निर्णय नं. ७३५५ - बहु विवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५५ - बहु विवाह भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०२/३२ ६१२३ निर्णय नं.७३५५ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत २०५७ सालको स.फौ.पु.नं. ६ फैसला मितिः २०६१।२।३२।२ विषय :– बहु विवाह पुनरावेदक प्रतिवादीः गुल्मी जिल्ला वामी गा.वि.स. वडा न. ५ बस्ने भिमसेन के.सी. विरुद्ध प्रत्यर्थी वादीः कालिका के.सी. को जाहेरीले श्री ५ को सरकार § भिमसेन के.सी.ले कल्पनासँग २०४८।८।२८ मा विवाह गरेको हो भनि मिति तोकी बयान गर्ने साक्षी लिलवहादुर रानासित अदालतले भिमसेनले भनेको मिति र कालिकाले जाहेरीमा भनेको मिति फरक प¥यो कुन चाही मिति सही हो भनि दोहोर्याई सोधनी गर्दा “सो बारे मलाई थाहा छैन” भनेको देखियो । यसरी दोश्रो विवाह ०४८ सालमै गरिसकेको भन्ने प्रतिवादीको कथन भएतापनि सो कुरा कतैबाट प्रमाणित हुन आएन । यस स्थितिमा ०५१।११।२८ मा सौतालाई घर भित्र्याएपछि लोग्नेले बहुविवाह गरेको कुरा थाहा पाए भन्ने वादीको कथनलाई खण्डन हुने ठाउँ नरहने । § आफ्नी स्वास्नी जीवित छँदै अर्की स्वास्नी विवाह गर्ने प्रतिवादी भिमसेन के.सी. र जानीजानी सौता बन्न गएकी प्रतिवादी कल्पना भन्ने सुमित्रा के.सी. दुबैलाई कानून विपरीत बहुविवाह गरेको अपराधमा विहावारीको १० नं. बमोजिम १/१५ दिनका दरले कैद र रु. १७००।– का दरले जरिवाना गर्ने ठहराएको गुल्मी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १९ र २१) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत बुटवलको ०५३।११।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न प्रकार छ :- २. लोग्ने भिमसेन के.सी.सँग ०४७ साल जेष्ठमा मेरो विवाह भै एक छोरी जन्मेकी छन् । ०५१।११।२८ गते गुल्मी वामी गा.वि.स. वडा नं. ७ बस्ने बुढाथोकीकी छोरी कल्पना बुढाथोकी मगरलाई कान्छी श्रीमती ल्याएकोले कारवाही गरी पाउँ भन्ने कालिका के.सी.को मिति ०५२।१।२४ को जाहेरी दरखास्त । ३. भिमसेन के.सी. मेरी जेठी श्रीमती पट्टिको छोरा हो जेठी बुहारी कालिकासँग ०४७ सालमा विवाह भै १ छोरी जन्मेकी छ । जेठी श्रीमती कालिका हुँदाहुँदै छोरा भिमसेनले कल्पनालाई विवाह गरी ल्याएको हो भन्ने भिमसेन के.सी.को बाबु गोविन्दवहादुर खत्रीको ०५२।२।१९ मा प्रहरी समक्ष भएको कागज । ४. भिमसेन के.सी. वामी गा.वि.स. वडा नं. ७ स्थित प्रा.वि.मा शिक्षक पदमा कार्यरत थिए सोही गाउँकी बुढाथोकी मगरकी छोरी कल्पनालाई दोश्रो विवाह गरेका हुन् । हाल निजहरु गाउँघरमा छैनन् भन्ने समेत व्यहोराको ०५२।२।१९ को वस्तुस्थिति मुचुल्का । ५. जेठी श्रीमती कालिका के.सी. हुँदाहुँदै कल्पना नामक केटीलाई दोश्रो श्रीमती ल्याई अभियुक्त भिमसेन के.सी.ले मुलुकी ऐन विहावारी महलको ९ नं. को कसूर गरेको र अभियुक्त कल्पनाले पनि भिमसेनको घरमा विवाहिता श्रीमती कालिका छन् भन्ने जानाजानी दोश्रो श्रीमती भै बसी ऐ. ऐनको १० नं. को कसूर गरेकाले निज जना २ लाई विहावारीको १० नं. बमोजिम सजाय गरी पाउनुका साथै फरार रहेका अभियुक्तहरुलाई अदालतबाटै समाह्वान जारी गरी पाउँ भन्ने मागदावी लिई दायर हुन आएको अभियोगपत्र दावी । ६. जाहेरवाली कालिका के.सी.लाई ०४५ साल जेष्ठ महिनामा विवाह गरेकी मेरी विवाहितै श्रीमती