निर्णय नं. ७३५२ - घर खाली चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५२ - घर खाली चलन । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/३१ ३२०४ निर्णय नं.७३५२ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत सम्बत् २०५६ सालको दे.पु.नं.५७८७ फैसला मितिः २०६१।३।३१।५ मुद्दा : घर खाली चलन । पुनरावेदक प्रतिवादीः बारा जिल्ला साविक पिप्राढी हाल परिवर्तित तेल कुवा गा.वि.स.वडा नं.४ बस्ने गौरी शंकर गिरी बिरुद्ध विपक्षी वादीः बारा जिल्ला पिप्राढी गा.वि.स.वडा नं.१ बस्ने राम तपस्या यादव § प्रस्तुत विवादको तथ्यमा दावी बमोजिमको घरजग्गा वादीका दाता जेदु राउत कुर्मीले यिनै पुनरावेदक उपर दिएको घर खाली चलन मुद्दामा जिती पाएकोमा विवाद नभएको र ऐनले निर्दिष्ट गरेको म्याद भित्र फैसला कार्यान्वयन हुन नसके पनि सो जग्गा हालसम्म विपक्षी वादीकै हकभोगमा देखिएकोमा पुनरावेदकले सो जग्गामा आफुले २०२५ सालमा घर बनाएको भन्ने जिकिर लिएपनि सो जग्गाको हकभोग स्वामित्व प्रमाणित गराउन नसकेबाट निजको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अबस्था नभएबाट दावी बमोजिम घर खाली गरी चलन चलाई पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण थापा विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।१०।२१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम प्रतिवादीको मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा दोहोर्याउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. असगनीको नाम दर्ताको कि.नं. १३ को ज.वि.०–०–४ मध्ये दक्षिणतर्फबाट ज.वि.०–०–३ र सो मा भएको फूसको घर थान ४ समेत २०४७।४।१० मा राम अश्रेले गरिदिएको बकसपत्र बमोजिम तथा २०४८।२।२६ को जदु राउतले गरी दिएको राजिनामा बमोजिम उक्त घर जग्गा मेरो हकको भै मैले विपक्षीहरुलाई बस्न भनी वहालमा दिएकोमा उक्त घरजग्गा आफैलाई चाहिएकोले खाली गरि दिन लिखित सूचना दिंदा पनि खाली गरी नदिएकोले उक्त घर थान ४ बाट खाली गराई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. उक्त जग्गामा २०२५ साल देखि घर बनाई बसोबास गरी आएको छु । वादी दावी अनुसार किरायामा बसेको छैन र घर खाली गरि दिन भनेको समेत छैन । आफ्नो परिश्रमबाट फूसको घर निर्माण गरी बसी आएको सम्बन्धमा गाउँ विकास समितिको प्रमाणित र औरैया हेल्थ पोष्टको घर नम्बर दर्ता प्रमाण समेत पेश गरेको छु । उक्त मैले बनाएको घर खाली चलन समेत दिन गर्न पर्ने छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादीको साक्षी देमन राउत, प्रतिवादीको साक्षी मैरो राउत, समेतको बकपत्र भै मिसिल संलग्न रहेको । विवादित जग्गाको फिल्डबुक उतार तथा राम अश्रेले २०४७।४।१० मा गरी दिएको हालैको बकसपत्र तथा जदु राउतले २०४८।२।२२ मा गरिदिएको राजिनामा प्रतिलिपि समेत प्राप्त भै मिसिल संलग्न रहेको । औरैया हेल्थ पोष्टको ग्रास स्वास्थ्य रजिष्टर प्रतिलिपि प्राप्त भै मिसिल संलग्न रहेको । ५. वादी जदु राउत प्रतिवादी गौरी शंकर भएको कि.नं.१३२१÷०४३ को घर खाली मुद्दाको प्रमाण मिसिल साथै रहेको । ६. विवादित जग्गाको नाप नक्सा समेत भै मिसिल संलग्न रहेको । ७. साविक जग्गाधनी जदु राउत अहिरले यिनै प्रतिवादी माथि घर खाली मुद्दा दिंदा घर खाली गराउने ठहराई शुर