निर्णय नं. ७३६१ - नागरिकता किर्ते ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६१ - नागरिकता किर्ते । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/२१ ३९३६ निर्णय नं.७३६१ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत २०५८ सालको फौ.पु.नं....२६९७ फैसला मितिः २०६१।४।२१।५ मुद्दाः नागरिकता किर्ते । पुनरावेदकः वादीः क्षेत्रीय इलाका प्रहरी कार्यालय पोखराको पत्रले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला धनुषा सखुवा महेन्द्रनगर गा.वि.स.वडा नं. २ घर भई पोखरा नगरपालिका वडा नं. ५ वस्ने सुरेसप्रसाद गुप्ता समेत § प्रतिवादीहरुले लाइसेन्स बनाउने प्रयोजनको लागि व्यहोरा घटी वढी पारी नागरिकताको फोटोकपी पेश गरेको र अर्काको नामको सहिछाप लगाई डाक्टरी सर्टिफिकेट बनाई पेश गरेको सम्म देखियो । अभियोगपत्र मागदावी अनुसार यी प्र.हरुले अड्डाको छाप दस्तखत वा सरकारी कर्मचारीको छाप दस्तखत नै किर्ते गरेको अवस्था भने देखिन नआउने । § प्रतिवादी सुरेश गुप्ताले नागरिकता किर्ते गरी बनाएको अवस्था नदेखिई व्यहोरा सम्म घटीवढी पारी नागरिकताको फोटोकपी पेश गरेको देखिएको हुँदा किर्ते कागजको ९ नं. अनुसार निजलाई रु. ५०। जरिवाना गरेको र अर्का प्र. यी अम्वुरामले लाइसेन्स बनाउने प्रयोजनको लागि किर्ते कागजको १३ नं. अनुसार एउटाको नाममा अर्कोले सहिछाप गरी डाक्टरको सर्टिफिकेट बनाएको हुँदा ऐ को १३ नं. अनुसार रु.२०। जरिवाना गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिने । § प्रतिवादीहरुले लाइसेन्स बनाउने प्रयोजनको लागि व्यहोरा फरक पारी पेश गरेको नागरिकताको फोटोकपीलाई सरकारी अड्डा वा कर्मचारीको छाप दस्तखत किर्ते गरेको सँज्ञा दिन नमिल्ने हुँदा निज प्र.हरुलाई किर्ते कागजको १२ नं. अनुसार थप सजाय गर्न नमिल्ने । (प्र.नं. २१) पुनरावेदक वादी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री प्रेमराज कार्की प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकार भित्रपर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. सुरेसप्रसाद गुप्ताले नागरिकताको प्रमाणपत्र किर्ते गरेको वुझिएको हुँदा आवश्यक कारवाहीको लागि पठाइएको छ भन्ने क्षे.प्र.इ.का पोखराको जाहेरी पत्र । ३. अम्वुराम कार्कीलाई मेरो चारवटा फोटो र रु.४०००। दिएको हुँ । निजले मलाई मोटरसाइकलको लाइसेन्स लिन जाउँ भनेको हुँदा मैले लाइसेन्स लिई आएको हुँ । मैले नागरिकताको प्रमाण पत्र प्राप्त गरेको पनि छैन । जाहेरी साथ सँलग्न कागजात अम्वुराम कार्कीले के कसरी सँकलन गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.सुरेशप्रसाद गुप्ताले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज । ४. मोटरसाइकल प्रशिक्षण दिए वापत सुरेशप्रसाद गुप्तावाट रु.२०००। लिएको हुँ ४ कपी फोटो लिएको ठीक हो । नागरिकताको फोटोकपी निजले पेश गरेको हुँन मैले नक्कली नागरिकताको फोटोकपी वनाएको होइन । सवारी चालक अनुमतीपत्र लिंदा भर्नु पर्ने फारम मैले नै भरी दिएको हुँ भन्ने समेत व्यहोराको अम्वुराम कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज । ५. लक्ष्मी ड्राइभिङ्ग इन्ष्टिच्युटवाट मोटरसाइकल तालिम दिएको हुँ प्रमाणपत्रको दस्तखत मेरो हो । नागरिकता सक्कली वा नक्कली के हो मलाई थाहा छैन भन्ने भुपेन्द्रजँग कार्कीले मौकामा गरिदिएको कागज । ६. प्रतिवादीहरु मध्ये अम्वुराम कार्कीले मुलुकी ऐन किर्ते कागजको १ नं. ९ नं