निर्णय नं. ७३९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०५/२९ २६४५ निर्णय नं. ७३९३ ने.का.प.२०६१ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५६ सालको रिट नं. ...३७७६ आदेश मितिः २०६१।५।२९।३ बिषय :– उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः.ललितपुर जिल्ला ललितपुर उपमहानगर पालिका वडा नं. १८ वस्ने वर्ष ४० को नरेशलाल ताम्राकार समेत विरुद्ध बिपक्षीः भूमिसुधार कार्यालय, ललितपुर समेत § जग्गा वाँडफाँड गर्दा वेगल कित्ताको निकास पुकाश र सन्धिसर्पन वारे विचार गर्नुपर्ने नभई वाँडफाँड गर्ने जग्गाको नै नरमकरम विचार गरिने हो । सो आफ्नो पछाडिको वेगल कित्तामा जान असुविधा भयो भन्ने मात्र कारणले छुट्टै कित्तामा भएको वांडफांडमा नरमकरम मिलेन भन्न नमिल्ने । § ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. १५ स्थित निवेदकको घरदैलामा म्याद टाँस गरेको भन्ने फाइलवाट देखिएको, निवेदकको भनाइ ऐ. १८ नं. वडामा आफ्नो वतन भएको भन्ने भएकोमा निवेदकको वास्तविक ठेगाना १५ नं.वा १८ नं. वडा कहाँ हो भन्ने तथ्यगत् बिषय भई त्यस्तो तथ्यगत बिषय रिट क्षेत्रवाट निरोपण नहुने । (प्र.नं. १३ र १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री शिवराम सिल्वाल विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम, विद्वान अधिवक्ता श्री देवेन्द्र झा अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. हामी निवेदकहरुका नाउँमा मालपोत कार्यालय ललितपुरमा दर्ता प्रमाणित भएको ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. ५ (न) कि.नं. ७५३ को ०–५–१–० जग्गा को मोही बिपक्षी मध्ये लालवहादुर थापा भएकोमा निज मोहीले पहिल्यै देखि हामी जग्गाधनीहरुलाई वुझाउनुपर्ने वाली समेत समयमा नबुझाउने, वाली लिन जांदा समेत गाली गर्न तथा तिमी जग्गाधनीलाई थाहा नदिई उक्त जग्गा के गर्छु भनी भन्दै आएका थिए । यसै वीच उक्त जग्गामा मोहीले के गरेको छ भनी हेर्न तथा यस वर्षको वाली माग गरी ल्याउने विचारले २०५६।१०।१८ गते जग्गामा गई हेर्दा जग्गाको दक्षिणतर्फ घर वनाउने सामान राखेको र जग्गामा समेत घरको पिलर राख्न जग समेत खनेको देखी आश्चर्यमा परी के भएको हो भनी मोहीसंग सोध्दा उक्त जग्गा मैले छुटाई लिई विक्री समेत गरी सकेको छु भन्ने मोहीवाट थाहा पाएँ । तत्पश्चात वास्तविकता के हो भनी बिपक्षी भुमिसूधार कार्यालय ललितपुरमा गई वुझ्दा बिपक्षी मध्ये मोही लालवहादुर थापाले भूमि सम्बन्धी ऐन (चौथो संशोधन २०५३ सहित), २०२१ को दफा २६(घ) वमोजिम वाडफांड माग गरी जग्गा छुट्टाई लगेको कुरा पत्ता लागि नक्कल सारी हेर्दा २०५५।१२।२ गते मोहीले जग्गा छुट्टाई पाउन निवेदन दिएको, सो निवेदनमा जग्गाधनीहरु ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १८ मा वस्नुहुन्छ भनी उल्लेख गरी सोही निवेदनको तपसीलमा वडा नं. १८ को हाल वडा नं. १५ भनी थप गरी थपेको ठाउँमा सहिछाप समेत नगरेको, सोही आधारमा वडानं. १५ मा म्याद टाँस गरेको भनी हामीहरुको ठीक वतन नखुलाई अन्यत्रै म्याद टाँस गरी हामीलाई थाहा नहुने गरी आफूले रोजेकोतर्फवाट आफूलाई जग्गा माग गरेको, सोही