निर्णय नं. ७३८८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३८८ - कर्तव्य ज्यान भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०६/०७ ३९६३ निर्णय नं.७३८८ ने.का.प २०६१ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्बत् २०६० सालको फौ.पू.इ.नं. १६ सम्बत् २०६१ सालको फौ.पू. इ.नं. .२० फैसला मितिः २०६१।६।७।५ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः सोलुखुम्बू जिल्ला, वावै गा.वि.स. वार्ड नं. ८ वस्ने भाई किरांत राई विरुद्ध प्रत्यर्थी वादी तेजप्रसाद राईको जाहेरीले श्री ५ को सरकार वादीःश्री ५ को सरकार विरुद्ध प्रतिवादीः भाई किरांत राई समेत § सामान्य उद्देश्य (Common intention) लिई कुनै गैरकानूनी काम गर्ने सामूहिक रुपमा योजना बनाई लक्ष्य प्राप्तिमा सामूहिक रुपले सहभागी भै योजनालाई परिणाममुखि बनाउने प्रत्येक व्यक्ति सामान्य रुपको अपराधी हुन जाने । § कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई षडयन्त्रको भूमिका तयार गर्ने बेला देखि षडयन्त्र पूरा हुने बेलासम्म जति जना संलग्न रहेको हुन्छ ती सबैले मुख्य षडयन्त्रकारीको भूमिका निर्वाह गरेको हुन्छ र त्यस्तालाई मुख्य षडयन्त्रकारी नै मान्नुपर्ने । § अरु किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र लेखिए देखि वाहेक अरु किसिमका मतलवीलाई ज्यान सम्बन्धीको १७ नं.को देहाय ३ आकर्षित हुने । (प्र.नं ३१ र ३२) पुनरावेदक प्रतिवादीतर्फवाटःविद्वान अधिवक्ताहरु श्री हरिन्द्र राई, श्री डिल्ली मैनाली र श्री वश्वप्रकाश सिग्देल प्रत्यर्थी वादीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा निर्णय यसप्रकार छः– २. मिति २०५५।१।१८ गते अं. ९.३० बजेको समयमा जाहेरीमा उल्लेख भएका गोपाल राई समेतको मिलेमतोवाट प्रतिवादी भिमसेन राईले प्रतिवादीले ग्यान्जे राईको घरबाट वन्दुक ल्याई मेरो वावु ठिलवहादुर राईलाई गोली हानी मारेको हुँदा निजहरुलाई पक्राउ गरी कानून वमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको मिति २०५५।१।२० को जाहेरी दर्खास्त । ३. मृतक ठिलवहादुर राईको लास जाँच हुँदा गोली लागी पछाडिको भागवाट वायां पाता ढाडबाट गोली वाहिर निस्केको सो वाहेक अन्य चोट पटक नभएको भन्ने व्यहोराको मिति २०५५।१।२० को लाश प्रकृति मुचुल्का । ४. मिति २०५५।१।१८ गते वारदात भएको सुनेका हौं, के कस्ले निज मृतक ठिलवहादुर राईलाई गोली हानी हत्या गरेका हुन, निज मृतकको के को सँग रिसइवि थियो थाहा छैन भन्ने रामबहादुर कार्की र इन्द्रवहादुर वस्नेतको संयुक्त कागज । ५. मिति २०५५।१।१७ गते साँझ अं. ६ बजेको समयमा म घांस काट्न जांदा पावै गा.वि.स. वडा नं. ९ वस्ने अं. वर्ष २८ को भिमसेन राई जंगलको छेउमा टाउकोमा तथा मुखमा पट्टी वांधी वन्दुक साथमा राखी वसिरहेकोले मैले चिनी सोध्दा निज वोलेनन् । मिति २०५५।१।१८ गते निज भिमसेन राईले नै जाहेरवालाको वावु ठिलवहादुर राईलाई गोली हानी हत्या गरेको हुनुपर्दछ भन्ने व्यहोराको धनसेर राईको कागज । ६. मृतक ठिलवहादुर राईको गोली हानेकै कारणवाट मृत्यु भएको भन्ने मिति २०५५।१।२२ को जिल्ला स्वास्थ्य कार्यालयको शव परीक्षण प्रतिवेदन । ७. मिति २०५५।१।१७ गते ग्यान्जे राईको घरवाट भिमसेन राईले भरुवा वन्दुक लिए