निर्णय नं. ७३५३ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५३ - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/१५ २३४२ निर्णय नं.७३५३ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत २०५७ सालको रिट नम्वर ३१४५ आदेश मितिः २०६१।३।१५।३ विषयः—उत्प्रेषण समेत । निवेदकः जि.महोत्तरी भरमपुरा गा.वि.स.वडा नं.२ मा वस्ने नथुनी यादव विरुद्ध विपक्षीः जिल्ला महोत्तरी गा.वि.स. भमरपुरा वडा वडा नं.१ वस्ने उपमावति देवी मिश्र समेत § अपवादको रुपमा पर्न आउने अ.वं.६२ नं. र १७५ नं.को स्थिति यी निवेदकलाई परेको भै निजले सो को सुविधा माग गरेको अवस्था नदेखिंदा सो सुविधाको लागि निवेदकलाई पर्खन पर्ने र निजले पाउने नहुंदा सो कुराले निवेदकको हकमा तात्विक भिन्नता ल्याउने र असर पार्ने देखिन आएन । जहांसम्म ५९ नं. ले गुज्रेको तारेख थमाउन पाउने सुविधाको प्रश्न छ, प्रस्तुत विवादमा निवेदकले ०५६।४।१४ को तारेख गुजारेको भनी ३० दिन नाघे पश्चात ०५६।५।२१ मा तामेलीमा राख्ने आदेश भएको देखिदां थाम्ने म्याद भित्रै तामेलीमा राखेको भन्न नमिल्ने । § दण्ड सजायको ४८ नं. ले ६ महिना पश्चात मात्र तामेलीमा राख्नुपर्नेमा सो अगावै तामेलीमा राखेको गैरकानूनी भयो भन्ने कुराको जुन निवेदक तर्फको जिकिर छ, निवेदकले तारेख गुजारेको ०५६।४।१४ को मितिले अ.वं.५९ नं.ले थमाउन पाउने ३० दिनको म्याद समेत गणना गरी सो को ६ महिना भित्रै निवेदक तामेली जगाउन अदालतमा निवेदन दिन नगई ०५६।११।२७ मा मात्र निवेदक जिल्ला अदालतमा पुगेको भन्ने सम्वन्धित विगो मुद्दाको मिसिलवाट देखिन आउने । § म्याद भित्र निवेदन दिन गएको भए कानून वमोजिमको उपचार निवेदकले पाउने नै हुन्थ्यो । त्यसैले अघि नै तामेलीमा राखियो भन्ने मात्र कारणले अन्त भै सकेको प्रक्रियालाई पुनः जगाउन मिल्ने देखिन आउदैन र त्यो न्यायोचित पनि हुंदैन । म्याद नाघी अदालतमा प्रवेश गरेको अवस्थामा निवेदकलाई दं.स.को ४८ नं. ले कुनै मद्दत गर्न सक्ने देखिदैन, कानूनको मनसाय पनि सो होइन । त्यसैले निवेदन माग दावी वमोजिम गर्नं नपर्ने गरी विपक्षी महोत्तरी जिल्ला अदालतका तहसिलदारवाट २०५६।११।२७ मा भएको आदेशलाई सदर गरेको महोत्तरी जिल्ला अदालतको २०५६।१२।११ को आदेश र सो आदेशलाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको २०५९।४।२६ को आदेशमा कुनै कानूनी त्रुटी देखिन नआउने । (प्र.नं. १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, ८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म निवेदकले प्र.नं.२ उपर दिएको २०५५ सालको दे.नं.१७३४ को लेनदेन मुद्दामा प्र.नं.४ वाट मिति २०५५।७।१६ मा भएको फैसला वमोजिम मेरो सांवा, व्याज समेत भराई पाउँने भनी फैसला भएकोमा प्र.नं.२ को एकासगोलको आमाको प्र.नं.१ नाउँ दर्ताको जग्गा देखाई दरखास्त चढाएकोमा प्र.नं.४ को श्रेस्तेदारवाट मिति २०५५।८।१८।६ मा दरखास्तमा उल्लेखित जग्गा रोक्का राख्ने आदेश भै सोही वमोजिम ऐ.मिति ०५५।८।१८ मा च.नं.१९९६ को पत्रद्वारा मा.पो.का महोत्तरीलाई पत्र लेखी जग्गा रोक्का राखियो । ३. प्र.नं.१ ले माथि उल्लेख भए वमोजिमको रोक्का जग्गा फुकुवा गरि पाउँ भनी मिति २०५५।११।५ मा द.नं.३०५६ को निवेदन चढाएकोमा प्र.नं.३ वाट निवेदन वमोजिम रोक्का रहेको जग्गा फुकुवा गरी यो आदेश वादीलाई सुनाई दिनु भनि आदेश भएकोमा सो आदेश उ