निर्णय नं. ७३७१ - वन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३७१ - वन्दीप्रत्यक्षीकरण । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०३/१६ २७८२ निर्णय नं.७३७१ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ संवत २०६० सालको रि.नं....१९९ आदेश मितिः २०६१।३।१६।४ विषयः वन्दीप्रत्यक्षीकरण । निवेदकः मकवानपुर जिल्ला गडी गा.वि.स. वडा नं. ३ घर भै हाल गैरकानूनी थुनामा रहेको शान्तवहादुर वाईवा (लामा) को हकमा निजकी छोरी मिना कुमारी वाईवा विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय, सिंहदरवार काठमाडौँ समेत § कुनैपनि व्यक्तिलाई कसैले गैरकानूनी रुपमा पक्री कव्जामा लिएको अवस्था पुष्टि भएमा अदालतद्वारा त्यस्तो पक्राउ गर्ने व्यक्ति वा निकाय उपर वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी वन्दी छुट्न सक्ने हुन्छ । वन्दी वनाइएका भनिएको सन्तवहादुर कहाँ कुन अवस्थामा वन्दी छन् भन्ने कुरा निवेदक समेतले अदालतलाई यकिन हुने गरी भन्न नसकेको र सम्पूर्ण लिखित जवाफ प्रस्तुतकर्ताहरुले पनि निवेदकलाई पक्राउ गरेको थुनामा राखेको छैन भनी अनभिज्ञता देखाइएको हुँदा वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी वन्दीलाई थुनावाट मुक्त गर्न सक्ने अवस्था नदेखिने । § वन्दी भनिएका व्यक्ति सन्तवहादुरको थुनाको अवस्था यकिन हुने गरी कुनै पनि वेला निवेदन परेका वखत फेरि पनि वन्दीप्रत्यक्षीकरणको निवेदन दिन सकिने नै हुंदा हाल रिट जारी गरिरहन पर्ने अवस्था नदेखिंने । (प्र.नं. १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाइ विपक्षी तर्फवाटः उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.रामप्रसाद श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम दर्ता हुन आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. निवेदक शान्तवहादुर वाईवा (लामा) मकवानपुर जिल्ला गडी गा.वि.स. वडा नं. ३ मन्जुश्री सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा कार्यरत व्यक्ति हुनु हुन्छ । मिति २०६० साल कार्तिक महिना १३ गते विहान करिव १०.०० वजे आफ्नो जिम्माको सामुदायिक वन निरीक्षण गरी घरतर्फ फर्कने क्रममा कान्तिराज पथ जितपुरवाट हेटाँैडा तर्फ आउँदै गरेको वस नं. ना.१.ख. ९११८ को ध्रुवतारा वस चढेर घर फर्कदै गर्दा सामरीपुल नजिकै उक्त वस रोकी सुपारीटार व्यारेकका सैनिकहरु आर्मी पोसाकमा आई निवेदक शान्तवहादुर वाईवा (लामा) तथा देशी भुलोन समेतलाई लिई सुपारीटार व्यारेक तर्फ गएको र हाल सम्म निजलाई कुन ठाउँमा राखिएको छ भन्ने कसैलाई जानकारी समेत दिइएको छैन । तत्काल प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय मकवानपुर, सुपारीटार व्यारेक सामरीपुल, मकवानपुरमा गई निजलाई पक्राउ गरिएको वारे वुझ्न खोँज्दा कुनै पनि कुरा थाहा पाउन सकिएन । निजलाई पक्राउ गरेको देख्ने प्रत्यक्षदर्शी सो वसका चालक धु्रव न्यौपाने, कण्डक्टर उत्तर थापा मगर, मोहनराज स्याङ्गतान, प्रेमवहादुर वोम्जन, पुतलीमाया लगायतका व्यक्तिले देखेका छन् । निवेदकको गैरकानूनी थुना सम्वन्धमा मानव अधिकार आयोग लगायतका संस्थामा निवेदन दिँदा पनि निवेदकको वारेमा कुनै कुरा थाहा पाउन सकिएन । निज निवेदकलाई प्रत्यर्थीहरुद्वारा के कति कारणले पक्राउ गरियो ? कुन अवस्थामा राखिएको छ ? भन्ने समेत कुनै कुराको जानकारी दिएको छैन । हालसम्म कुनै अड्डा अदालतमा मुद्दाको सम्वन्धमा म्याद थपको लागि पेश गरेको पनि थाहा छैन । मेरोे वुवा शान्तवहादुर वाईवा (लामा) लाई के कुन कसूरमा कसरी राखिएको छ ? भन्