निर्णय नं. ९०३७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०३७ - उत्प्रेषण भाग: ५५ साल: २०७० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०५/०३ २९२९ ने.का.प. २०७०, अङ्क ७ निर्णय नं.९०३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री तर्कराज भट्ट रिट नं. ०६७–WO–१०७३ आदेश मिति :–२०७०।५।३।२ विषयः– उत्प्रेषण । निवेदक : जिल्ला ललितपुर, ईमाडोल गा.वि.स.वडा नं.१ बस्ने मुकेश बस्नेत विरुद्ध विपक्षी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक, काठमाडौसमेत § निवेदकलाई म्याद दिनुको अर्थ निजलाई भएको आदेशको जानकारी पाए वा पाएनन् सम्मको सरोकार हुन्छ । निजले कसै गरी पनि म्याद पाए भने पाउनु नै पर्याप्त हुन्छ र जुन प्रयोजनको लागि म्याद जारी भएको हो त्यो सम्पन्न भएको मान्नु पर्ने हुन्छ । एउटा सरकारी निकायको पत्र कानूनसम्मत रूपमा अर्को कार्यालयबाट तामेल हुन्छ भने सो तामेलीलाई कानून विपरीतको भन्न नमिल्ने । (प्रकरण नं.६) § गैर हाजिर रहेको निवेदकलाई बुझ्न खोज्दा पनि अटेर गरी बुझिने कार्यलाई परास्त गर्ने तवरबाट हिडेकालाई सफाइको मौका दिन सकिने अवस्था नै सिर्जित हुन नदिएको अवस्थामा सफाइको मौका नदिई कारण खोली पर्चा खडा गरी भएको निर्णय कानूनसम्मत नै रहेको मान्नु पर्ने । (प्रकरण नं.८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता नन्दप्रसाद अधिकारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अबलम्बित नजीर : सम्बद्ध कानून : § सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २१ को (क)(ख) र (ग) आदेश न्या.वैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः– म निवेदक मिति २०६३।११।२६ गते सशस्त्र प्रहरी जवान पदमा नियुक्ति भई आफ्नो कर्तव्य पालनाको सिलसिलामा विभिन्न ठाउँमा सरुवा भई एक कर्तव्यनिष्ठ सशस्त्र प्रहरी जवानको हैसियतले आफ्नो बुद्धि विवेकले भ्याउञ्जेल देश र जनताको सेवामा समर्पित भै कार्य गर्दै आएको थिएँ । यसरी आफ्नो कर्तव्य पालना गर्दागर्दै मिति २०६५।११।२८ गतेदेखि घरायसी काम व्यवहारले गर्दा विदामा बसेकोमा म अकस्मात् अचेत अवस्थामा ढलेकोले मिति २०६६।१।११ गतेदेखि मेरिडियन हेल्थ केयर सेन्टरमा औषधि उपचार गराई रहेको कुरा कार्यालयलाई जानकारी दिई बसेको अवस्थामा, स्थायी वतन खुलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, ललितपुरलाई पत्राचार गर्दा कुनै किसिमको जानकारी प्राप्त हुन नआएको र कुनै किसिमको सम्पर्कबिना गैरहाजिर रही नोकरीप्रति नै बेवास्ता गरेको प्रष्ट देखिएको हुँदा सशस्त्र प्रहरी नियमावली २०६० (पाँचौ संशोधन) को परिच्छेद १० को नियम ८७ को उपनियम १ देहाय ९५० बमोजिम कसूरमा ऐ. नियमावलीको नियम ८४ खण्ड (ख)१ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने सजाय गर्न सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २१ को खण्ड (ग) बमोजिम सफाइको मौका दिई रहनु नपर्ने निर्णय पर्चा खडा गरिएको छ भनी विपक्षी सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गणका गणपति स.प्र.उ.बाट मिति २०६६।२।३ देखि मलाई नोकरीबाट हटाइयो । सोउपर विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुनरावेदन गर्दा विपक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षकज्यूबाट मिति २०६७।१०।३ मा सदर निर्णय गरेको कुरा मैले मिति २०६७।११।६ गते जानकारी पाएकाले उक्त गैरकानूनी निर्णयहरू बदर गराउने अन्य वैकल्पिक उपचारको बाटोको अभावमा सम्मानित अदालतसमक्ष यो निवेदन लिई उपस्थित भएको छु । म निवेद