निर्णय नं. ९०३६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०३६ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०२/२९ ३२५० ने.का.प. २०७०, अङ्क ७ निर्णय नं.९०३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६६–CR–०७७४ फैसला मिति : २०७०।२।२९।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला संखुवासभा, वाना गाउँ विकास समिति वडा नं. ४ घर भई हाल कारागार कार्यालय, संखुवासभा खाँदबारीमा कैदमा रहेका पुष्पबहादुर कार्की विरुद्ध प्रत्यर्थी/वादी : टीकाराम तामाङ्को जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने :– मा.जि.न्या. श्री शिवप्रसाद पराजुली पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री टेकराज नेपाल मा.न्या.श्री शेषराज सिवाकोटी § उत्तेजनामा आई चोटमाथि चोट छाडिएको प्रमाणबाट पुष्टि भएको वारदातलाई ज्यानसम्बन्धी महलको ५ नं. मा वर्णित अन्तर्वस्तुको अभावमा भवितव्यको वारदात भन्न नमिल्ने । (प्रकरण नं.५) § घटित वारदातको प्रकृति, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा” मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. ले वर्णित गरेको अपराधको प्रकृतिभित्र पर्न आउने । § एक पक्षले अर्को पक्षको कुनै खास व्यक्तिलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना नवनाएको वारदातलाई ज्यानसम्बन्धीको १३ नं. द्वारा परिभाषित गरिएको नियतवश वा मनसायपूर्वक गरिएको हत्याको संज्ञा दिन मिल्ने नभई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात स्पष्ट हुने । (प्रकरण नं.७) § एक पक्षले अर्को पक्षलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना बनाएको र सोहीअनुरूप कार्य नगरेको, मार्नु पर्नेसम्मको मनसायको पूर्णतया अभाव रहेको र पूर्व योजना र तयारीबमोजिम घटना घटेको नभै दुई पक्षबीच तत्काल मृतकको घर जाने बिषयमा कुरा नमिलेको कारणबाट उठेको द्विपक्षीय विवादले कुटपीटको घटना भएकाले पूर्व रिसइवीको अभावमा आरोपित ज्यानसम्बन्धीको १३(३) नं. को कसूरदार मान्नु कानून र न्यायसङ्गत हुन नसक्ने । (प्रकरण नं.८) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ताद्वय हेमराज अधिकारी र राजन अधिकारी प्रत्यर्थी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्मा अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५, १३(३) र १४ नं. फैसला न्या.प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६५।१२।२७ गते मेरो भाइ धनबहादुर तामाङ् वाना बिहीबारे बजार गएकोमा बिहानसम्म घर नआएको र मेरो जेठो दाजु आज बिहान ४.३० बजेतिर खेतमा पानी लगाउन भनी गैरीधाराको बाटो हुँदै जाँदा वाना ४ स्थित धारा (राइधार) आहाल मूलबाटोमा भाइलाई मृत अवस्थामा देखी घरमा फर्की आई मैलेसमेत थाहा पाई गई हेर्दा सोहीअनुसार देखेकाले के कसरी कसको कर्तव्यबाट निज भाइको मृत्यु भएको हो भनी बुझ्दा निज भाइ हिजो वाना बिहीबारे बजारबाट फर्की वाना आई वाना ३ स्थित कुमार राईको घरमा खुद्रा पसल गरी बस्ने जीवनप्रसाद तामाङ्को घरमा आई पुगेको र त्यहाँ रामप्रसाद तामाङ्, जनक राई, तीर्थकुमार लिम्बु, बाबुराम, धनबहादुर तामाङ्, टेकबहादुर तामाङ्, प