निर्णय नं. ७३६७ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६७ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०१/१५ ३४९६ निर्णय नं.७३६७ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत् २०५७ सालको रिट नं. ....३१३५ आदेश मितिः २०६१।१।१५।२ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला पर्सा वीरगंज उ.म.पा. वडा नं. ११ घर भई हाल श्री ५ को सरकार, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय सिंहदरवारमा उप सचिव पदमा कार्यरत राजुमान सिंह मल्ल विरुद्ध विपक्षीः का.जि.का.म.पा. मालीगाउँ घर भई हाल श्री ५ को सरकार जलश्रोत मन्त्रालय, जल तथा शक्ति आयोगको सचिवालय सिंहदरवारमा हाल कार्यकारी निर्देशक पदमा कार्यरत अनुपकुमार आचार्य समेत § रिट क्षेत्रवाट स्पष्ट संवैधानिक वा कानूनी हकको संरक्षण हुने भएवाट प्रमाणको आधारमा निरुपण हुने विषयहरुमा पुनरावेदकीय क्षेत्र नै प्रभावकारी हुने हुँदा यस्तो अवस्थामा वैकल्पिक उपचार नै अनुसरण गर्नुपर्ने हुन्छ । वैकल्पिक उपचार प्रभावकारी भएको अवस्थामा पनि कतिपय यस्ता स्थिति हुन्छन जस अनुसार वैकल्पिक उपचारको वाटो अनुसरण गर्न सम्भव हुँदैन । यस्तो वैकल्पिक उपचारको वाटो अनुसरण गर्न नसक्ने अवस्था स्थापित भएकोमा अनुचित विलम्व नगरि अदालत प्रवेश गरेको स्थितिमा कानूनी हकको उपचार निमित्त वैकल्पिक उपचारको वाटोले असाधारण अधिकार क्षेत्रलाई तगारो लगाउन सक्ने अवस्था नरहने । § वैकल्पिक उपचारको वाटो अवलम्वन गर्न नसक्ने अवस्था रहे नरहे तर्फ अदालतको ध्यान जान आवश्यक हुन्छ र वैकल्पिक उपचार प्रभावकारी भएपनि सो उपचार अवलम्वन गर्न सक्ने अवस्था नभएमा संविधानको धारा ८८(२) ले व्यवस्था गरेको असाधारण अधिकार आकर्षित हुने। § विपक्षीले वढुवा निमित्त पेश गरेको २८ सेप्टेम्वर १९९८ को लव्धांक नकरा र अवास्तविक रहेको तथ्य १४ अगस्ट २००० को प्रमाणिक ट्रान्स्क्रिप्ट २०५७।५।२७ मा मात्र प्राप्त गरेको र यथार्थ वुझ्न कारवाही चलाउँदा १४ अगस्ट २००० को ट्रान्स्क्रिप्ट सहि भएको जवाफ युनिर्भसिटीवाट २०५७।७।३ मा आएको तथ्य निवेदकले उल्लेख गरेकोमा विपक्षीले सो तथ्यलाई खण्डन गर्न सकेको अवस्था छैन । युनिभर्सिटी अफ केन्टवाट १४ अगस्ट २००० को ट्रान्स्क्रिप्ट यथार्थ र सही भएको जवाफ २०५७।७।३ मा प्राप्त भएपछि २०५७।७।२८ मा दर्ता हुन आएको प्रस्तुत रिटलाई अनुचित विलम्व गरी दर्ता भएको भनि भन्न सकिने अवस्था पनि देखिन नआउने । § वैकल्पिक उपचार प्रभावकारी भएपनि सो उपचारको अवलम्वन गर्न नसक्ने विश्वसनिय आधार विद्यमान भएको अवस्थामा पूर्ण न्याय प्रदानको निमित्त वैकल्पिक उपचार वाधकको रुपमा खडा हुन नसक्ने हुँदा निवेदकको यो अवस्थालाई मध्यनजर राख्दा असाधारण अधिकारक्षेत्र अन्तर्गत यस अदालत प्रवेश गर्न नसक्ने कारण देखिन नआउने। § १४ अगस्ट २००० को वास्तविक लव्धांकको आधारमा वढुवा पाउने स्थिति नभएपछि ८ सेप्टेम्वर १९९८ को अवास्तविक पत्र पेश गरी समकक्ष निर्धारण गराएको अनुप कुमार आचार्यको सो कार्य दुरासयपूर्ण र दुषित देखिन आएको र अवास्तविक आधारमा वढुवा समेत पाएको देखिन आउने । § विपक्षी अनुप कुमार आचार्यको दुर्भावना र दुरासयपूर्ण गरीएको दुषित कार्य कानून विपरीत देखिन आएवाट २०५७।२।१२ को समकक्ष निर्धारण, विपक्षी अनुप कुमार आचार्यलाई गरिएको २०५७।३।१३ को वढुवा सिफारिश, २०५७।५।१२ को वढुवा पदस्थापन र २०५७।५।१६ को वढुवा पदस्थापन पत्र समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १३, १४, १६) निवे