निर्णय नं. ७३५६ - जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३५६ - जालसाजी । भाग: ४६ साल: २०६१ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/२५ २९०४ निर्णय नं.७३५६ ने.का.प.२०६१ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ संवत २०५७ सालको फौ.पु.नं...२४८१ फैसला मितिः २०६१।३।२५।२ मुद्दाः जालसाजी । पुनरावेदक वादीः कन्हैया दासको मु.स.गरी आफ्नो हकमा समेत धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं. ९ वस्ने सुजित कुमार भन्ने सुदर्शनदास वैष्णव विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला महोत्तरी हरिनमरी गा.वि.स. वडा नं. ५ वस्ने रामेश्वर दास वैष्णव समेत § मुचुल्कावाट वादीको हक अधिकारमा आघात र आर्थिक क्षति पुग्ने रहेछ कि भन्नलाई उक्त मुचुल्कामा स्व. किशोरी शरणको सदगत काजकृया प्रतिवादी महाविर शरणले गरेको र निज किशारी शरणको चेला भएको हुँदा चाँदर ओढाएको व्यहोरा उल्लेख भएको एउटा घरसारको मुचुल्कावाट कुनै हकको स्थापना र समाप्ति नहुने देखिंदा वादीको हक अधिकारमा आघात पुग्न गयो भन्ने कुरा कानूनसँगत देखिन नआउने । (प्र.नं. २१) § वादी सुजित कुमार झा भन्ने सुदर्सन दास वैष्णव र प्रतिवादी महानन्द झा भन्ने महाविर शरण वैष्णवले जिल्ला प्रशासन कार्यालय, धनुषावाट क्रमशः मिति २०४८।५।१० मा र २०४८।७।२७ मा प्राप्त गरेको गुरु चेला नाता सम्वन्धी प्रमाण पत्र वादी प्रतिवादीले साधिकार निकायवाट वदर गराउन सकेको नदेखिँदा स्वतः वदरभागी छ भन्ने वादीको भनाइ कानूनसँगत देखिन आएन । उक्त नाता सम्वन्धी प्रमाणपत्र कायम रहेसम्म दावीको मुचुल्का जालसाजी ठहर्याउन मिल्ने नदेखिने । § पुनरावेदक वादीहरुका वीच चलेको अपुताली हक कायम मुद्दामा पहिले स्व. किशोरी शरणको छोरा चेला भन्ने पछिगएर कन्हैया दासको चेला भनी पटक पटक आफ्नो कुरा फेर्दै जाने वादी सुदर्शन दासले स्व. किशोरी शरणको दागवत्ति काजकृया गर्यो होला भन्ने कुरा पत्यारलायक नदेखिँदा पुनरावेदक वादी पक्षका विद्वान अधिवक्ताको उक्त वहस जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. २१, २५ र २६) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थी प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ताद्वय श्री मिथिलेश कुमार सिंह र श्री वीरेन्द्रकुमार ठाकुर अवलम्वित नजिरः फैसला न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (ख) अनुसार मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- २. म कन्हैया दासको एक चेला किशोरी शरण २०४७।२।१५ गते स्वर्गीय हुँदा त्यस अवस्थामा चेला जस्तै सुदर्सन दासलाई राखेको थिएँ । तसर्थ किशोरी शरण स्वर्गीय भएपछि रितिथिति वमोजिम निजको श्राद्ध कृया आदि म कन्हैया दास र सुदर्सन दासले सम्पन्न गरेका थियौं । किशोरी शरणको देहावसान पछि सुदर्सन दासलाई मैले विधिवत चेला कायम गरेको छु । सोही प्रसङ्गमा स्वर्गीय चेला छोरा किशोरी शरण दासको मृत्यु दर्ताको प्रमाणपत्र लिई नाता गराई पाउँ भनी जनकपुर नगरपालिकामा निवेदन दिई विपक्षीहरुले गर्नु भएको मुचुल्का समेत पेश गर्नु भएको रहेछ । जनकपुर नगरपालिकाले नाता कायम गराई लिने तर्फ सम्वन्धित निकायमा उजुर गर्न जानु भनी पक्ष विपक्षीलाई सुनाई दिनु र नाता कायम गराएको अदालतवाट भएको फैसलाको नक्कल पेश भएपछि कारवाही हुने गरी २०४७।९।१५ गते मुलतवी राखेकोमा विपक्षी मध्येका महाविर शरण सम्वन्धित अदालतमा नगई जनकपुर नगरपालिकामा दिएको