निर्णय नं. ७३६५ - लागूऔषध (गाजा) ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३६५ - लागूऔषध (गाजा) । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०३/३१ ५०२८ निर्णय नं. ७३६५ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु सम्वत् २०५६ सालको फौ.पु.नं. २१०३ फैसला मितिः २०६१।३।३१।५ मुद्दाः– लागूऔषध (गाजा) । पुनरावेदक वादीः इलाका प्रहरी कार्यालय मुग्लिङको पत्रले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला चितवन दारेचोक गा.वि.स. वडा नं. ६ वस्ने बुद्धिमान गुरुङ समेत § प्रतिवादीहरु समेतले वोकेको झोलावाट ८५ किलो ग्राम गांजा वरामद भएको भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्कावाट देखिन्छ । उक्त वरामदी मुचुल्का र वरामद भएको गांजा सहितको झोला प्रतिवादीहरुले गरेको सनाखतवाट प्रतिवादीहरुको साविती वयान पुष्टि भइरहेको देखिई यी प्रतिवादीहरु समेतले गांजा सहितको झोला लिई वसमा हिडेको भन्ने कुरामा कुनै विवाद देखिन नआउने । § गांजा एक ठाउँवाट अर्को ठाउँमा लग्नको लागि बसमा लिई हिडेको अवस्थामा प्रतिवादीहरु पक्राउ परेको देखिन आएको छ । प्रतिवादीहरुले सो अपराधजन्य कार्य गर्न षडयन्त्र उद्योग तथा दुरुत्साहन गरेको र मतियार भएको भन्ने अवस्था नदेखिई निजहरुले कारणीको हैसियतमा उक्त अपराध जन्य कार्य गरेको अवस्था देखिन आएकोले निज प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अन्तर्गतको गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको देखिन आउने । § प्रतिवादीहरुले ८५ किलो ग्राम गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको हुँदा निजहरुलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ)(५) वमोजिम सजाय गर्नुपर्ने देखिन आयो । यी प्रतिवादीहरुले सो ऐनको दफा ४(क) को कसूर अपराध गरेको ठहर गरी सकेपछि सो कसूरमा उक्त ऐनको दफा १४(१) (घ)(५) वमोजिम सजाय गर्नुपर्नेमा सो वमोजिम नगरी दफा १७ वमोजिम एक बर्ष कैद र रु.७,५००।– जरिवाना गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पृुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा उक्त दुवै फैसला उल्टी भई प्रतिवादीहरु बुद्धिमान गुरुङ, फानवहादुर मगर र वलवहादुर रानालाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूरमा सोही ऐनको दफा १४(१)(घ)(५) वमोजिम दुई बर्ष कैद र रु. १५०००।– जरिवाना हुने । (प्र.नं. २० र २१) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरी अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।५।२६ को फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतवाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : २. मिति २०५३।८।१७ गते राती काठमाडौंवाट भैरहवा जान आएको लु.अ.ख. १८८८ नं. को वसमा विभिन्न रंग भएको ९ वटा झोलामा गाजा र चितवन जिल्ला दारेचोक गा.वि.स. वडा नं. ६ वस्ने बुद्धिमान गुरुङ, चितवन जिल्ला माडी गर्दी गा.वि.स. ७ वस्ने फानवहादुर मगर र स्याङजा जिल्ला निवुवाखर्क गा.वि.स. २ वस्ने वलवहादुर रानामगर समेत पक्राउ परेको, ४ जना फरार रहेको र ८५ किलो गांजा समेत वरामद भएको हुँदा कारवाही गरी पाउँ भन्ने इलाका प्रहरी कार्यालय मुग्लिङको पत्र । ३. हाम्रो रोहवरमा ९ वटा झोलावाट ८५ किलो गांजा वरामद भएको हो भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्का । ४. फानवहादुर मगर बुद्धीमान गुरुङ र म समेतले वोकी ल्याएको ८५