निर्णय नं. ७३६८ - लुटपिट ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३६८ - लुटपिट । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०३/१८ २४७२ निर्णय नं.७३६८ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत २०५७ सालको फौ.पु.नं. २५८३ फैसला मिति २०६१।३।१८।६ मुद्दाः— लुटपिट । पुनरावेदक वादीः काठमाडौं जिल्ला का.म.न.पा.वार्ड नं.२९ सामाखुसी वस्ने विष्णुलाल उप्रेतीको मु.स.गर्ने जानकी सिलवाल विरुद्ध प्रत्यर्थी प्रतिवादी नुवाकोट जिल्ला थानापति गा.वि.स.वडा नं.९ वस्ने राजेन्द्र प्रकाश लोहनी § म्याद गुजारी वसेका प्रतिवादीले पुनरावेदन गर्ने सम्वन्धमा अ.वं.२०८ नं.मा अड्डावाट जारी भएको समाव्हान इतलायनामाको म्याद तारिखमा प्रतिवादी नदिई म्याद गुजारी वसेका झगडियाको ऐन वमोजिम एकतर्फी प्रमाण वुझी भएको फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने देखिदा शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वस्ने प्रतिवादीले पुनरावेदन गर्न सक्ने देखिदैन । सोही कानूनी व्यवस्था अनुसार शुरु नुवाकोट जिल्ला अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भनि तपसिल खण्डमा उल्लेख गरेको समेत देखिएकोमा उपरोक्त कानूनी व्यवस्थाको प्रतिकूल प्रतिवादी राजेन्द्र प्रकाश लोहनीलाई पुनरावेदनको म्याद दिएको एवं पुनरावेदन अदालत पाटनवाट निज प्रतिवादीको कानून विपरीतको पुनरावेदन लिई इन्साफ गरेको अ.वं.२०८ नं. विपरीत हुँदा प्रत्यर्र्थी प्रतिवादीको पुनरावेदन अदालत पाटनमा दर्ता भएको कानून विपरीतको पुनरावेदन खारेज भै पुनरावेदन अदालतपाटनको फैसला उल्टी हुने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या. मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः— २. मेरो हकभोग दर्ताको नुवाकोट जिल्ला सुनखानी गा.वि.स. वार्ड नं. नं.९ को कि.नं.२५५ क्षेत्रफल ८—९—३—२ खेत जग्गा विपक्षीका पिता नरेन्द्र नाथ लोहनीसंग घर भत्काई मोही निष्काशन गरी पाउं भन्ने मुद्दा परी शुरु देखि सर्वोच्च अदालतसम्म वाट मोही निष्काशन हुने गरी फैसला भई ०५३ सालको धानवाली मैलेलाई दश कर्म गरी वांकी तयार भएको पोख्रेली धान विपक्षीले ३५ जनाको हुलवल लिई मिति ०५३।७।२४ गतेका दिन विपक्षीहरुले लुटपिट गरी लगेकोले लुटी लगेको पोख्रेली धान १३ कुइन्टलको हुने १५६००।— र पराल भारी ७० को हुने रु.२१००।— समेत जम्मा रु.१७७००।— विपक्षीवाट दिलाई भराई सजाय समेत गरी पाउं भन्ने फिराद पत्र । ३. प्रतिवादीहरुका नाउंमा मिति ०५४।२।२६ मा तामेल भएको म्यादमा उपस्थित नभई प्रतिउत्तर दर्ता नगरी शुरु म्याद गुजारी वसेको । ४. वादी दावीको जग्गामा दुवै पक्षले १० कर्म गरेका हुन वाली चाही प्रतिवादीहरुले लुटपिट गरी लगेका हुन भन्ने वादीका साक्षी चन्द्रवहादुर थपलिया र रामप्रसाद उप्रेतीले अदालतमा गरेको वकपत्र । ५. विपक्षी प्रतिवादीहरुले लुटपिट गरे भन्ने वादी दावी भएकोमा प्रतिवादीले प्रतिउत्तर नै नफिराई वसेको सा.फौ २२।७६ को मुद्दाको मिसिलमा भएको फैसला आधार समेतवाट विवादित जग्गामा प्रतिवादीको मोही हक नभएको देखिंदा र वादीका साक्षीको वकपत्र समेतवाट प्रतिवादीले लुटपिट गरेको ठहर्छ । प्रतिवादीले जम्मा रु.८८००।— को धनमाल लुटपिट गरेको ठहर्छ भन्ने समेत नुवाकोट जिल्ला अदालतको मिति ०५४।१०।१५ को फैसला । ६. पिता नरेन्द्रनाथ लोहनी मोही कायम र