निर्णय नं. ७३६२ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६२ - उत्प्रेषण परमादेश । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/१९ २८६२ निर्णय न. ७३६२ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्रीमती शारदा श्रेष्ठ संवत २०५८ सालको रि.नं....... २७६९ आदेश मितिः २०६१।४।१९।३ विषयः उत्प्रेषण परमादेश । निवेदकः जिल्ला सर्लाही, कमैया गा.वि.स. वडा नं. ४ वस्ने भरतकुमार थापा विरुद्ध विपक्षीः जिल्ला विकास समितिको कार्यालय, सर्लाही, मलँगवा समेत § स्वीकृत टेण्डर भर्दा केरमेट भएको र गिटी तथा वालुवाको ठेक्काको लागि लिएको फारम अर्को प्रयोजनको लागि अर्थात काँचो छाला सँकलन सम्वन्धमा भरी पेश गरेको कार्य सम्म गैरकानूनी भयो भनी विवाद उठाएको पाइयो । यी निवेदकले उल्लेखित वोलपत्र आव्हान गरेको प्रक्रियामा अनियमितता भयो भन्न नसकी टेण्डर खुले पछि सो टेण्डर आफूलाई नपरेको अवस्थामा विवाद उठाएको देखिन्छ । वोलपत्र खोल्दा निवेदकले कवोल गरेको रकम भन्दा विपक्षी मुसलिम मियाले कवोल गरेको रकम वढी रहे भएको कुरालाई स्वयं निवेदकले समेत स्वीकारेका छन् । टेण्डर सम्वन्धी सम्पूर्ण प्रक्रियालाई स्वीकार गरी आफूलाई टेण्डर नपरेपछि रिट क्षेत्रमा प्रवेश गर्ने यी निवेदकले के कति कारणले आफ्नो मौलिक एवँ कानूनी हकमा असर परेको हो खुलाउन सकेको पांइदैन । निवेदकको मौलिक एवं कानूनी हकमा असर परेको अवस्थामा मात्र रिट क्षेत्र आकर्षित हुने हुँदा निवेदकले स्वीकृत टेण्डरलाई नै गैरकानूनी भनेको आधारमा मात्र रिट जारी गर्न नमिल्ने । (प्र.न.९) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री बज्रेश प्याकुरेल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम दर्ता हुन आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :- २. जिल्ला विकास समितिको कार्यालय सर्लाहीको काँचो छाला सँकलन (जिल्ला भरीको) वोलपत्र आव्हान गरे वमोजिम म निवेदकले पनि टेण्डर फाराम किनी म्याद भित्र नै पेश गरेका थिएं । वोलपत्र म लगायतको अन्य व्यक्तिहरुले पनि पेश गरेको थिए । विपक्षी जि.वि.स.ले मिति ०५८।४।३ का दिन वोलपत्र संयोजक एवं जि.वि.स. सदस्य रामराज वस्नेतको अध्यक्षतामा अन्य सदस्यहरु समेत वसी वोलपत्र खोल्ने कामको निर्णय सम्पन्न भएको थियो । वोलपत्र खोल्दा विपक्षी नं. २ का मुसलिम मियाँ धुनियाको वोलकवोल वढी परेको भनी निजको (वोलपत्र) स्वीकृत गरियो । गैरकानूनी ढँगवाट स्वीकृत उक्त वोलपत्रको फाराम किन्दा गिटी, वालुवाको टेण्डर भर्ने भनी लिएको देखिन्छ तर निजले सो कुरालाई लेखेको ठाउँमा टिपेक्स सहित केरमेट गरी काँचो छाला सँकलन जिल्ला भरीको भनी लिएको स्पष्ट रुपमा देखिन्छ । जुन कुरा आर्थिक प्रशासन सम्वन्धी नियमावलीको वोलपत्र सम्वन्धी कार्यविधिको नियम विपरीत छ । विपक्षी मुसलिमले टेण्डर फाराम मुसलिम धुनिया मुन्सर भनी किनेको छ भने विपक्षी स्वयं आफैले जि.वि.स.मा २०४८।४।२ मा निवेदन दिँदा मौसलिम मिया धुनिया भनेर दिएको प्रष्ट छ । यसमा नागरिकता लगायत सवै कुरामा शंका गर्नुपर्ने ठाउँ छ । टेण्डर फाराम विक्रि गर्दा रकम लेखिएको ठाउँमा कुनै व्यक्तिलाई अँक काटेर दिएको छ भने कुनै व्यक्तिको फारामलाई नकाटी दिएको देखिन्छ । त्यसै गरी दोश्रो टेण्डरवाला व्यक्ति विपक्षी नं. ४ को रामदरेस राय, कृषि शाखा सर्लाही मलँगवामा जे.टि.ए. पदमा कार्यरत व्यक्ति हुन । यस्ता व्यक्तिलाई निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ को दफा ४