्र श्री कास्की जिल्ला अदाल