निर्णय नं. ७३७० - हक कायम लिखत दर्ता बदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७० - हक कायम लिखत दर्ता बदर दर्ता । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०२/०७ ३१४० निर्णय नं. ७३७० ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री राम नगिना सिंह माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु सम्बत २०५७ सालको दे.पु.नं. –६४१७ फैसला मितिः २०६१।२।७।५ मूद्दाः– हक कायम लिखत दर्ता बदर दर्ता । पुनरावेदक वादीः जिल्ला सिरहा न.पा. सिरहा वार्ड नं. १ मा बस्ने रमेशचन्द्रको श्रीमती बर्ष ४९ को कुशमा यादवनी विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला सिरहा गा. वि. स. जमदह वार्ड नं. ८ मा बस्ने छोटेलालको श्रीमती अं. बर्ष ४५ की श्रीवती सुडीन समेत § “दाइजो पेवा” वाट पाउने सम्पत्तिको श्रोत र “आर्जन” गरेको सम्पत्तिको श्रोत एकै किसिमको नभै वेग्ला वेग्लै किसिमको हुन्छ । “दाइजो पेवा” को सम्पत्तिको श्रोत अरु व्यक्ति हुन्छ भन्ने “आर्जन” वाट प्राप्त हुने सम्पत्तिको श्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । तर दुवै श्रोतवाट प्राप्त भएको चल अचल सम्पत्तिको पुष्टी तथ्ययुक्त प्रमाणवाट प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार सो कुराको दावी लिने व्यक्तिले नै गर्नुपर्छ । दाइजो पेवावाट सम्पत्ति प्राप्त गरेको भनेर मात्र हुँदैन । कसवाट कहिले के कति सम्पत्ति वा रकम दाइजो पेवा पाएको हो र सो रकमवाट नै उल्लेखित जग्गा खरिद भएको हो भने तथ्ययुक्त प्रमाण दिन सक्नु पर्ने । § विवादित सम्पत्ति पुनरावेदिकाको दाताको दाइजो पेवाको सम्पत्ति रहे भएको देखिने कुनै आधार प्रमाण मिसिल सँलग्न रहेको नदेखिदा विवादित जग्गा दाइजो पेवाको मान्न नमिल्ने । § सगोल परिवारमा रहेको सम्पत्ति कुनै व्यहोराले हक छाडी कसैलाई दिदा सँगोलमा रहेका सवै अँशियारको स्वीकृति अनिवार्य हुन्छ । त्यसरी स्वीकृति नलिएको वा नदिने अँशियारले उजुर गरेमा निजको भाग जति बदर हुने कानूनी प्रावधान लेनदेन व्यवहारको १० नं. मा प्रष्ट रुपमा उल्लेख भएको देखिन्छ । दुलारी देवीले विवादित जग्गा पुनरावेदक प्रतिवादीलाई विक्री गर्दा सँगोलका यी वादीहरुको स्वीकृति लिएको आधार प्रमाण मिसिल सँलग्न रहेको देखिदैन । विना आधार प्रमाण दाताले विक्री गर्दा वादीहरुको स्वीकृति लिनु नपर्ने किसिमको सम्पत्ति छ भनी जिकिर लिने पुनरावेदक र निज तर्फका विद्वान कानून व्यवसायीको वहस जिकिरसँग सहमत हुन नसकिने । § सँगोलका अँशियार यी वादीहरुको मन्जुरी नलिई दुलारी देवीले विवादित जग्गा पुनरावेदिकालाई राजिनामा गरी दिएकोले छोटेलालको मृत्यु भैसकेकोले ३ अँशियार कायम रहेकोले ३ खण्डको २ खण्ड लिखत र दर्ता बदर गरी वादीहरुको संयुक्त नाममा दर्ता हुने ठहराई पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. ११ देखि १३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिसकृष्ण झा विपक्षी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत राजविराज सप्तरीवाट भएको मिति २०५६।६।१३।५ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. मूल पुरुष छोटेलालको २ श्रीमती मध्ये जेठी श्रीमती दुलारी देवी हुन् भने कान्छी म श्रीवती हुँ । छोटेलालको दुलारी देवीवाट कुनै सन्तान नभएकोले छोटेलालले मलाई कान्छी पत्निको रुपमा विवाह गरेकोले म वाट छोरीहरु र एक मात्र छोरा म भागवत जन्मेको हुँ । अतः विपक्षी दुलारी म श्रीवतीको सौता र म भागवतको सौतेनी आमा नाताका हुन् । सँगोलको पैतृक सम्पत्ति र हाम्रो समेतको सँगोलको आर्जनवाट ख