निर्णय नं. ७३९४ - उत्प्रेषण परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३९४ - उत्प्रेषण परमादेश समेत भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०६/१२ ३२०३ निर्णय नं. ७३९४ ने.का.प.२०६१ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत २०६१ सालको रिट नं. .. ३६६४ आदेश मितिः २०६१।६।१२।३ विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः काठमाडौं उपत्यका ट्याम्पो व्यवसायी संगठनको तर्फवाट अख्तियार प्राप्त अध्यक्ष तथा आफ्नो हकमा समेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ वस्ने टुल्कमान लामा विरुद्ध विपक्षीः सम्माननीय प्रधानमन्त्री, मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय समेत § वातावरण प्रदूषण रोकथाम गर्नुपर्ने श्री ५ को सरकारको कर्तव्य नै हुन आउने देखिंदा काठमाडौ उपत्यकाको वायु प्रदूषणको रोकथाम निमित्त छानविन समिति समेतको प्रतिवेदनका आधारमा टु—स्ट्रोक इन्जिन भएका तीन पाँग्रे भाडाका सवारी साधन काठमाडौं उपत्यकावाट विस्थापित गर्ने गरी श्री ५ को सरकारवाट २०६०।५।२२ मा भएको निर्णय कानूनसम्मत देखिने । § काठमाडौं उपत्यकावाट विस्थापित गरिएका त्यसप्रकारका सवारी साधनहरु लुम्विनी गुरुयोजनाक्षेत्र र पोखरा उपत्यकाक्षेत्र वाहेकका अन्य क्षेत्रमा संचालन गर्न पाउने छूट उक्त निर्णयले नै प्रदान गर्नुका साथै विस्थापित एक सवारीसाधनको सटृामा एक ट्याक्सी वा १२—१४ सीट क्षमताको माइक्रोवस आयात वा नयाँ खरिद गर्ने सुविधा समेत श्री ५ को सरकारको उक्त निर्णयले प्रदान गरेकै देखिंदा निवेदकहरुको पेशा रोजगार गर्न पाउने मौलिक हक हनन् हुन गएको भन्न नमिल्ने । § विक्रम टेम्पो र निवेदकहरुको टेम्पो के कति कारणवाट समान भएको र सरकारले कुन कारणवाट त्यस्तो छूट दिएको भन्ने कुराको आधार सहितको स्पष्ट निवेदन दावीको अभावमा केवल हचुवाका रुपमा विक्रमटेम्पोलाई भन्सार छूट दिएको भन्ने उल्लेख भएकै भरमा निवेदकहरुले समेत त्यस्तो छूट पाउने भनी अर्थ गर्नु न्यायोचित नहुने । § समयान्तरमा पृथक पृथक प्रकृतिका सवारी साधन विस्थापित गर्ने गरी श्री ५ को सरकारवाट निर्णय भएको र अघि नै निर्णय भई कार्यान्वयन भैसकेको विषयवाट निवेदकहरुलाई भेदभाव भएको नदेखिने । § के कुन मालवस्तु निकासी वा पैठारी गर्दा के, कति भन्सार सहुलियत वा छूट दिने भन्ने कुरा श्री ५ को सरकारको नीतिगत विषय अन्तर्गत पर्ने हुँदा त्यस्तो नीतिगत विषयमा निवेदन माग वमोजिम भन्सार छूट वा सहुलियत दिनु भनी यस अदालतवाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. १७ देखि १९) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरी अधिकारी अवलम्वित नजिरः २०५२ सालको रिट नं. २९९१, २०५३ सालको रिट नंं. ३३४० २०५६ सालको रिट नं. ४१९३ आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- २. म निवेदक वा.१ ह २८०१ नं. को टेम्पोधनी र सोही हैसियतले उपत्यका टेम्पो व्यवसायी संगठनको कार्यवाहक अध्यक्ष हुँ । यस संगठनमा ५०० भन्दा वढी व्यवसायीहरु संगठित रहेका छौ । यस्तैमा श्री ५ को सरकारले मिति २०६०।५।२२ मा काठमाडौं उपत्यकावाट टु स्ट्रोक ३ पाँग्रे सवारी साधनहरु विस्थापित गर्ने निर्णय गरेको छ । उक्त निर्णयमा टु स्ट्रोक ३ पाँग्रे सवारी साधनहरु विस्थापित गर्ने निर्णय गरेको छ । उक्त निर्णयमा टु—स्ट्रोक सवारीको सटृा ट्याक्सी आयात वा खरिद गर्न इजाजत दिने, ट्याक्सीको सटृा माइक्रोवस आयात गर