निर्णय नं. ७३६४ - वकसपत्र वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६४ - वकसपत्र वदर । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/२० ३६६० निर्णय नं. ७३६४ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत २०५७ सालको दे.पु.नं. ६६५७ फैसला मितिः २०६१।४।२०।४ मुद्दाः–वकसपत्र वदर । पुनरावेदक प्रतिवादीः मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वर वस्ने वर्ष ७७ की रत्नदेवी गुरुङ्गको मु.स.गरी आफ्नो हकमा समेत मिना सिंह विरुद्ध प्रत्यर्थी वादीः मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं.६ वस्ने वर्ष ४७ की तुलसी कुमारी सिंह § हालैदेखि वा शेषपछिको गरी वकसपत्रका २ रुप भए पनि तिनीहरुको उद्देश्य भनेको दातामा रहेको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुनु हो । शेषपछिको वकसपत्रमा दातालाई केही कारणले चित्त नवुझेमा वदर गर्ने हक रहे पनि उसले सो लिखत वदर नगरेसम्म त्यसको कानूनी मान्यता रहिरहन्छ । त्यस्तो वकसपत्र भएको अवस्थामा दाताको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुन्छ, यो स्वामित्व सम्वन्धी विधिशास्त्रीय सिद्धान्त पनि हो । तसर्थ दाताले स्वामित्व हस्तान्तरण गरीसकेपछि कहिले देखि प्राप्तकर्ताले सो सम्पत्तिको भोगचलन ग¥यो भन्ने कुरा गौण विषय हुन जाने । § प्राथमिक विषय भनेको स्वामित्व परिवर्तन नै हो । प्रस्तुत विवादमा प्रतिवादी रत्नादेवी गुरुङ्गले छोरीहरुलाई शेषपछिको वकसपत्र गरी आफ्नो नाउँको जग्गाको स्वामित्व हस्तान्तरण गरेको अवस्था हुँदा लिखत पारित भएका मितिले २ वर्ष भित्र नालिस परेकोलाई ठाडै कानून विपरीत भन्न मिल्ने देखिदैन । तसर्थ वकसपत्र पारित भएका मितिले २ वर्ष भित्र दायर भएको नालिशलाई हदम्याद भित्र मानी इन्साफ गरेको पुनरावेदन अदालतको फैसलालाई कानून विपरीत र त्रुटीपूर्ण भन्न मिल्ने देखिन नआउने । § सगोलमा रहेको कि.नं. १०३३ को सम्पत्तिलाई अंशियार वादीको मन्जुरी वेगर प्रतिवादी रत्नादेवी गुरुङ्गले आफ्नो विवाहित छोरीलाई गरिदिएको शेषपछिको वकसपत्रको लिखतले कानूनी मान्यता नपाउने हुँदा सो लिखत ३ भागको १ भाग वदर हुने नै देखियो । तसर्थ फिराद खारेज गर्ने गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसलालाई उल्टी गरी वादी दावी वमोजिम ३ भागको १ भाग लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति २०५६।६।६ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम कुंवर प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट २०५६।६।६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) वमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. हर कुमार सिंहका म फिरादी तथा प्रतिवादी रत्ना देवी समेत २ पत्नीहरु हौ । हामी एकासगोलमै हुँदा पतिको २०५० साल आश्विनमा मृत्यु भएको, हामी वीच अंशवण्डा नभएको, सौता रत्नादेवीवाट छोराको जायजन्म नभएको, म फिरादीवाट १ छोरा रवि कुमार सिंहको जायजन्म भएको र रत्ना देवीले सगोलको सम्पत्ति मेरो अंश हक मार्न एकलौटी जालसाजीपूर्णढंगले शेषपछिको वकसपत्र गरी निजका नाउको मोरङ्ग वि.न.पा. ८(क) कि.न. १०३३ का ०–१–१३ १÷२ मा घर समेत रहेकोमा घर नदेखाई ०५१।७।२१ गते र.नं. ३३५१ मा रु २,००,०००। मा निजकी विवाहित छोरी मनिका गुरुङ्ग र