निर्णय नं. ७३६३ - नक्सा विपरीत घर निर्माण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३६३ - नक्सा विपरीत घर निर्माण । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/२८ ४५९५ निर्णय नं.७३६३ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्वत २०५७ सालको दे.पु.नं. ७५९० फैसला मितिः २०६१।४।२८।५ मुद्दाः नक्सा विपरीत घर निर्माण । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ९ वत्तीसपुतली वस्ने शुभद्रा दाहाल विरुद्ध प्रत्यर्थी वादीः ऐ.वडा नं ८ वस्ने नारायण डंगोल § आफ्नो जग्गाको दायरा भन्दा वढि सांध सिमानाको अन्य व्यक्तिको जग्गातर्फ घरको सुरक्षार्थ भनि टप निकाल्न मिल्छ भन्न नमिल्ने । § अर्काको जग्गाको माथि टप निकाली छतको पानीको निकास संधियारको जग्गामा खसाल्दा जग्गावालालाई मर्का पर्दैन भन्न पनि नमिल्ने । § आफूले नगरपालिकामा घर निर्माणको लागी नक्सा पास गर्न भनि दिएको नक्साको आधार प्रकार र जग्गाको प्रकृति अनुसार नै नगरपालिकाले तोकेको मापदण्ड भित्र रही घर निर्माण गर्नुपर्ने दायित्व रहेकोमा प्रतिवादीले सो को विपरीत वादीको जग्गातर्फ वर्षादको पानीवाट आफ्नो घर जोगाउन भनि वढिटप निकालेको देखिंदा नक्सा र प्राविधिकले पेश गरेको प्रतिवेदनवाट वढि देखिएको टपको हदसम्म भत्काउन पर्ने होइन भन्न नसकिने । § नगरपालिकाको प्रमुखले जरिवाना वा घर वा घरको केही हिस्सा भत्काउने मध्ये कुनै एक मात्रको सजाय गर्न पाउने देखिंन्छ । तर प्रस्तुत मुद्दामा नगर प्रमुखले दुवै किसिमको अर्थात वढी देखिएको टप भत्काई दिने र रु .३०००। जरिवाना गर्ने गरी दोहोरो सजाय गर्न नमिल्ने । (प्र.नं. १४ र १५) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनको मिति २०५७।६।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :– २. मेरो काठमाडौं मालपोत कार्यालयमा दर्ता रहेको जग्गा सिट नं. १०२–११०७–१३ कि.नं.२५२ को जग्गा मा सोही सिट नं १०२–११–७–१३ कि.नं.१९५ को क्षे.फ.०–८–०–० को जग्गाधनी सुभद्रा दाहालले घर निर्माण गर्दा नक्सा वमोजिम नगरी नक्सा विपरीत टप निकाली घर निर्माण गरेको र नकसा विपरीत गरेको तर्फ कि.नं.२५२ तर्फको नक्सा वमोजिम गराई पाउनका लागि यो निवेदन पेश गरेको छु भन्ने व्यहोराको नारायण डंगोलले का.म.न.पा. वडा नं ९ मा दिएको ०५४।१।२७ को उजुरी निवेदन । साइट चेक गरी पेश गर्नु भन्ने सोही मितिमा तोक आदेश भएको । ३. यस वडा नं. ९ कार्यालयवाट सम्वन्धित ठाउँमा गई वस्तु स्थिति निरीक्षण गर्दा निवेदनमा उल्लेखित ठाउमा निज सुभद्रा दाहालले कि.नं.२५२ को जग्गा तर्फ जग्गा नछोडी अनुमानित ९ इन्च देखि १ फिट सम्मको टप निकाली घर निर्माण गरेकोले आवश्यक कारवाहीको लागि प्रतिवेदन पेश गरेको छु भन्ने का.म.न.पा. ९ वडा का वडाअध्यक्षले का.म.न.पा. मा पेश गरेको प्रतिवेदन । ४. यसमा प्राविधिक निरीक्षण गराई प्रतिवेदन पेश गर्नु भन्ने का.म.न.पा. वाट भएको आदेशानुसार प्रतिवादीले ३ तल्ला घर निर्माण गरेको र तेश्रो तला निर्माण गर्दा ६ इन्च टप वढी वादीको जग्गामा निकालेको देखिन्छ भन्ने समेत व्यहोराको मिति २०५४।४।३० को प्राविधिक प्रतिवेदन । ५. विपक्षी नारायण डंगोलले भनेको कि.नं.१९५ को क्षे.फ. ८ आना जग्गा मैले २०४६ सालमा खरीद गरेको र नगर विकास तथा का.म.पा. को स्वीकृतिमा उक्त जग्गामा १ वर्ष अगाडि घरको नक्सा