निर्णय नं. ९१२८ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१२८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७०/०९/२९ ३४१४ सर्वोच्च अदालत, विषेश इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।९।२९।२ ०७०–WS–००३९ विषयः उत्प्रेषण/परमादेश निवेदक : काभ्रेपलाञ्चोक जिल्ला, मेथिनकोट गा.वि.स., वडा नं. ६ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, इचङ्गुनारायण गा.वि.स., वडा नं. ९ ढुङ्गेधारा बस्ने अधिवक्ता मुकुन्द अधिकारी विरूद्ध विपक्षी : राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौंसमेत § राष्ट्रपति कार्यालयबाट पेश भएको लिखित जवाफमा राष्ट्रपतिबाट नै संविधानसभाको पहिलो बैठक आव्हान हुनुपर्ने जिकीर नलिई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६९ को उपधारा (१) बमोजिम बैठक आव्हान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिति २०७०।९।२७ मा पत्र पठाइएको भनी उल्लेख भएको र मन्त्रीपरिषद्का अध्यक्षबाट संविधानसभाको पहिलो बैठकको आव्हान भइसकेको अवस्थामा निवेदकले प्रस्तुत रिट निवेदनमा उल्लेख गरेजस्तो संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा मन्त्रीपरिषद्का अध्यक्ष कसले आव्हान गर्ने भन्ने विवाद रहेको नदेखिने । § संविधानसभाको पहिलो बैठकको आब्हान मन्त्रीपरिषद्का अध्यक्षबाट भई बैठक आब्हान गर्नेसम्बन्धी विषयमा प्रत्यर्थी बनाइएका निकायहरूको बिचमा कुनै विवाद नभई निर्विवाद रहेको संवैधानिक प्रश्नको अन्तरवस्तु भित्र प्रवेश गरी यस अदालतबाट थप व्याख्या गरिरहन सार्न्दभिक नहुने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरू गोविन्द शर्मा पौडेल, डा. कुमार शर्मा आचार्य र रवि नारायण खनाल, विद्वान अधिवक्ताहरू लक्ष्मीप्रसाद मैनाली, विष्णुमणी अधिकारी, विष्णुभक्त खत्री, अमर थापा, बलबहादुर राई, कर्णबहादुर थापा, भोजराज आचार्य, बालचन्द्र सिम्खडा, चन्द्रमणि पौडेल, कमला ओली, नवराज थपलीया, सुरेन्द्र मानन्धर, टिकाध्वज खड्का, नरेन्द्र झा, भक्तिराम घिमीरे र निवेदक स्वयं मुकुन्द अधिकारी विपक्षीका तर्फबाट : विद्वान महान्यायाधिवक्ता द्रोणराज रेग्मी, नायव महान्याधिवक्ता राजनारायण पाठक र सहन्यायाधिवक्ता श्री किरण पौडेल Amicus curies का तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरू रामप्रसाद श्रेष्ठ, देवेन्द्र सिंह, हरिप्रसाद उप्रेती र चण्डेश्वर श्रेष्ठ अवलम्बित नजीर : सम्बद्ध कानून : § अन्तरिम संविधान, २०६३ को धारा ६९को उपदफा (१) । आदेश का.मु.प्र.न्या.दमोदरप्रसाद शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :- म रिट निवेदक संवैधानिक तथा कानूनी विषयमा देखिएका जटिलताको सन्दर्भमा उठेका प्रश्नहरूमा आम नागरिकलाई असर पार्ने सार्वजनिक सरोकारका विषयमा कलम चलाउँदै आएको एक अधिवक्ता हुँ । सम्पूर्ण नेपाली तथा आफ्नो विषयसँग सम्बन्धित कुनै पनि कुरामा सरोकार राख्ने भएको हुँदा सार्वजनिक सरोकारकोसमेत विषय समावेश भएको संवैधानिक एवं कानूनी प्रश्नको निरोपणको लागि सम्मानित सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र मार्फत यो रिट निवेदन प्रस्तुत गरेको छु । नेपालको अन्तरिम संविधानले विभिन्न संवैधानिक निकाय र अंगहरूको व्यवस्था गर्नुका साथै ति निकायहरूको काम, कर्तव्य र अधिकारसमेत तोकेको छ । नेपालको अन्तरिम संविधान, २०६३ को भाग ४क म