निर्णय नं. ७३५४ - हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५४ - हक कायम । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/२८ ४०२८ निर्णय नं.७३५४ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०५७ सालको दे.पु.नं. ७०५० फैसला मितिः २०६१।३।२८।२ मुद्दाः– हक कायम । पुनरावेदक वादीः गोरखा जिल्ला खोप्लाङ गा.वि.स.वा.नं.६ वस्ने वाणिक राज पाण्डे विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.छोप्राक गा.वि.स. वार्ड नं.९ वस्ने नन्द कुमार श्रेष्ठ § जग्गा नापी हुनु भन्दा पुर्व र जग्गा नापी भइसके पश्चातको अवस्था फरक फरक हुन्, नापी हुनु भन्दा पुर्वको दर्ता श्रेष्ता अनुसारका ससीम कित्ता जग्गा नापी हुनु भन्दा पुर्व खरिद गरिएकोमा पछि नापी हुँदा जग्गाको क्षेत्रफल बढ्न गएमा खरीद गर्नेको हक नहुने भन्न सकिने अवस्था नदेखिने । § नापी भइसकेपछि जग्गाको क्षेत्रफल निश्चित हुने हुँदा यस अवस्थामा जग्गा विक्री गर्नेले जे जती जग्गा विक्री गरी दिएकोछ सो जग्गा सम्म खरीद कर्ताको हुने हुन्छ । प्रस्तुत मुद्दामा विवादको कि.नं. ६१० मा नापीबाट ज.रा. ८–१५–१–३ क्षेत्रफल कायम भएकोमा ज.रो. ६–१४–०–१ मात्र दर्ता भै जग्गाधनी प्रमाणपुर्जा पाएको देखिंदा वादीले पाएको जग्गाधनी प्रमाणपुर्जाको जग्गा नै विक्री गरेको अवस्थामा नापीमा सो भन्दा बढी कायम भै दर्ता हुन बाँकी जग्गा पनि खरीद दर्ताको नै कायम हुन्छ भन्न मिल्ने देखिन नआउने। § विवादको जग्गा नापी हुँदा कि.नं. ६१० मा ज.रो. ८–१५–१–३ कायम भएको तर ज.रो. ६–१४–०–१ को मात्र दर्ता भई जग्गाधनी प्रमाणपुर्जा वादीले प्राप्त गरी सो क्षेत्रफलको जग्गा प्रतिवादीलाई विक्री गरेको यस अवस्थामा नापीमा बढी कायम भएको जग्गा पनि खरिदकर्ताको नै कायम हुने भनी भन्न नमिल्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थी प्रतिवादीः तर्फवाटःविद्वान अधिवक्ता श्री रामवहादुर पोखरेल अवलम्वित नजिरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम निस्सा प्राप्त गरी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. मेरो दर्ता हक भोगको खोप्लाङ गा.वि.स.वाड नं. ६को कि. नं. ६१० को क्षेत्रफल ८–१५–१–३ को जग्गा मध्ये ६—१४—०—१ को जग्गा मालपोत कार्यालय गोरखाबाट विपक्षीलाई र नं. १०८७ बाट मिति ०५३ साल माघ २० गते राजीनामा रजिष्टे«शन पास गरी दिएको र वाकी रहेको कि.नं.६१० को २—१—०—३ जग्गा विपक्षीले हडप गर्ने नियतले क्षेत्रफल सुधार गरी पाँउ भनि निवेदन दिएको मा.पो.का. गोरखाले निवेदनको आधारमा नक्साचेक गर्दा २–१–०–३ जग्गा बढी देखीएको भनि मेरो नाममा म्याद जारी भै ०५३।११।२८ मा मैले दिएको उजुरीको कुनै मूल्यांकन नै नगरी तेरोमेरोमा विवाद जनाई हक कायम गराइ ल्याउनु भनि ०४५।३।१७ मा निर्णय भएकाले म्याद भित्रै उक्त कि.नं. ६१० क्षेत्रफल मैले विपक्षीलाई ०५३।१०।२० मा राजीनामा दिए पश्चात बढ भएको नभई मेरो दर्ता श्रेस्ता नापनक्सावाट उक्त कि.नं.६१० क्षे.फ. ८–१५–१–३ जग्गा कायम भैसकेको व्यहोरा नापी र फिल्डबुक उतार हेरिएमा समेत स्पष्ट हुन्छ । फिल्डबुक दर्ता श्रेस्ता मा जनिरहेको कुरालाई विपक्षीले छिपाई क्षेत्रफल सुधारमा निवेदन दिए पछि ट्रायल चेकवाट क्षेत्रफल वढ भई आएको भन्ने प्रपंन्चपूर्ण निवेदन दिई राजीनामावाट हक प्राप्त गरे भन्दा बाहेक आफ्नो हक नपुग्ने जग्गाको क्षेत्रफल सच्याई अचल सम्पति हडप गर्ने नियत लिएकाले फिराद गर्न आएको छु, कि. नं