निर्णय नं. ७३६९ - उत्प्रेषण परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३६९ - उत्प्रेषण परमादेश । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/२२ २३४० निर्णय नं. ७३६९ ने.का.प. २०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०५९ सालको रिट नं.३५३३ आदेश मितिः २०६१।४।२२।६ विषय : उत्प्रेषण परमादेश । निवेदकः का.म.न.पा.वडा नं.१३ बस्ने रामजी दमाई बिरुद्ध विपक्षीः भूमिसुधार कार्यालय काठमाडौं समेत § निवेदक रामजी दमाईको दावीको जग्गाको मोही हक समाप्त भएको अबस्था नदेखिएको र निजले पूर्ण कुमारीलाई २०२२।१२।११ मा गरिदिएको लिखतमा घर सम्म भन्ने उल्लेख भएको सो लिखत व्यहोराबाटै देखिएकोमा सो लाई अन्यथा भन्न सकिने अबस्था देखिएन । साथै पूर्ण कुमारीबाट होमनाथ समेतले २०३१।१२।११ मा राजिनामा गरी लिंदा सोही रामजी दमाईसँग उक्त २०२२।१२।११ को लिखत बमोजिम प्राप्त घर राजिनामा गरी लिएको भन्ने सोही २०३१।१२।११ को लिखत व्यहोराले नै पुष्टि गरिहेको अबस्थामा रामजी दमाईले उक्त लिखतमा उल्लेखित घर बाहेक जग्गा समेत बिक्री गरेको भनी सम्झन मिल्ने अबस्था नदेखिने । § भूमि सम्बन्धी ऐनको दफा ३१क मा कुनै जग्गाका सम्बन्धमा यो परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ति वा मोहियानीहकको तेरो मेरो सम्बन्धी पर्न आएको झगडाको निर्णय तोकिएको अधिकारीले गर्ने छ भन्ने भएको व्यवस्था बमोजिम मोहीको विवाद सम्म भूमिसुधार अधिकारीले हेर्न पाउनेमा मोहीको तेरोमेरो विवादको निरुपण नगरी अधिकारै नभएको जग्गामा हक बेहक गरी गरेको फैसला कानून अनुकूल नहुँदा बदर हुने । (प्र.नं. १२ र १३) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री वालकृष्ण चौलागाई विपक्षी तर्फवाटः विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री पुष्पराज कोइराला र विद्वान अधिवक्ता श्री टिप्पणी प्रसाद निरौला अवलम्वित नजिरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) बमोजिम यस अदालतमा परेको निवेदनको संक्षिप्त व्यहेरा र आदेश यसप्रकार छ :– २. का.जि. चपली भद्रकाली गा.वि.स.वडा नं. ९(ग) कि.नं. ८ को ०–१५–० जग्गाको जग्गाधनी रम्भा देवी गोरखाली र मोही म निवेदक भएकोमा उक्त जग्गा छुट्टाई पाउँ भनी जग्गाधनीको निवेदन परेको र सडकपट्टी दुवै पक्षको मोहडा बराबर हुने गरी पश्चिमपट्टीबाट मेरो भाग लिई जग्गा छाड्न मन्जुर भएको भनि मैले प्रतिउत्तर दिएकोमा विपक्ष होमनाथ र भोलानाथ रेग्मी भन्ने टुल्कप्रसाद रेग्मीले सोही जग्गाको २०३२।१२।१६ मा पूर्ण कुमारीबाट फार्छे राजिनामा लिएको आधारमा मोही लगत कट्टा गरी हामीहरुका नाममा मोही कायम गरी पाउँ भनी निवेदन परेको र मैले पूर्ण कुमारीलाई २०२२।१२।११ मा घर मात्र बिक्री गरेको छु । मोही जग्गा बिक्री हुन सक्ने कानूनी व्यवस्था नहुँदा बिक्री गरेको होइन भन्ने समेत प्रतिउत्तर दिएको छु पूर्ण कुमारीलाई घर बिक्री गरेपछि सो घर देखि उत्तरतर्फ २ वटा नयाँ पक्की घर बनाई विपक्षीहरुलाई वहालमा बस्न दिएको छु । साविक जग्गाधनी शेरवहादुरको शेषपछि निजको छोरीले म उपर मोही निष्काशन गरी पाउँ भन्ने मुद्दा दिए पनि मोही निष्काशन नभै मेरो मोही हक यथावत कायम रहेको छ । ३. विपक्षी भूमिसुधार कार्यालयले विपक्षीहरुको २०३२।१२।१६ को पूर्ण कुमारीबाट लिएको फार्छे राजिनामाको आधारमा मेरो मोही हक कट्टा गरी पाउँ भनी परेको निवेदनमा विवादको घर रामजी दमाईले २०२२।१२।११ मा पूर्ण कुमारीलाई हक हस्तान्तरण गरिसकेपछि जग्गाको मोही हकको स्थायी प्रमाण पत्र पाउँ भनी यस कार्यालयलाई गुमराहमा पार