निर्णय नं. ७३९८ - बकसपत्र लिखत बदर दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३९८ - बकसपत्र लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६०/०७/१३ ३९१३ निर्णय न.. ७३९८ ने.का.प.२०६१ अङ्क ६ सँयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्वत २०५५ सालको दे.पु. नं. .....४७३० फैसला मितिः २०६०।७।१३।५ मुद्दाः वकसपत्र लिखत वदर दर्ता बदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी हरिनगर गा.वि.स. वडा नं. १ बस्ने सुरेश मेहताका हकमा संरक्षक रघुनाथ मेहता बिरुद्ध प्रत्यर्थी वादीः ऐ. किरहा गा. वि. स. वडा नं. २ बस्ने असिया सुतिहार समेत § राजीनामा लिखतवाट पारित गरि लिएको जग्गालाई आफुखुस गर्न पाउने आफ्ना पालामा आर्जेको सम्पत्ति मान्नुपर्ने । § राजीनामावाट आफ्नो हक गरी लिएको जग्गा वकसपत्र गरी हक हस्तान्तरण गरि दिएकोलाई पनि अँशवण्डाको महलको १९ नं. को देहाय २ मा वर्णित आफ्नो पालामा आर्जेको जग्गा आफ्नो खुश गरी लिन पाउने र अरु अँशियारको मञ्जुरी लिनु नपर्ने र दानवकसको १ नं. बमोजिम अरुलाई दान वकस गर्न पाउने जग्गा भित्रैको मान्नुपर्ने । § हकको श्रोत राजीनामा भई आफुले खरीद गरेको जग्गा वकस गरि दिएकोमा वादी दावी बमोजिम वकसपत्र लिखत वदर दर्ता वदर दर्ता कायम हुने गरि भएको शुरु सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः२०५४ सालको दे.पु.इ.नं. १२६ (पुनरावेदक प्रतिवादी मिनवहादुर वस्नेत विरुद्ध प्रत्यर्थी वादी वेदकुमारी वस्नेत) फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।४।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) (ख) बमोजिम प्रतिवादीको तर्फवाट पर्न आएको निवेदनमा मुद्दा दोहर्याई दिने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दामा सक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. म कारी शर्माको १ पत्नीमा म फिरादी दुरवनी देवी शर्मा छोराहरुमा क्रमशः सुश्री तलाल पुहुपलाल, भुटाई, देवनारायण, शिव नारायण, तेजनारायण, हरि शर्मा, रामदेव लगायत जम्मा ८ दाजु भाइ हौं । आजसम्म हामीहरु र विपक्षी पुहुपलाल एकासँगोलमा रहि खति उपति समेत गरि आएका छौं । अँशवण्डा भएको छैन । पुहुपलालकी म एक पत्नी अँशिया हुँ । हामी वादी र प्रतिवादी एकासँगोलमा रहेको अबस्था सँगोलको आर्जनवाट खरिद गरेको पुहुपलाल नाउँ दर्ताको जिल्ला सुनसरी, हरिनगरा गा. वि. स., वार्ड नं. १ (ख) कि. नं. १४६ को ससिम ०–०–१४ जग्गा विपक्षी पहुपलाल शर्माले विपक्षी सुरेश मेहतालाई र. नं. ११०२६ मिति ०४९।२ मा वकसपत्रवाट पास गरि दिएको ०४९।३।१० मा गाउँ घरमा चर्चा भै मालपोत कार्यालय सुनसरीमा गै लिखतको नक्कल सारी लिँदा थाहा पाएकोले लेनदेन व्यवहारको १० नं. र दान वकस महलको १, ५, ८ नं. र अ. वं. ८२ नं. समेतका आधारमा फिराद गर्न आएका छौं । अतः विपक्षीहरुलाई यस अदालतवाट तलव गरि हाम्रो साक्षी प्रमाण वुझी हामी १० अँशियार हुँदा हामीहरुको अँश भागमा पर्ने जम्मा ०–०–१२–१२ वारधुर वारकन्वा जग्गाको उत्तर तर्फवाट उपरोक्त वकसपत्र लिखत वदर गरि सो को आधारमा गराएको दर्ता समेत वदर गरी हामी वादीहरुका नाउँमा दर्ता कायम गरि पाउँ भन्ने वादीहरुको दावी । ३. वादीहरु साविक देखि नै छुट्टाछुट्टै बसी आएका हुन्, पछि आफ्नो मेहनत र प्रयासले निजी आर्जन गरी आफ्नो नाउँमा केही जग्गा ख