निर्णय नं. ७३६० - जारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६० - जारी भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०३/२८ २७६२ निर्णय नं.७३६० ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संबत् २०५६ सालको फौ.पु.नं. .२१९१ फैसला मितिः २०६१।३।२८।२ मुद्दाः जारी । पुनरावेदक वादीः जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ५ वस्ने गुप्तवहादुर अधिकारी बिरुद्ध विपक्षी प्रतिवादी जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं. ४ वस्ने पूर्णवहादुर तामाङ्ग समेत § वादी दावी वमोजिम प्रतिवादी नन्दकला अधिकारी मिति २०५१।५।२३ मा प्रतिवादी मध्येका पूर्णवहादुर तामाङ्गसँग पोइल गएको भए पोइल गइसकेपछि वादीले प्रतिवादी नन्दकला अधिकारीबाट मिति २०५२।५।११ मा राजिनामा गरी कित्ता नम्वर ४९८ को जग्गा लिनु दिनु गर्नुपर्ने अवस्था देखिन नआउने । § लिखतमा प्रतिवादी नन्दकला अधिकारीलाई वादी गुप्तवहादुरको पत्नी भनी उल्लेख भएकोमा सो उल्लेख भए उपर वादी गुप्तवहादुर अधिकारीले खण्डन गर्न सकिरहेको देखिँदैन । अर्को व्यक्तिसँग पत्नी पोइल गएको भन्ने फिराद दायर भै सकेपछि पोइल गएको स्वास्नी मानिसलाई पत्नी कायम गरी लिखत गर्नु कानूनसँगत मान्न मिल्ने देखिन आउँदैन । त्यसैले वादीले प्रतिवादीसँग सम्बन्ध तोडने उद्देश्यले जारी मुद्दा दिएको देखिन आउने । § वादी दावी वमोजिम प्रतिवादी पूर्णवहादुर तामाङले नन्दकलालाई जारी गरी लगेको र प्रतिवादी नन्दकला पूर्णवहादुर तामाङसँग पोइल गएको भन्ने प्रमाणित भएको देखिंदैन । तसर्थ जारी गरी लाने र जाने कार्य भएको ठहर नगरी प्रतिवादीहरुले सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५५।९।३० मा भएको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १६ र १७) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सिताराम तिवारी विपक्षी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत, हेटौंडाको मिति २०५५।९।३० को फैसला उपर वादी गुप्तवहादुर अधिकारीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ:- २. बिपक्षी नन्दकलासँग म फिरादीको २०३८ सालमा जातीय परम्परा अनुसार विवाह भई लोग्नेस्वास्नीको नाता कायम गरी जीवन चल्दै जाँदा जेठो छोरा सन्तोष अधिकारी र कान्छो छोरा महेश अधिकारीको जायजन्म समेत भएको छ । मैले पाउने अंश २०३३ सालमा नगद रु. ५२,०००। बुझी लिई विदेश भारत तर्फ गई भारतीय सेनामा भर्ती भई २०३८ सालमा घरमा आई विपक्षीसँग विवाह गरेपछि २०४० सालमा तनहुँ जिल्ला ढोरफेदी गाऊँ विकास समिति वडा नं. ३ मा नन्दकलाको नाउँमा ३ रोपनी जग्गा खरीद गरी घर बनाई निज र छोरा समेतलाई छाडी विदेशतर्फ लागें । पहाडतर्फ प्रगति नहुने सम्झी पहाडतर्फको सम्पत्ति २०४८ सालमा बिक्री गरी आएको रकम र नोकरीको रकम समेतबाट चितवन भरतपुर नगरपालिका वडा नं. ५ साविक नारायणगढ गाऊँ पञ्चायत वडा नं. ७ को कित्ता नम्वर ४९८ को ०.९.३ जग्गा बिपक्षी नन्दकला र ललिता देवी वाग्लेका नाउँमा संयुक्त रुपमा लिई आ–आफ्नो हक हिस्साको जग्गामा घर बनाई त्यहीँ छाडी विदेशतर्फ नोकरी गर्न गएँ । घर बनाउँदा लागेको ऋण तिर्न र लालनपालनका लागी संचयकोषबाट रकम निकाली पटकपटक गरी रामवावु थापा, लक्ष्मण अधिकारी र हरिलालसँग पटकपटक गरी रु.४२,०००। पठाएको थिएँ । यसरी म घरमा नभएको अवस्था विपक्षी पूर्णवहादुर र नन्दकलाका बीच अनुचित सम्बन्ध बढ्न गै राती मेरो घरमा आई बिपक्षी नन्दकलासँग रातभर सँगै सुती यौन समागम गर्ने गरे