निर्णय नं. ७३८९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३८९ - बन्दीप्रत्यक्षीकरण भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०६/०७ ३९७९ निर्णय न. ७३८९ ने.का.प.२०६१ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०६१ सालको फौ.पू.इ.नं. ....१९ फैसला मितिः २०६१।६।७।५ मुद्दा :– बन्दीप्रत्यक्षीकरण । पुनरावेदक निवेदकः काठमाडौं जिल्ला जोरपाटी गा.वि.स.वडा नं. ६ घर भै हाल का.म.न.पा.वडा नं. २९ सामाखुसी वस्ने नावालक विवेक चालिसे समेत विरुद्ध प्रत्यर्थी बिपक्षीः काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडानं. ६ वस्ने सत्यवती चालिसे समेत § नावालक छोराछोरीलाई मेरो संरक्षकत्वमा पालनपोषण शिक्षादिक्षा गरी आएकोमा बिपक्षीहरुले अपहरण गरी लगी बलजफ्ती बन्दी बनाएको भनी प्रस्तुत विवाद उठेको र उपरोक्त सम्बन्ध विच्छेद र गाली बेइज्जती मुद्दाहरु समेतवाट निज मन्जु चालिसे अद्यापि कोही कसैसंग विवाह नगरी रहे बसेको देखिन आएको स्थितिमा नावालकहरुको आमा मन्जु चालिसे प्राकृतिक र कानूनी संरक्षक (Natural and legal guardian) हुँदाहुँदै प्रत्यर्थी बजै नाताकी सत्यवती चालिसेले पुनरावेदिका मञ्जु चालिसेको नावालक छोराछोरीलाई आफ्नो आमाको संरक्षकत्वबाट वन्चित गरी जन्माउने आमालाई भेटघाट गर्न सम्म पनि नदिई घरमा सीमित गरी राखेबाट निज नावालक बच्चाहरुको कानूनले प्रदान गरेको हिडडुल गर्न पाउने लगायतका स्वतन्त्रताको हक गैरकानूनी तरिकाले अपहरण हुनुका अतिरिक्त आफ्नो आमाको संरक्षकत्वबाट पालनपोषण हुन पाउने हकवाट समेत वन्चित हुन गएको देखिने । (प्र.नं. १६) § वन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि खान लाउन नदिई गैरकानूनीरुपले कानून विपरीत प्रहरीले नै थुनामा राखेको हुनुपर्छ भन्ने मात्र नभै कसैलाई कसैले घरमा नजरवन्द राख्नु, इच्छा विपरीत कसैलाई कसैले कोही संग भेटघाट गर्न नदिई बन्धक वनाई आवत – जावत, हिंडडुल, घुमफिर, ओहोर–दोहोर, वन्द गरी भेटघाट तथा हिडडुलको अधिकारमा सीमित गर्नु वा प्रतिवन्ध लगाउनु, House Arrest वा कुनै क्षेत्रको Area वा टोल वा जिल्ला वा क्षेत्र आदिको हद तोकी कानून विपरीत ओहोर दोहोर हिडडुलमा लगाइएको प्रतिवन्धले समेत पनि वैयक्तिक स्वतन्त्रता अपहरण हुने । § नावालकलाई आमा पुनरावेदिकासंग भेटघाट गर्न नदिई घरमा राखेबाट पनि यी नावालकहरु आमा मन्जु चालिसेको संरक्षकत्वमा रही पालनपोषण शिक्षादिक्षा गर्न पाउने कानूनी हकवाट गैरकानूनी रुपबाट वन्चित हुनु परेको देखिन आएको हुँदा आमा मञ्जु चालिसेको मंजुरी विना निजको संरक्षकत्वमा रहेका नावालकहरुलाई बिपक्षीले वलजफ्ती लगिराखेको र टेलिफोनबाट कुरा गर्न सम्म नदिने र स्कूलमा समेत आमालाई भेट गर्न नदिने अमानवीय कार्य भएको समेत देखिनाले निज नावालक छोराछोरीको स्वतन्त्रता सम्बन्धी हक अपहरण भएको देखिने । § नावालक छोराछोरीको आमा मन्जु चालिसे निजहरुको संरक्षक देखिन आएको स्थितिमा आमा हुँदाहुँदै हजूरआमा सत्यवती चालिसेलाई संरक्षकत्वको अधिकार भएको भन्न नमिल्ने । § संरक्षकत्व प्रदान गर्न पाउने अधिकार भएकी त्यस्ता नावालकरुको आमा मन्जु चालिसेको मंजुरी बेगर हजूरआमा सत्यवती चालिसेले नावालकहरुलाई निजहरुको आमासंग भेटघाट गर्न समेत नदिई आफ्नो घरमा लगिराखेको क्रियालाई गैरकानूनी कार्य मान्नु पर्ने । (प्र.नं. १८ देखि २०) पुनरावेदक निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री सतिसकृष्ण खरेल प्रत्यर्थी विपक्षीतर्फवाटः विद्वान अधिवक्ता बालकृष्ण न्यौपाने अवलम्वित नजिरः ने.का.प.